Skip to main content

Posts

Showing posts from 2026

सीमापार बिजुलीको ठेक्का पट्टा निजी स्तरलाई पनि

            नीजी क्षेत्रलाई समावेश गर्न नयाँ उर्जाको रणनितिको शुरुवात गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ ।             उक्त आशय पत्रमा बिद्युत बजारको अध्ययन, अनुसन्धान, प्रारम्भिकता र व्यापार गर्न मन्जुरीनामा दिने प्रस्ताव गरिएको बताइएको हो । जसले गर्दा नीजि क्षेत्रलाई दिगो सम्भावना, आर्थिक पहिचान, व्यवसायिकता प्रदान गर्ने सुनिश्चितता थपिएको मन्त्रालयको स्पष्टोक्ती रहेको बताइएको छ ।             यद्यपी आशय पत्रमा हस्ताक्षर गर्ने वित्तिकै नीजि क्षेत्रलाई विद्युत व्यापारीकरण गर्न सहजताको माध्यम भने नहुने बताइएको छ । विद्युत मौज्दात कारोबारमा दाखिला हुन व्यापार व्यवसाय कानूनी रुपमा नविकरण हुनुपर्ने मान्यता रहेको बताइएको छ । यस किसिमको प्रकारताले निजिस्तरमा व्यापारको दिगो आशा राखेको बताइएको छ ।

कृषी मन्त्री गीता चौधरीको संयुक्त राष्ट्र संघका प्रतिनिधिसंग भेटवार्ता

काठमाडौं । कृषी, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले  संयुक्त राष्ट्र संघका आवासिय संयोजक लिला पिटर्स याहिया  संग शिष्टाचार भेट गर्नु भएको छ । उक्त भेटघाट समारोहमा मौसम परिवर्तन, विपदकाल र वातावरणीय जोखीम न्यूनिकरणको विषयहरुमा थप परामर्श गरिएको बताइएको छ ।  भेटमा मन्त्री साहले नेपाल अझै जलवायुको कार्यसूचीमा रहेको, जलवायु विपदजन्य कार्यहरुमा संयुक्त राष्ट्र संघले आपतकालमा परिआएको समस्या हलको मूद्वालाई माथि सदस्य राष्ट्रहरुमा विषय उचाल्नुपर्ने कुरा दोहो¥याउनु भएको थियो । उहाँले युवा, महिला, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सशक्तिकरणको मुद्वा उठाउनु भएको थियो ।

लुम्बीनीमा जसपा नेपालकी सांसदको राजीनामा माग, किर्ते गरेको आरोपमा मुद्वा दायर

 काठमाडौं । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य अम्बिका काफ्लले गण्डकी प्रदेश सांसद पदबाट आफूलाई किर्ते जालसाँझी गरेर पदमुक्त गर्न लागेको भनी अदालतमा मुद्वा दायर गरेको बताएकी छिन् ।  आज मंगलबार पत्रकारहरुको साक्षतकारमा बोल्दै उनले विपक्षी दलले आफुलाई अनदेखा गरी गुपचुप माध्यमबाट झुटो जालसाँजी प्रमाणिकरण गर्न लगाएको वक्तव्यबाजी गर्न बताएकी छन् । हालसम्म कुनै दल तिर आफू उन्मूख नभएको कारण उनले मुद्वा दायर गरेको जारी फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई प्रतिवादी बनाइएको छ। 

चक्रवात आँधि अर्नेबबाट सतर्कता रहन आग्रह

११ कार्तिक गते देखि १४ सम्म चल्ने वंग्लादेशी चक्रवात “अर्नेब” का कारण कृषकहरुको ध्यानका लागि मौसम विभागले सजग गराएको छ । उनीहरुलाई शुक्रबार देखि नै अन्नवाली भित्राउन सजग गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हुनसक्ने अनवरत वर्षा, हिमपात, हावाहुरी र मेघगर्जनको वर्षा को सम्भावनालाई मध्यनजर गर्दै उच्च हिमाली क्षेत्रमा हुन सक्ने हिम पहिरो, पहाडि क्षेत्रमा हुन सक्ने जोखिमका कारण साधारण हिंडडुल समेत गर्न सतर्कता अपनाउन जरुरी रहेको बताइएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  बताइएको छ भने  चक्रवात आँधीको कारण नेपालको अंधिकास भूभागमा असर रहने कुरा बताइएको छ । 

असोजमा झन्डै ६ अर्वको विद्युत निर्यात

काठमाडौं । बाढी पहिरोले विद्युत गृहहरुमा क्षति पु¥याए पनि आश्विनमा लगभग ६ अर्वको विद्युत निर्यात भएको पुष्टि भएको छ । नेपाल विद्युत प्राधिकरण भार प्रेसण केन्द्रको तथ्याङ्क अनुसार ४० प्रतिशत विद्युत थप आयोजनाहरुबाट भारत तर्फ निकाशा भएको छ । अघिल्लो वर्षको अनुमानित आम्दानी भन्दा यो एक करोडको बढि मुनाफा विद्यूत प्राधिकरणको हो भने हरियाणा, विहार नेपालको लागी उर्जा बजार रहिआएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरण (सिईए)ले कार्तिक ६ गते ४० मेगावट विजुली अन्य आयोजना मार्फत बंगलादेश तर्फ  निर्यात गर्ने बताएको छ ।  भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ। 

एआईले ऐतिहासिक ग्रन्थहरुको खोजी गर्ने

 काठमाडौं । २१ औं शताब्दीमा एआई अर्थात कृतिम बुद्विमताको प्रयोग मानव वौद्विक विकासको श्रृङ्खला भन्दा परको वैज्ञानिक प्रविधिको छनौट मानिन्छ । संसारका उच्चतम विकास भएका देशहरु अमेरिका, बेलायत, जापान, चीन, अष्ट्रेलियामा यसको प्रयोग सरकारी कामकाजको रुपमा, रक्षा विभागमा, आर्थिक तथा सूचना विभाग, प्रविधियुक्त सामाजिक सञ्जाल सबैतिर छाएको छ । नेपालमा पनि यसको प्रयोग सरकारी मन्त्रालय, सूचना विभाग, स्वास्थ्य मन्त्रालय, आर्थिक, सामाजिक तथा सार्वजनिक सवै क्षेत्रमा समाहित हुँदै आएको छ । कृतिम बुद्विमताले मानिसले प्रविधिमा गर्ने अभ्यासलाई मौलिक तरिकाले डाटाहरुको छनौट गर्छ र प्रविधियुक्त तरिकाले प्रशोधन गरी कम्युटरमा पुनःस्थापित गरिदिन्छ । एआईले पुराना नेपोलियन वोर्नापार्टाका रहस्यलाई उजागर गरेको प्रसंगहरु सुन्न थालिएका छन् । सन् १८०९ मा भएका फ्रान्सेली सेनाका युद्वका गाथाहरुलाई एआईमा समावेश गरिएको पाइएको छ । यस्तै गणित तथा कम्युटर साइन्सका समस्याहरुलाई समाधान गर्न पनि एआईको महत्वलाई नकार्न नसकिने वैज्ञानिकहरुको राय रहेको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको अध्यक्षमा डा. संगिता कौशल मिश्रालाई छनौट गर्ने

