दिशा चारैतिर यात्रा कतैको
दिशा चारैतिर यात्रा कतैको समय अनिश्चित थियो । घाम अस्ताउँदै थियो, पानी रिमझिम आम्मै कान्छिले भन्दै पो थिइन हिजो, कत्रो ठूला ठूला घरहरु, खल्ती निमिट्यान्न थियो मात नलिए पनि मात पिएको अवस्था थियो, एक रात त थियो विताउनु पर्ने अधेँरीमा । खुला, सडक थियो त्यो, अध्यारो चाँदर पर सम्म थियो, केवल एक वुँगो मान्छे र म, सफेद पोसाकमा एक साया । उ कालो पहिरनमा थियो र भन्दैथियो, उ हेर त्यो पागल ? म पनि हाँस्थे । न उसलाई खाना, न उसलाई विछ्यौना, न समाज न कुनै सन्तुष्टि हा.... हा...... । शून्यताको परिधि भित्रको शून्यताको मोह, रात छिपिदै गयो बात पेरी हरायो, एम्बूलेन्स, गाडी सब कुद्न थाल्यो, ६ महिना कुद्न थाले त्यसरी यो अदृश्य रुपले आज कालो कोट लाएछ वास्तवमा १० दशक देखि नाङ्गा भूतले त्यही फलाक्दा रहेछन्, यो त उनीहरुको जीजुबाजेहरुको सिक्सिको पो रहेछ, चारै दिशाबाट कुकुर भुक्ता रहेछ्न वास्तवमा म उही हु कि को हु मँ ? एउटा ढुङ्गा उठाउन खोज्छु सबै भाग्छन्, जान खोज्छु म । सबै मेरै वरी परि भुक्न थाल्छन । दिशा अनेका यात्रा होला कतैको ?