Skip to main content

Posts

Showing posts from November 22, 2026

नेपाली प्रधानमन्त्रीको भारत भ्रमण विशिष्ट चासो

काठमाडौं । नेपाली प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको लागि नयाँ दिल्ली पूर्ण रुपले सिंगारिएको छ । ओली सरकारको बर्हिगमन र बदलीँदो परिस्थिती अनि नेपालमा भएको पछिल्लो राजनैतिक घटनाक्रमपछि फेरीएको नेपाल सरकारको यो नै उच्चतम वरियताको राजनीतिक भारत भ्रमण मानिएको हो । नयाँ दिल्ली स्थित राजदुतवासको जानकारी अनुसार विशेषत नेपाली झण्डा अनि भारतीय झण्डासँगै राखेर सडकहरु सिंगारिएको बताइएको छ । भेटमा नेपालको विकास, कुटनिति र आर्थिक समझदारीहरुमा दुई पक्षिय विषयको सम्बोधनहरुलाई  लिएर उच्च स्तरीय भेटघाट हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय माध्यमहरुले बताएका छन् ।  भारतीय महामहिम राष्ट्रपति द्रौपदी मुर्मू र समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी र वरिष्ठ कुटनितिज्ञहरु बिच हुने भनिएको भेटमा नेपाल–भारत बीच रही आएको पुरानो छिमेकी सम्वन्ध र नेपालले भोगि आएका समस्याहरुको बारेमा चर्चा हुने बताइएको छ । प्रधानमन्त्री बालेन शाहको आइतबार र सोमबार हुने सौहार्दपूर्ण कुटनैतिक भ्रमण सार्थक हुने विश्वास राखिएको छ भने नेपाली जनमानसमा उत्सुकताको रुपमा हेरीएको छ । 

शान्ति निरुपण तथा मेलमिलाप आयोगका कामहरुमा जटिलताः नेपाली काङ्ग्रेस नेतृ ः भूषाल

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दलकी नेतृ तथा उपसभापति पुष्पा भूसाले विस्तृत शान्ति प्रक्रिया पछिका संङ्क्रमणकालिन न्यायिक मूद्वाहरुलाई सरकारले उचित सम्बोधन गर्नु पर्ने तर्क गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै भुसालले शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले आयोग गठन गर्दा राजनीतिक दल, नागरिक समाज तथा मानव अधिकारवादी संस्थासँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी संक्रमणकालीन मूद्वाहरुमा पूर्ण प्रतिबद्व रहेको उहाँले बताउनु भएको थियो ।

नेपाली काङ्ग्रेस लोकतान्त्रीक अभ्यासमै रमाउने पार्टीः शेर बहादुर देउवा

गण्डकी । दुइ चिरामा विभाजीत नेपाली काङ्ग्रेस संसदीय दलको भनाभनका बिच पार्टी इतर समूहको महाधिवेशनको दिन पनि लम्वीदै गएको छ ।  आगामी मंसिरमा देउवा समर्थीत नेपाली काङ्ग्रेस पार्टीको अधिवेशन पनि प्रदेश इकाईहरुमा समापन भइरहेको छ ।  पुष्तान्तरणको विषयलाई लिएर चर्को नारा पछि पार्टीका यूवा समूह एकातिर चोइटिएको छ र आफ्नै तालमा समाविष्ट छ ।  इतर समूह अदालती निस्साको फेरोमा स्थापित हुन चाहन्छ । गगन थापा नेतृत्वको पार्टी महाधिवेशनमा इतर समूहका वरिष्ठ नेताको आगमनको हौसलfमा एक खाली कुर्सी राखिएको भन्ने स्पष्टोक्ति दिन्छ त कहिले भाषणबाजी गर्दै इतर समूह अब दुई कांग्रेस एक ढिक्का हुनै नसक्ने भाषण मञ्चन पनि गर्छ । यसै मेसोमा नेपाली काङ्ग्रेस दलका पूर्व प्रधानमन्त्री तथा संसदीय दलका नेता शेर बहादुर देउवाले पोखरामा आयोजित नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई  सम्वोधन गर्दै आफ्नो जीवन सदैव नेपाली जनता र देशको लोकतान्त्रिक अभ्यासमा समर्पण गर्ने बताउनुभएको छ । पोखरा स्थित संसदीय दलको एक समारोहलाई उद्घाटन गर्दै उहाँले आफू सदैव सामाजिक न्याय र जनताको मागलाई सम्बोधन...

न्यायिक संपरिक्षणले नै कुरितीहरु पखालिने ः सभामुख डोलप्रसाद अर्याल

पोखरा । भ्रष्टाचार एक सामाजिक कुरीति हो । प्रशासनिक, न्यायिक, व्यवसायीक फाँटहरुको कार्य कौशलतामा भ्रष्टाचार जुर्मुराउँदै गएको प्रशस्त मात्रमा भेटिन्छन् । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशले सुशासन र न्यायमा कोल्टो फेरेकोले प्रशासनिक कार्यमा जनताले भ्रष्टाचारको कमी महशुस गर्न थालेको व्याख्या गर्नु भएको छ ।  पोखरास्थित लायन्स क्लबको एक समारोहमा बोल्दै उहाँले देशमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा ३३४ जना कार्यबाहक सदस्य रहेको तथा उनीहरुले भ्रष्टाचार मुक्त समाजको लागि मार्ग प्रशस्त गर्न आवश्यक कानूनहरु तर्जुमा ल्याउने उल्लेख गर्नु भएको थियो । देशमा सुशासनको निम्ती भावी पुस्ताले भोग्दै आएको कठीनाइ साम्य पार्न सरकार तदारुकताका साथ न्यायीक तथा प्रशासनिक कार्यमा अग्रसर रहेको उहाँले बताउनुभएको थियो । उहाँले सरकार नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय तथा अन्य क्षेत्रको सफलताको लागि लागिपरेको उल्लेख गर्नु भएको थियो । लायन्स क्लबको ५० औं स्वर्ण उत्सवमा सरिक हुँदै उहाँले सदनलाई भ्रष्टाचार जस्ता सामाजिक अन्यायका विषयहरुलाई निर्मूल पार्न लागिपर्न मन्तव्य दि...

मधेस प्रदेशमा मुख्य मन्त्रीको पदमाः यादव

जनकपुरधाम । विभिन्न अडकलबाजी पछि मधेसमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) संसदीय दलका उम्मेदवार सरोज कुमार यादव मुख्य मन्त्री पदमा नियुक्त भएका छन् । यसअघि संसदीय दलहरुको अंक गणित नमिल्दा नेपाली काङ्ग्रेस संसदीय दलका सदस्य कृष्ण प्रसाद यादवले पदबाट राजीनामा दिएका थिए । उनलाई समकक्षी दलहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबाट राजीनामा दिन बाध्य पारिएको थियो ।  नेपालको संविधानको धारा १६८ को उपधारा (३) बाट सरोज कुमार यादव वारा जिल्लाबाट उम्मेदवार भएका हुन् ।