 काठमाडौं । विश्व स्वास्थ्य संगठनको संसारभरीमा  ६ वटा छाता संगठन रहेको छ । दक्षिण पूर्वी एसियाको अध्यक्षको छनौटमा बालेन सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रालाई छनौट गर्ने निर्णय गरेको छ । उनलाई यसअघि सरकारले स्वास्थ्य मन्त्रालयको कार्य सञ्चालनमा प्रोत्साहन दिएको थियो । स्वास्थ्य स्थित उच्च स्रोत अनुसार उनलाई सो पदावलीको लागी जिम्मेवारी दिन लागिएको बताइएको छ । विश्व स्वास्थ्य संगठन विश्वभर मानव शारिरीक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक रहनसहनको उपचारार्थ काम गर्ने नियोग हो । सन् २०२३ को निर्वाचनबाट वंग्लादेशकी साइमा वाजेदले राजनीतिक परिवर्तन पछि आफ्नो पदबाट राजीनामा दिएपछि नेपालकी डा. मिश्राको पालो आएको हो । सन् २०२३ को निर्वाचनमा भारत, वंग्लादेश र नेपालबीच नेतृत्वको लागि प्रतिष्पर्धा भएको थियो । यस पदको अवधि पाँच वर्षको हुने बताइएको छ । दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र टिमोर–लेस्टे गरी ११ सदस्य राष्ट्र छन् ।   

चलचित्र विकास वोर्डको अध्यक्षमा “पण्डित”

नेपाली चलचित्र विकास बोर्ड नेपाली सिने जगतको छाता संगठन हो । यही आश्विन ३० गते शुक्रवार मन्त्रि परिषदको वैठकबाट चलचित्र विकास वोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् ।  विकास वोर्डमा मनोनित हुँदै पण्डितले भनेका छन्, “सरकारको काम सिनेमा बनाउने हैन सिने कालाकारलाई प्रोत्साहन गर्नु हो । चलचित्र कर्मी अपनत्वीत हुनु हुँदैन । ” सिनेमा जगतको प्रतिष्ठालाई मूल्याङ्कन गर्ने, चलचित्रकर्मीको पारिश्रमिक बढाउने, बक्स अफिसलाई सुधार गर्ने र नेपाली सिने लहरलाई विश्व सामू चिनाउने ध्येय लिई बनेको विकास वोर्डको निवर्तमान अध्यक्षमा दिनेश डिसी निर्वाचित थिए ।

चालकको असावधानीबाट चाडपर्वमा हुने दुर्घटनामा बढोत्तरी

काठमाडौं । हरेक वर्ष नेपालका राजमार्गहरु चाडपर्वमा असुरक्षित बन्दै गएका छन् । यस वर्ष पनि दशैंमा दुर्घटना हुँदा १२४ जनfको मृत्यु र हजारभन्दा बढी घाइते भएको तथ्याङक सार्वजनिक भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असोज २५ गते बाट कात्र्तिक ८ गतेसम्म १ हजार ३३९ सवारी दुर्घटना भएको र १३४ जना को मृत्यू भएको साथै ९८८ जना व्यक्ति घाइते भएको बताएका छन् । सवै भन्दा बढि मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।  ट्राफिक नियम उल्लङ्घन गर्ने माथि कारबाही दशैंको टिका अवधि भर ७०३ जनाले सवारी साधन अवैधानिक तरिकाले चलाएका थिए ।  मादक पदार्थ सेवन गरी चलाउने, अनियन्त्रीत गतीले सवारी साधन चलाउने, छतमाथी चढेर चलाउने सवारी चालकहरुलाई कार्बाही गरेर छाडिएको ट्राफिक महाशाखाले बताएको छ । (नागरिक न्युजबाट)

सुदुरपश्चिम सरकारमा हल्लीचल्ली, कांग्रेसले माग्यो राजीनामा

काठमाडौं । संसदीय दल कांग्रेसले सुदुरपश्चिम को सदनमा बस्न असहमति जनाएको छ । खासगरी बजेटको विषयलाई लिएर भनाभन भएपछि पार्टी सदनमा विभाजनमा परेको बताइएको छ । कांग्रेसीय दलले आर्थिक बजेटको प्रारुप संसदमा आवश्यक छलफल नभइ एकोहोरो ढंगले बजेट प्रस्तुत भएपछि रुष्ठ भएको बुझिएको छ । कांग्रेसले भनेको छ, “ नैतिक, संवैधानिक , कानूनी, राजनीतिक परामर्श वेगर संसदमा समाहीत हुनु अराजकताको पराकाष्ठा हो । ” कांग्रेसले २०८३÷८४ को बजेटलाई आधार बनाई छलफल र आवश्यक परामर्श नभएको खोट लगाएको छ ।  प्रतिपक्षी दलसंग आवश्यक छलफल नगरी अनावश्यक पुरक बजेट ल्याएकोमा कांग्रेसले विमती जनाएको बुझिएको हो । यस्तो अभ्यासले लोकतान्त्रीक राजनीतिक ंसंस्कार, संसदीय मर्यादा र मूल्य मान्यतामाथि प्रहार गरेको निश्कर्ष कांग्रेसको छ । निवर्तमान मुख्यमन्त्री रहेका कमलबहादुर साहीले यसअघि नै सरकारप्रति विमती जनाउँदै आएका बुझिएको छ । (स्रोतः नागरिक न्यूज)

मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । नेपाल विज्ञान तथा मौसम पूर्वानुमान महाशाखाले  कार्तिक ११ देखी कार्तिक १४ गते सम्म झरीको प्रभाव मूल्याङ्न हुने असर रहने बताएको छ ।  पश्चिम बंगालको आन्द्र प्रदेशबाट शुरु हुने उक्त हावाको वेग नेपाल आइपुग्दा अत्यन्त प्रभावशाली हुने महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिएका छन् ।   नेपालको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको र देशका विभिन्न भागमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको हुँदा मौसम विदहरुले धान तथा अन्न बालीहरु समयमै उठाउन किसान वर्ग संग सुझाव व्यक्त गरेका छन् । (कान्तिपुर अनलाइनबाट)

