काठमाडौं । गगन थापा नेतृत्व नेपाली काङ्ग्रेसको चुनावी सरगम सेलाउन नपाउँदै आंशिक सदस्यहरुमा जिम्मेवारीहरुको लस्कर लागेको छ । पहिले त महाधिवेशनमा के नाराको सम्भावना हुने लोकोत्ती नै तयार भएको थिएन । बल्ल बल्ल सकसका बीच लोकतान्त्रिक समाजवादको नारा मञ्चमा घन्कियो । जेनजी विद्रोहसंगै धुवाँ र आगोको लप्काले पुत्पुतिएको नविन काङ्गेसमा हौसलाको मात रह्यो । उता पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेर बहादुर देउवा र धर्मपत्नी आरजु देउवा माथि घरै स्वाहा पारेर सांघातिक आक्रमणले विचलित पार्टी यूवा पंक्तिलाई आन्दोलनको लप्काले विचरण गर्न वाध्य तुल्यायो । उनीहरुले इतिहास पर कुनै निस्सा देखे भने त्यो हो पार्टीको वैधानिकता माथिको प्रश्न ! मानिलियौं एक ज्वारभाटा आँउदै छ, कलिला नौ जवानका लात्ते भकूण्डो र सुम्सुम्याईले अलिकती विसर्जनबाद तर्फ दाईँ गर्न मिल्छ र पार्टी भित्र रहीरहन हारगुहार हुनेछ । ठ्याक्कै यही व्यगं विनोदले एकीकृत नेपाली काङ्ग्रेस चोइटियो । राष्ट्रको दुर्गामी र हिमायती शक्तिलाई विभाजीत तुल्यायो । ...