Skip to main content

Posts

Showing posts from November, 2013

अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी

अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी कल्पिदै बस्छु त्यो साथ कल्पिदैं बस्छु त्यो साथ मायालु तिम्रो अधर नी मेरै लागी । साथ पाउन सकिन जीवनमा कहिले तिम्रो मुस्कान देउ न जान्छु म कहाँ । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । साथ हो यो तिम्रो लागी । मेरो मुस्कान नी तिम्रो लागी । तिम्रो मुस्कान नी मेरा लागी । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । मिलन कहाँ भयो र तिम्रो र मेरो विछोड नि भएन । साथ पाउन सक्छु कि मँ । के तपस्या गरु  प्रिय । कस्तो वाचा गरु कति कठोर बनुँ । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । फक्रिएको सूर्यमुखी फुल जस्तो तिम्रो आँखा । गुलाबी तिम्रो ओठ । नागबेली तिम्रो चाल । कहाँ बिर्सन सक्छु मँ  । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । घाइते भई तिम्रो तस्विर हेर्छु । तिमीलाई भेट्ने वाचा नी गर्छु । दिनहरु वित्दै गए पलको कुरै छोडौं । चोखो माया देऊ है प्रिय यही नै छ आशा र विश्वास अध्ँयारो रात तिम्रो मुस्कान मेरै लागी ।
आग्रह र त्यो वेवास्ता सोमबारे हटीया दौंतरी त थिएन्न त्यो बेला मेरो । हरेक क्षण र थकान बिर्सिन गएका थिए ती महिला सब्जी भिन्डी । उनीहरु संगको मेरो भेट । गफ गाफ गरियो अनि गइयो नजिकैको राँकेको दोकान । मुसुक्क हास्ँदा चाउरी परेको मेरो छाला । २ पोक्ची रसिला रसिला सेवारो है सोल्टीनी भन्दा वोलिनन् । खाइयो तुन्बा र सुकुटी सेक्पारे सेक्पारे । मेरो तालु, छाती र Money Empty उनीहरु माथिका रे साहुनीले भनीन् । आग्रह र त्यो वेवास्ता अनि त्यो मेरो कामिरहेको हात ।

मेरी आमा

मेरी आमा मेरी आमा अस्पष्ट छिन् । तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् । रातारात म प्रसन्न हुन्छु । तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु । इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु । संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ । म उनलाई पूजा गर्छु । यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु । मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न । जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु । किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु । किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ । र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।