संचार अवरोध हुँदा वित्तिय सेवा र सरकारी वेभसाइटहरु बन्द

काठमाडौं । सेवा अवरोधको कारण बैंकिङ् सेक्टरका सयौं वेभसाइटहरु बन्द रहेको बताइएको छ ।  आन्तरिक प्रविधि पोर्टलको बनावट पीएचपी प्राणालीमा आएको अवरोधको कारण डेटामा समस्या आएको बताइएको छ । नेपाल राष्ट्र बैंकको अनलाइन सेवा थन्किएको छ भने प्रणालीगत हिसावमा मंगलबारबाट सेवा सुचारु हुनसक्ने सम्भावना रहेको बैंकका अधिकारीहरुले ग्राहकवर्गमा सूचना सम्प्रेषित गरको छन् ।  त्यस्तै राष्ट्रिय बाणिज्य वैंकको पनि संचार सेवा सोही कारण अवरोध रहेको र राष्ट्रिय योजना आयोगको पनि सुचना प्रकासन वन्द रहेको छ । सरकारी सेवा र वित्तिय क्षेत्रमा आएको समस्या ग्राहकवर्गलाई अफलाइन प्रणालीमा आधारित रहेको बताइएको छ । के हो पिएच पी प्रणाली यो विश्व व्यापी वेभसाइट बनाउन लागेको इन्टरनेटको आन्तरिक सामाग्री हो जसको पुरा नाम  वेभसाइटमा सुरक्षा दिइएको भाषागत अवरोध हो  यसरी वैंकिङ् सेक्टरको संचार क्षेत्रमा आएको समस्या राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय रहेको बताइएको छ । यद्यपी कार्तिक ४ पछि ग्राहक वर्गले अफ लाइन संचारबाट मुक्ति मिल्ने बताइएको छ । (कान्तिपुर अनलाइनबाट)

दशैंमा च्याङ्ग्राको मासु आकाशियो

दशैंमा मानिसहरुको रोजाई खसी , बोकामा जान्छ । तर हिमाली र पहाडी भेगका च्याङ्ग्ग्रा स्वस्थकर हुने बताइन्छ । यसपाली पहिछल्लो मुस्ताङ्बाट आएका च्याङ्ग्राहरु ३६ करोड रुपैंयामा बेच विखनमा आाएको बताइएको छ ।  पहिलो भन्दा अझ बढि तिव्रता आएको स्थानीय व्यापारीहरु बताउँछन् । यसपाली पोखराको लागी भनेर मात्र डोल्पा, मुगु, मुस्ताङ, जुम्ला तिब्बतबाट हाराहारी ६७५० च्याङ्ग्रा बजारमा बेचविखनमा आएको पशु व्यापार संघका अध्यक्ष डा. लालमणी अर्यालले बताए । अर्यालका अनुसार च्याङग्रा दशैंको लागी पर्याप्त रहेको बाँकी रहेमा तिहारको जगेडा गरिने बताए । दशैं र तिहारमा भनेर आएका च्याङ्ग्रा प्रति गोटा १२ हजार देखि ५२ हजारसम्म बिकेको बताइएको छ । हिमाली जडीबुटीद्वारा पुष्ट भएका च्याङ्ग्राको मासु स्वादिलो तथा स्वास्थ्यवर्दक हुने पाइएको छ । (गोरखापत्र अनलाईनबाट)

दशैंमा मादक पदार्थ, लागू पदार्थ सेवन गर्नेलाई विशेष कार्वाही

काठमाडौं । उपत्यका ट्राफिक विभागका अनुसार यस वर्ष  लागू पदार्थ र माधक पदार्थ सेवन गरी सवारी चलाउने क्रममा विशेषत उच्च सर्तकता अपनाइएको जानकारी दिइएको  छ । काठमाडौं उपत्यकाको अनुगमन सुरक्षा स्थितीलाई ध्यानमा राख्दै ट्राफिक माहाशाखाले करिब एक हजार ३७ जना सवारी चालकलाई निगरानी राखि उचित परामर्शमा छोडेको बताएको छ । ट्राफिक महाशाखाका अधिकृत सुरेशप्रसाद काफ्लेका अनुसार “बडादशैं नेपालीहरुको परम्परागत महान् चाड भएको र चालकले सवारी साधन चलाउँदा माधक पदार्थ लिन सावधानी अपनाउनु पर्ने बताउनु भयो ।” नेपालको सवारी तथा यातायत व्यवस्था ऐन २०४९, प्रचलित कानून अनुसार सवारी साधन चलाउँदा मापासे र लापासे गर्ने चालकलाई कारबाही हुने उल्लेख रहेको बताइएको छ ।  (गोरखापत्र अनलाइनबाट)

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यकारी सभापति पूर्ण बहादुर खड्का पनि महाधिवेशनको लागि जाने प्रतिबद्वता तयार भएको पार्टीको आन्तरिक श्रोतले खुलाएको बताइएको छ । नेपाली काङ्ग्रेस पार्टी आन्तरिक स्वभावले सधैं फूटको संघारमा रह्यो चाहे दाजु मातृका प्रसाद कोइराला र प्रधानमन्त्री विपि कोइरालाको बीचमा राज काजको सम्वन्धमा होस । चाहे पूर्व प्रधानमन्त्री जिपी कोइराला र पूर्व सभापति शेर बहादुर देउवाका बीच होस् सधैं पदको टकरावको स्थीति नै रह्यो ।  नेपाली काङ्ग्रेस नेपाली प्रजातान्त्रिक काङ्ग्रेसको नाममा परिणत भएका दिन पनि आएकै हुन् । हालसालै वि.पि. स्मृति दिनको दिन पूर्व प्रधानमन्त्री देउवा, गगन माथि नकारात्मक प्रादुर्भावको रुपमा खनिए भन्ने समाचार पनि नेपाली मिडियामा छ्यास आए । यसै विच शेखर कोइराला पक्षधर नेताहरु काङ्ग्रेस पार्टी लाई मजबुत बनाउनु पर्ने ध्याउन्नमा लागेका छन् भने उता स्याङ्जाबाट सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।  यसै वीच पार्टी इतर पक्षले ७७ जिल्लामा केन्द्रिय प्रतिन...

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट्टि बोलाएका मात्र थिए । मैले हिल्स जुत्ता लगाएकी छु मलाई अफठ्यारो हुन्छ उनले भनेकी थिइन् । धेरै चोटी फोटो सुट गर्नु परेपछि उनी रिसले चुर बनेको समाचार प्रकाशमा आएको बताइएको छ । अभिनेत्री कृति सेननमाथि पत्रकारहरुको प्रश्न कृति सेननलाई रक्षा बन्धनको विज्ञापनमा लगाइएको पोशाकको बारेमा करीनाले जवाफ दिन चाहिनन् । उनले मेघना गुलजारलाई प्रश्न गर्न सुझाव दिइन् । प्रश्न सुन्दै डाइरेक्टरलाई प्रश्न गर्न जवाफ दिइन मेघनाले प्रश्नको सिमा कहिले काहीँ अभिनय अनुसार पहिरनको भाग रहेको बताइन । साउथस्टार पृथ्वीराज सँग करिनाको अभिनय  मेघना गुल्जारद्वारा निर्देशित “दायरा” फिल्ममा करिना अभिनेत्रीको रुपमा रहेको बताइएको छ । १९८० मा जन्मेकी करिना १८ वर्षमा रेफ्युजी फिल्मबाट हिन्दी सिनेमामा आएकी हुन् । उनी हालसाल गर्भवती रहेको कुरा अपुस्ट हल्ला भएको इन्डीयन एक्सप्रेसले बताएको छ ।

कांग्रेस भित्रको किचलो के सफा गर्लान त शेखरले !

