Skip to main content

Posts

Showing posts from November 14, 2026

नेपाली काङ्ग्रेसको नीति जनमतको विश्वासमा आधारित

काठमाडौं ।  नेपाली काङ्ग्रेसको इतिहास सदैव निष्ठाको राजनीति रहेको तर्क  पूर्व प्रधानमन्त्री एवं नेपाली नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरवहादुर देउवाले गरेका छन् । ललितपुरको १५ औं नियमित जिल्ला अधिवेशनलाई संबोधन गर्दै उनले आफूमा पद र वरिष्ठताको मोह त्यती नरहेको तर आफू परायणता वादी समेत नरहेको बताए । उनले नेपाली कांग्रेस भित्रको राजनीति धारहरु विभाजित हुन नहुने र भविष्यमा पार्टी महाधिवेशनले नेपाली जनतामाझ नयाँ सौगात छोड्ने बताएका छन् । उनले आफ्नो पार्टी जनताको त्याग र पसिनाबाट श्रृजित भएको कारण एकिकृत पार्टीको बाटोमा अग्रसर रहेको  कारण जे गर्ने त्यो महाधिवेशनले नै तय गर्ने पनि बताए । महालक्ष्मीस्थानमा भएको कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापा सहभागी थिए ।

तिर्थालुहरु माझ छठको रौनकता

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको महान् चाड छठको पूजाको लागी गौरीघाट र कमलपोखरी स्थीत घाटहरु सरसफाइ गरिएको छ ।  विशेषत भोली आइतबार र पर्सी सोमबार भगवान सूर्यलाई अर्घ दिने र छठीमाईको पूजा अर्चना गर्ने विशेष कार्यक्रम वर्तालुहरुको रहि आएको छ । निराहार वर्त वसी पूजा अर्चना विधिवत सकिएपछि भगवानलाई उखु, केरा,मेवा, सुन्तला, नैवेद आदी पूजा सामाग्रीहरुको भोग लिने परम्परा रहेको छ । देश विदेशमा रहेका आफन्तजन विशेषत छठ कै लागी भनेर स्वदेशमा आइ सरिक हुने परम्परा पनि रहेको छ । हिन्दु धार्मिक ग्रन्थ महाभारतमा पाण्डवहरु गुप्तवास रहेको वेला सूर्य भगवानलाई नमन गरेको इतिहास पौराणिक ग्रन्थमा स्थापित रहेको तथ्य पनि छठको पुनःस्थापित मान्यता रहिआएको इतिहासमा संरक्षित छ । मौलिक परम्परा अनुसार नदी, ताल, तलैयामा वत्र पछिको स्नान र सौर्य दर्शनले समस्त वर्तालुहरुमा पाप मोचन हुने विश्वास रहेको बताइन्छ ।

मधेसमा शनिवार मुख्य मन्त्रीको पदबाट यादवले दिए राजीनामा

काठमाडौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सांसदमा  अंक गणित नमिल्दा आफ्नो राजीनामा टक्र्याएका छन् । संसदीय दल नेपाली काङ्ग्रसबाट राजनीतिमा हाम फालेका उनले आफ्ना सह पार्टीहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबाट आवश्यक मत नपाउँदा राजीनामा दिन बाध्य भएको बुझिएको छ । यसैबीच मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णद्वारा मुख्यमन्त्री पदको उम्मेदवारको लागि मंसिर ४ गतेसम्म उम्मेदवारीको लागि दर्ता मनोनयनको लागि आव्हान गरिएको छ ।