काठमाडौं । नेपाली काङ्ग्रेसमा यतिखेर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने चटारो रहेको छ । उता यस अघि नै भृकुटीमण्डपको महाधिवेशनले पार्टी सभापति गगन थापालाई सभापतिको रुपमा स्वीकारि सकेको छ भने उनले पार्टीले थापालाई नयाँ रुप दिएको र युवा नेतृत्व खोजेको औंल्याएका छन् । जेनजी विद्रोह बीच नयाँ सोच र नयाँ परिवेशले आफू बहुमतीय प्रणाली अन्तर्गत नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको नेता थापाले सावित गरेका थिए । अन्तत उनी देउवा पक्षधर नेतृत्व कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका थिए । अहिले संस्थापन इतर देउवा पक्षधर कांग्रेसले समानान्तर महाधिवेशन गर्ने बताइरहेको छ भने शेखर कोइराला समूहले पार्टी एकिकरणको ढंका पिटिरहेका छन् । उनको सामिप्यताले के काङ्ग्रेस पुन एकिकरण होला त ? आगामी काङ्ग्रेसको राजनीति कसरी अगाडी बढ्ला ? पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसलाई एउटै लहरमा जोड्न सक्लान त्यो पनि रोचक पक्ष नेपाली राजनीतिमा देखिने ढंग नै हुनसक्छ ! स्रोतका अनुसार पूर्व सभापति हंङ्कङ्को उपचारबाट फिर्ता भइ काठमाडौंमा फिर्ति भएको मौकामा भदौको अन्तिम साता महाधिवेशनको मिति तय हुने ब...

भोटेकोशी बाढीको प्रकोप हजारको मृत्यु, ३ हजार बेपत्ता

काठमाडौं । भदौ १० मा आएको भोटेकोशी बाढिले विकराल क्षती पु¥याएको छ । बाढीको ७  औं दिन सम्म आइपुग्दा प्रकोप थेग्न चुनौति नै रहेको छ । रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट, र नवलपराशी इलाकामा लासहरुको ठेगाना लगाउन धौ धौ परिरहेको छ । हालसम्म १०५० लासहरु भेटिएको छ ।  प्रधानमन्त्री राहत कोषमा ६ अर्ब भन्दा बढी धनराशी संकलन भएको समाचार  आएको छ ।  उता नेपाल सरकारका पराराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बाढीको मानवीय जोखिमलाई सामान्य प्रकृतिक विपत्ति मात्र नलिइ हिमाली सुनामी प्रकोपको रुपमा लिन आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय न्यायको मुद्वा उठाएका छन्  र जिम्मेवार औद्योगिक राष्ट्रबाट सहयोगको अपेक्षा गरेका छन् । तर बाढी ग्रस्त क्षेत्रमा झाडापखाला, भाइरल ज्वरो जस्ता गम्भिर प्रकृतिका विरामहरु पनि फैलँदैँ गएका छन् ।  औषधी अभाव, दुषित पानी भीडभाव, शौचालयको अभावका कारण विरामीहरु शंकटमा परेको बताइएको छ । 

मौसम परिवर्तन सँगै वर्षा

पश्चिमी मौसमको प्रभाव र स्थानीय वायुको प्रभाव तेज देखिएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भागमा बादल लागेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले देशका कर्णाली र पश्चिम नेपालका केही भूभागमा मेघ गर्जन र चट्याङ्का साथ पानी परिरहेको बताएको छ । विभागको अनुसार यी स्थानमा आज दिउँसो पानी पर्ने र देशको तराई भू–भागमा पनि हल्का वर्षा हुने सम्भावना रहेको प्रकाशमा पारेको छ । 

नेपाली चलचित्रमा एआईको प्रयोगबारे प्रशिक्षण

चलचित्र क्षेत्रलाई उज्जल बनाउने हेतुले कला संयोजनमा प्राकृतिक बौद्विकताको पहल हुने बताइएको छ । चलचित्र विकास वोर्ड र नेपाल एआइ फिल्म एलायन्स  (नाइफा)बीच भएको एक समारोहमा नेपाली चलचित्रका २०० भन्दा बढि प्राविधिक र कलाकारहरुको उपस्थिती रहेको बताइएको छ ।  चावहिल स्थित चलचित्र विकास वोर्डको प्रेक्षालयमा अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा एआईको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । यस्तै नाइफाका अध्यक्ष करुण थापाले एआईले चलचित्रलाई सम्मून्त बनाउने र यसको लागि कार्य थालनि गरिइसकेको बताए । उनले सिनेमा एक उद्योग भएको र यसलाई पर्याप्त जनशक्ति र प्रविधि चाहिएको उजागर गर्दै हाल इन्टरनेट र उपकरण प्रयोग गरी झिनो समयमा कार्य समापन गर्न सकिने पनि उल्लेख गरे ।

व्रिज कोर्ष र तयारी कक्षामा पावन्दी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विभिन्न कक्षा र उच्च शिक्षाका नाममा हुने व्रिज कोर्ष र तयारी कक्षा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताएका छन् । २०८३ वैशाख १ उपरान्त यस्ता कक्षाहरु सञ्चालन भएमा सरकारी ऐन र कानून उपर शिक्षण संस्थाहरुलाई कार्वाही गरीने बताइएको हो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यको आयोजनाले विद्यार्थी तथा अभिभावकलाई आर्थिक वोझ पर्न जाने उल्लेख गरिएको छ । 

नेपाली काङ्ग्रेस संस्थापन पक्षको बैठक आव्हान

निर्वाचन र नयाँ सरकारको कार्यान्वयन पछि पछिल्लो पटक नेपाली काङ्ग्रेस संस्थापन पक्षले आगामी मंगलबार अधिवेशन बोलाएको छ । विशेषत गौरीबहादुर कार्की आयोगका दोषी निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिपक खड्काको पक्राउको विषयलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषय उल्लेख रहने पार्टीको अनुशासन समितिले बताएको भनिएको छ । साथै फागून २१ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको सहभागीता र परिणामको बारेमा समेत छलफल गरीने बताइएको हो ।

नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित

 नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित भएको छ । आइतबार दुई पार्टी बिच एकता भएको बुझिएको हो । कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सुसीलमान श्रेष्ठ बीच घोषणा पत्रमा हस्ताक्षर भएको हो । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।  कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

औद्योगिक विकासको लागि जापानी सहयोग

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणको क्रममा नेपाल जापानको सधैं हितैशि रहेको र जापानी उद्योग नेपालमा प्रवद्र्वन गर्न नेपाल सधैं उद्वत रहेको र पूर्ण सुरक्षाको ग्यारेण्टी दिइने औंल्यानु भएको छ ।  उहाँले नेपाल र जापानबीच धार्मिक एकता रहेको पनि प्रकाश पार्नु भएको छ । भ्रमणमा उहाँले नेपालमा बुद्व जन्मेको र बौद्वमार्गीहरुलाई नेपाल पर्यटकीय दृष्टिकोणले अति लाभदायक भएको बताउनु भएको छ । नेपाल जापानबीचको ७० वर्ष कुटनैतिक सम्बन्ध रहेको सन्दर्भमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले कृषि र जलश्रोत जस्ता आयोजनामा जापान सरकारको उल्लेखनिय सहयोग रहेको र सामाजिक न्याय, सुशासन र जनताको समृद्विमा आफू सधैं कटिबद्व रहेको बताउनु भएको छ । कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाको पनि सहभागिता रहेको बताइएको छ ।  

निर्वाचन आयोगको कालोसूचीमा परेका उम्मेदवारहरु

निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम कालोसूचीमा राखेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार वन्द सुचीबाट निम्न व्यक्तिका उम्मेदवारहरुलाई हटाएको बुझिएको छ । कालोसूचीमा परेकाहरु (बसुन्धरादेवी चौधरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (रहेना खातुन, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (लक्ष्मीदेवी शाह, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (कमला खत्री, जनता समाजवादी पार्टी (हिरोइनकुमारी शाह, जनमत पार्टी (गजेन्द्रकुमार मेहत्ता, जनमत पार्टी (मोहमद असदुल्लाह, जनमत पार्टी (सुमित राई, जय मातृभुमि पार्टी (राजु मिजार, जय मातृभूमि पार्टी (प्रीति गुप्ता पटेल, जय मातृभूमि पार्टी (लक्ष्मी श्रेष्ठ, नागरिक शक्ति (जाहेरा बानु, नेपाल कम्युनिष्ट पार्टी माओवादी (प्रतिमादेवी यादव, नेपाल जनता पार्टी (सुनितादेवी दास, नेपाल सद्भावना पार्टी (भुवन औजी, मितेरी पार्टी (गायत्री राई, मितेरी पार्टी (सुनिता पौडेल, मितेरी पार्टी (दीपक चौधरी, राष्ट्रिय एकता दल (विकाराम चौधरी, राष्ट्रिय जनमोर्चा (सुनिताकुमारी कुर्मी, राष्ट्रिय जनमोर्चा ...

मोरङ्गको निर्वाचन माहोल

मोरङ्ग नेपाली कांग्रेसको उद्गम थलो मानिन्छ । खासगरी कोइराला परिवारको राजनीतिक कर्मथलोको रुपमा चिरपरिचत मोरङ्गाको राजनीतिक माहोल बदलिएको छ । २०४८ यता आठ निर्वाचन भोगेको मोरङ्गले २ पटक संविधान सभा र एक निर्वाचन भोगिसकेको छ । यसपटक मोरङ्ग ६ ले नेपाली काङ्ग्रेसका उम्मेदवार शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीका रुविना आचार्य आदीले यस नगरीलाई आफ्नो निर्वाचन क्षेत्र बनाएका छन् । निर्वाचन प्रतिनिधिहरु चुनाव केन्द्रित भइ रहँदा यहाँको फोहोरको समस्या, सुकुम्बासी समस्या, महंगी र स्वास्थ्य समस्या टड्कारो रुपमा चुनावको भोट तान्ने विषयवस्तुको रुपमा उठ्न थालेको केलाइएको छ ।   

नेवानीमा कोहोराम, यात्रु हैरानी

नेपाल वायुसेवा निगमका दुई यात्रु बहाक विमानले समयमा उडान भर्न नसकेपछि सयौं यात्रु अलपत्र परेका समाचार प्रकासमा आएको छ ।  यहि मेसोमा चीन, हङ्कङ्, दुवईका यात्रु अलपत्र परेको बताइएको हो । चीन तर्फको उडान हुन नसक्दा यात्रुले परिशानीका कारण कर्मचारी माथि हातपात गरेको सुन्नमा आएको छ ।  वाइडवडी विमानहरु हवाई निर्माणका लागि विदेश हुँइकिनुपर्ने भएकोले सो परिस्थीति निर्माण भएको निगमका कर्मचारीहरुको भनाइ रहेको छ । यात्रुहरुलाई निगम स्वयमंले होटल र खाना खर्च व्यहोरेको अपुष्ट समाचारहरु प्रकाशनमा आएको पनि छ ।

कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का राजनीतिक र कानूनी लडाइँमा लाग्ने

 विशेष महाधिवेशन कार्यसमितिको वैधानिकता संगै संस्थापन इतरका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का आफूहरु राजनीतिक र कानूनी लडाइँमा लाग्ने बताएका छन् । पार्टी विधान र नियमावलीको अन्र्तगत छ संस्थापन पक्षसँग छलफल नगरी निर्वाचन आयोगले कारबाही गरेको पक्षलाई वैधानिकता दिँदा दर्ता एकदम षडयन्त्र मूलक रहेको कार्यवाहक अध्यक्षले बताएका हुन् ।

गगन थापा र विश्वप्रकाश शर्मा प्यानल नेपाली काङ्ग्रेस वैधानिक

विशेष महाधिवेशन पछिको कार्यसमिति छनौट भएको गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलत नेपाली काङ्ग्रेसको पार्टी कमिटिलाई निर्वाचन आयोगले वैधानिकता दिएको बुझिएको छ । राजनीतिक दल सम्वन्धि दफा ५१ को परिणाम स्वरुप पार्टीलाई आधिकारीकता दिने निर्णय गरको बुझिएको हो । पार्टीको विधान बमोजिम लोकतान्त्रिक शब्दावलीलाई मध्यनजर गरिएको र कार्यनैतिक रुपमा नै यस शब्दको प्रयोग हुनु पर्ने आयोगले प्रस्टाएको बुझिएको छ ।   

२०५८ काण्ड काङ्ग्रेसमा दोहोरीयो काङ्ग्रेस फूटको संघारमा

अन्ततः विशेष काङ्ग्रेस महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रिय सदस्य निर्वाचित गरेको छ । उता संस्थापन इतर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिले भने महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई कारबाहीको दायरामा ल्याएको छ ।  वि.सं २०५८ सालमा प्रधानमन्त्रीको प्रतिष्पर्धात्मक रहस्यमा कांग्रेस पार्टी, स्वर्गीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकको अध्यक्षको रुपमा शेर बहादुर देउवाको प्रतिनिधित्व गर्दै दुई भागमा पार्टी फुटेको थियो । यसै विच विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसलाई फूटको संघारमा ल्याएको छ । पार्टीको हेड कमाण्डले महामन्त्रीद्वय लाई पाँच वर्ष सम्म साधारण सदस्य नरहने गरी निष्काशन गरेको बताएको छ भने उता विशेष महाधिवेशनमा गएका शुभेछुक्कहरुलाई फर्कन निर्देश पनि गरेको थियो ।

भ्रष्ट राजनीतको अन्त्य

  भ्रष्ट राजनीतको अन्त्य शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो  । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ । जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल । समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ । वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा । त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन । समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र । लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ...

काङ्ग्रेस केन्द्रिय समितिको बैठक

काठमाडौं । काङ्ग्रेस केन्द्रिय समितिको बैठक अपरान्ह १ बजे पार्टी हल सानेपामा बस्ने भएको छ । पार्टीका ७ वटै सभापतिहरुलाई पार्टीमा छलफलमा बस्नकोको लागि सर्कुलर जारी गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलको आवागमन

 काठमाडौं । राजधानीको चक्रपथको सडक ट्राफिक प्राय अस्तव्यस्त हुने गर्छ । अफिस समयमा चक्रपथबाट सिंहदरबार तिर पस्ने वसहरु प्राय खोचाम खोच हुने गर्छ । साँखुबाट चाबहिल तिर आउने वस, बेनपाबाट काठमाडौं आउने वस, थानकोट बाट काठमाडौं छिर्ने बसहरुको हाल यस्तै हुन्छ । यसै मेसोमा सोमबार दिनको ४ बजे तिनकुने , कोटेश्वरबाट लगनखेलको आवागमन बुझ्न हामीले एउटा दृश्य खिचेका थियौं ।

ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित

 विश्वव्यापी जलवायु परिवर्तनको विश्वव्यापी साझेदारी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित हुने बताइएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत कानुनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड दिएका छौँ ।” यसर्थ नेपाल जस्तो विकासशील राष्ट्रले पाउँदै आएको सहयोग रकमबाट केही हिस्सा भने अवस्य कटौती हुने बताइएको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय संस्थामा विभिन्न मुलुकसँग आबद्ध आर्थिक तथा सामाजिक परिषद् तथा महादेशीय कमिसन, आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानुन कमिसन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फौजदारी न्यायका लागि अन्तर्राष्ट्रिय संयन्त्र, शान्ति स्थापना कमिसन, शान्ति स्थापना कोषबाट पनि  हात झिकेको हो । 

पाार्टीमा सिटौलाको प्रभाव

कृष्ण प्रसाद सिटौला नेपाली काङ्ग्रेसका विद्वत नेता भित्र समाहित हुन्छन्। उनले विस्तृत शान्ति सम्झौतामा उल्लेखनिय भूमिका पनि निर्वाह गरेका थिए । कांग्रेसको गुटमा सिटौला कहिले पछि परेनन् । झापाका राजनीतिक हस्तिका रुपमा सिटौलाको नाम कहिले केन्द्रिय समितिमा कथमकदाचित अध्यक्षको पदको लागि दाबी नगरिएका सुमधुर पात्र हुन् यद्यपी अहिले उनै सिटौला काङ्ग्रेसको मतलाई लिएर सदाचारपूर्ण राजनीतिमा पार्टीलाई एकोहो¥याइरहन भ्याएका छन्  । अवको राजनीति सुमधुर ऐना भित्रको दुरदर्शनमा जाला भनेर प्रक्षेपण गर्न नेपाली साखकर्ताहरुले सुन्नमा ध्याउनेछन् भनि विश्लेषण गरिएको छ । १३औं महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेल र सिटौलाबीच विरासतको लडाइँ भयो । यी दुईबीचको प्रतिस्पर्धाकै कारण शेरबहादुर देउवा सभापति बने र कांग्रेसभित्र तेस्रो समूह खडा भयो । ्रअहिले उनी सुनिश्चित छन् पार्टीको राजनीति चलायमान होस र आगमी हुने राष्ट्रिय महाधिवेशनमा पार्टीले उल्लेखनिय भूमिका खेलोस र आम जनताको नजरमा काङ्ग्रस पार्टीको दिशा समुन्नत सिद्वान्त तर्फ जाओस् भनेर ।

भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने

  काङ्ग्रेस विशेष महासमितिको वैठकमा प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केही प्रतिवेदनका मस्यौदा समावेश गरेका छन् ।  उनले पार्टीमा युवा प्रतिनिधित्व, सुशासन, सरकारमा निश्चत कालखण्ड जस्ता कयौं मुद्वामा विशेष ध्यानाकर्षण गराएका छन् । उनले भावी निर्वाचनमा गठबन्धन नगर्ने पनि प्रकाशमा ल्याएका छन् । उनले पार्टीको सिद्वान्त, मूल्य र मान्यतार्ला अक्षम्य राख्नुपर्ने बताएका हुन् । भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने उनले खुलस्त पारेको बताइएको छ ।

११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन जनता समाजवादी पार्टी (जसपा)

 मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी अन्तत एकीकृत भएका छन् । औपचारिक रुपमा सत्ताको बागडोर समाल्न फुट र जुटको इतिहास रचेका यि पार्टीहरु आसन्न फागून २१ गतेको निर्वाचनलाई मध्यनजरमा आएर बलियो धारमा समाविष्ट हुन खोज्नु अर्थपूर्ण रुपमा हेरिएको छ । नेताद्वय उपेन्द्र यादव र महन्थ ठाकुर बीच आइतवार पार्टी एकिकरणमा १२ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको सम्झौताबमोजिम ११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) रहने बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टी बिच मधेसका मुद्वा समावेश भएको र आगामी हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्र सभामा आफूहरु समावेश हुने बताउन भ्याएका छन् ।

आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार

बजार भाउ अनुसार सुनको भाउ स्थिर हुन सकेको छैन । शुभ–विवाहको मूहुर्तले छोप्दै जाँदा यसरी सुनको भाउ आकासिएको हो । पछिल्लो समयमा सुन विलासिताको वस्तु भनेर सरकारले २ प्रतिसत व्यय भार आम उपभोक्तामा लाएको थियो । यता हिरा र जडीमा पनि सरकारले १३ प्रतिशत अन्तशुल्क व्यापारीहरु माझ उठाउँदै आएको थियो । यसलाई सुन कारोबार गर्ने वाणा श्रमिकहरु चर्को विरोधमा उत्रिएका थिए ।  हिजो आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।

इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु

 काठमाडौं । इरानमा देशमा आर्थिक बिचलन भएपछि आएको परिस्थीतिमा जनता सडकमा ओर्लिएका छन् । पछिल्लो घटनाहरुलाई समावेश गर्ने हो भने इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार त्यहाँ जुलुसहरुमा हजारौं अश्रु ज्यासँहरु र गोली प्रहार भएको छ ।  इरानले सहयोग मागेको खण्डमा अमेरिका तयार रहेको बताइरहेको छ भने इरानमा सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द रहेको जनाइएको छ । उसले अमेरिकी हस्तक्षेप हाफूलाई अमान्य हुने बताएको छ । 

महेन्द्र विक्रम थामसुहाङ् बने रास्वपाबाट उमेद्वार

पाँचथर । रास्वपाबाट महेन्द्र विक्रम थामसुहाङ्ले नेतृत्व लिने भएका छन् । उनी प्रतिनिधि सभा सदस्यमा उमेद्वार हुने सुनिश्चित भएको जनाइएको छ । उनी कम्युनिष्ट पार्टीमा आवद्व थिए ।| केही महिना अघि आफ्नो पार्टी परित्याग गरि उनी नयाँ पार्टीमा सामेल भएका हुन् । रास्वपालाई आफ्नो पार्टीमा समावेश गरिएका पात्र जिताउनै पर्ने देखिएको छ भने उता पार्टीले सर्कुलर जारी गरि उनलाई एकल नेतृत्व प्रदान गरिएको हो । विगतका सर्वेक्षणहरु हेर्ने हो भने नेकपाको वर्चश्व रहेको पाँचथरमा घण्टी चिन्ह लाई हालीमुहाली सुनिश्चत गर्न अव आउने निर्वाचनलाई मध्यनजर गर्नु पर्ने नै देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्की ३०४ औं पृथ्वी जयन्तीको अवसरमा सरिक

काठमाडौं । भृकुटिमण्डप स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समाहित भएकी छिन् । जलपान कार्यक्रममा प्रधानमन्त्रीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित मान्यजनहरुले वडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल एकिकरण र दिव्यउपदेशको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा संचार मन्त्री जगदिश खरेल, कुटनितिक नियोगका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

इण्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङ्गको अन्तेष्टि

प्रशान्त तामाङ्गको दाहसंस्कार उनको गृह नगर दार्जिलिङ्गमा हुने भएको छ । उनको हृदयघातको कारण नयाँ दिल्लीमा ४१ वर्षको उमेरमा हिजो विहान मृत्यु भएको थियो । माता रुपा तामाङ्ग र पिता मदन तामाङ्गको सुपुत्र प्रशान्तको जन्म सन् १९८३ मा वेष्ट बंगाल दार्जिलिङ्गमा भएको थियो । उनी एक नेपाली भाषी भएको नाताले थुप्रै नेपाली चलचित्र र गायन क्षेत्रमा आफ्नो रोमाञ्चक प्रस्तुतीबाट चर्चित थिए । उनी बसेको नयाँ दिल्ली स्थित निवासमा हृदयघात भएको र अस्पताल पुग्ने क्रममा मृत्यु भएको अपुष्ट समाचार श्रोतहरुले बताएका छन् । उनीद्वारा अभिनित चलचित्रहरुमा गोरखा पल्टन, अंगालो यो मायाको ,किनमायामा आदी चर्चित रहेका छन् । एक नेपाली भाषी भएको र नेपाली कलाकार भएको नाताले नेपाली श्रोता तथा दर्शकलाई उनको असमायिक निधनले मर्माहत तुल्याएको छ ।

विशेष महाधिवेशनको रफ्तार

दुइ महामन्त्री विश्व प्रकास शर्मा र गगन थापाको जोडबलमा बनेको विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसको कार्यदिशा बदलिने मूल्याङ्कन गर्न सकिन्छ । नेतृत्व र प्रधानमन्त्रीको भार आफूले मात्र लिनु सराहनिय नहुने बताइराख्ता शेखर कोइरालाले एक पुस्तौनि प्रथाको अन्त्य भएको हो कि भन्ने सन्देश दिन्छ । पूर्व प्रधानमन्त्री शेर बहादुर कोइरालाले अध्यक्षको जिम्मेवारी कसले गर्ने महाधिवेशनलाई नै निर्णय दिनु पर्ने भन्दा विगतको परिधिबाट समष्टिगत रुपमा पार्टी नयाँ हाँगोमा उत्रने र बलियो हुने आसातित अनुमान नेपाली मिडियाले लाएको प्रशस्त हुन्छ । हो पार्टीले नयाँ जुटको संज्ञा दिनुपर्छ । नेपाली काङ्ग्रेस भित्र नयाँ विचार र सिद्वान्तको आधारशिला तय गरिनुपर्छ । नविन श्रीङखलाबाट पार्टी मजबुत गरिनुपर्ने विभिन्न गुटबाट आवाज उठ्न थालिसकेको पनि छ । बैठक अनुसार नीति, नियम बमोजिम पार्टीको आधारशिला तय हुँदै गर्दा समाजको मुद्वालाई अगि बोक्न काङ्ग्रेसमा नविकरण आवश्यक नै परेको कुरा जगजाहेर नै छ ।

सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल

  सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा  रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। नियुक्ति २०८२ फुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

समाजवाद र लोकतन्त्र मात्र होलान त नेपाली काङ्ग्रेसको प्रमुख नारा

  नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी(लोकतान्त्रीक राजनीतिक दल हो । यस पार्टीको प्रथम महाधिवेसन वि.सं २००३ माघ १२ र १३ मा भएको थियो । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको उद्घाटन शत्र भोलि देखि भृकुटीमण्डपमा शुरु हुँदै छ । कांग्रेस महाधिवेशनको बन्द शत्र जेष्ठ प्रतिनिधिले सम्हाल्ने भएका छन् । प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू अगाडी बढ्दै गएका छन् । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।  यद्यपी नेपाली काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकास शर्माद्वारा सञ्चालित हुने कार्यक्रममा कुन सिद्वान्तलाई प्रश्रय दिने समाविष्ट गरिएको पाइँदैन ।

नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु

नेकपा का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले रुकुमबाट आफू निर्वाचित हुने जानकारी दिएका छन् । रुकुम पश्चिममा आयोजित सभालाई पत्थर पार्ने क्रममा दाहालले आगामी चुनावमा रुकुम पूर्वलाई आफ्नो कर्म थलोको  रुपमा  संगालिने प्रष्ट पारेका हुन् । निर्वाचनमा आफू स्पष्ट मतका साथ जनतामाझ जाने र जनभावनालाई समेटी देशलाई नयाँ बाटोमा अग्रसर हुने उनले बताए । नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु मात्र नभई देशकै शत्रु रहेको र सम्पूर्ण वामपन्थी एक ढिक्का रहनु पर्ने आजको कार्यबोध र चुनौति रहेको उनको जिकिर थियो । कार्यक्रममा पार्टीका सहनेता माधवकुमार नेपाल पनि सहभागी रहेका थिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट

  झापा । दमक ९ मा भएको एक थुम्पा उद्योगको आगलागीमा १ करोड ३० लाख घनमाल जलेर नष्ट भएको छ । पदम भण्डारीको घरमा आगलागी हुँदा  स्वस्तीक थुक्पा उद्योगमा  विद्युत चुहावट भइ आगो लागेको प्रहरीले बताएको छ ।  आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँएको छ ।

सुन बढ्यो चाँदी भने घट्यो

नेपाली बजारमा आज सुनको मूल्य केही बढेको पाइएको छ । नेपाल सुन चाँदी तथा व्यवसायीक संघले छापावाला सुन प्रति तोलाको मूल्य २ लाख ६५ हजार ७ सय रहेको तथा चाँदी  तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार रहेको बताइएको छ । भाउ अनुसार आज सुन तोलामा २ हजार १०० ले बढेको हो भने चाँदी ५५ रुपैंयाले बढेको हो ।

आज देशको राजधानीमा सार्वधिक चिसो

काठमाडौं । निरन्तर ओरालो लाग्दो तापक्रम २.४ डिग्री मा झरेका बताएएको छ ।  मौसम विज्ञान तथा महाशाखाले काठमाडौं बासीहरुलाई मौसमबाट जोगीन न्याना तथा बाक्ला कपडा लाउन अनुरोध गरेको छ । आज सवैभन्दा कम तापक्रम हुम्लामा ७.७ डिग्री मापन गरिएको छ  भने देशको दक्षिण पश्चिम बङ्गालको चापिय वायुले देशको मौसममा प्रभाव परेको तथा कोशी, मधेस वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लाग्ने तथा देशका अन्य भागमा मौसम सफा रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिताको बहस

आगामी निर्वाचन आचार संहिता कस्तो रहने भन्ने विषयमा निर्वाचन प्रमुख आयुक्तहरुबीच छलफल भएको छ ।  निर्वाचनका प्रमुख आयुक्त राम प्रसाद भण्डारीसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता लागु गरिएकोमा खुसी व्यक्त गरेकी छिन् । आयुक्तहरु जानकी तुलाधर, सगुन समशेर जबरा र  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई भेटघाट् समारोहमा उपस्थित रहेका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको लागि चाहिने निर्वाचन समाग्री, जनशक्तीको परिचालन, निर्वाचन सुरक्षा र आचारसंहिता एक जटील प्रश्न रहेको बताएका थिए  भने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा हुने दोहो¥एकी थिइन ।

कुन पदार्थहरु बजारमा महंगो

नेपाल राष्ट्र बैंकले सर्वधारणले खरिद गर्ने बजार भाउ औषत १.६३ प्रतिशतमा सिमित रहेको बताएको छ । यो दर नियमीत बजार भाउ भन्दा निकै तल रहेको हो ।  मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको बताइएको छ । त्यस्तै गैह्र खाद्य सेवा समूहको मुद्रा स्फिती ३.७५ प्रतिशतले रहेको बताइएको हो । हाल वृद्वि रहेका केही पदार्थहरुमा घ्यू, तेल, गैह्र मदिराजन्य पदार्थ, दुग्ध पदार्थ, अण्डा पर्दछन् ।

महाधिवेशन तोकिएपनि नेतृत्व कस्ले लिने भन्ने प्रश्नमा नेपाली कांग्रेस

भनिन्छ, राजनीतिमा आफन्त  नातागोता कोही भनिँदैन, राजनीतिज्ञका आसेपासे भएपनि इष्टमित्र र पार्टी कार्यकर्तासँग लगाव हुन्छ राजनीतिक अभिष्ट नेताको शौक नै हो । यतिखेर नेपाली काङ्ग्रेस पार्टीमा १५ औं महाधिवेशनको चटारो छ । एउटा व्याख्या र विधानको चर्चा छ भने अर्को राजनैतिक मुद्वा र सिद्वान्तको । पार्टीको विशेष महाधिवेशनमा आफ्नो नैतिक धरातल र सिद्वान्तमा कसी लाउन खोज्ने नेताहरु आज फेरी गुट उपगुटबाट प्रभावित बन्न खोजेका छन् । पार्टी नेता गगन थापा ०८३ मा महाधिवेशन हुने ठोकुवा गरिरहेका थिए । सभापति देउवाले ०८४ को चुनाव पछि पार्टी महाधिवेशन तर्फ धकेलिने इंगित गरेका थिए । पार्टीका शिर्ष नेता शेखर कोइराला ०८३ मा महाधिवेशनको लागि आव्हान गर्दै हिंडेका थिए । जेन–जी को आन्दोलन पछि विश्वप्रकास शर्मा पनि कोइरालाकै लाइनमा आइपुगेका थिए । पार्टीको नेतृत्व र सिद्वान्त बदली पार्टि महाधिवेशनको संघारमा जाने उनीहरुको तर्क थियो । २१ फागुन अघि महाधिवेशनको चर्चा गर्ने कोइराला र देउवा निर्णायक मोडबाट पन्छिएका छन् । पार्टी अधिवेशनको संघारमा गए पार्टी नेतृत्वको रस्साकस्सीमा कतै फूटको संघारमा जाने त होइन ? प्रश्न घुम...

१५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने

 नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने बताइएको छ । शुक्रबार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले स्वयमं वैशाख २८,२९,३० र ३१ गते महाधिवेशन गर्ने भनेर नीति समायोजन गरेर केन्द्रिय कार्यालय बिपि स्मृति प्रतिष्ठानमा वैठक पारित भएको थियो । महाधिवेशन अवधि भर वडा, गाउँ–नगर पालिका अधिवेशन, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अविेशन हुँदै केन्द्रिय अधिवेशन हुने पार्टी कार्यलय समितिले जनाएको छ । महामन्त्री गगन थापाको आफ्नो मतः महामन्त्री गगनकुमार थापाले पुस अन्तिम भित्र विशेष महाधिवेशन जसरी पनि हुने ठोकुवा गरेका छन् । उनले काङ्ग्रेसको विधानको घारा १७(२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले खुला प्रतिष्पर्धा गर्न इच्छुक हुने तर्क व्यक्त गरेका छन् भने अन्य व्यवहारिक प्रयोजन गरेर पार्टीलाई सुमधुर बाटोमा लान सकिने बताएका छन् । दलले कार्यकर्ताको भावना  अनुरुप काम गर्ने र पार्टीको महाधिवेशन लम्व्याउन नहुने तर्क थापाले राखेका थिए । उनले फागुन २१ को निर्वाचनमा पार्टी सामेल हुनपर्ने कारण सदस्यता नविकरण गर्नु पर्ने यावत समस्या भएको हुँदा पार्ट...