Skip to main content

Posts

Showing posts from January, 2026

नेवानीमा कोहोराम, यात्रु हैरानी

नेपाल वायुसेवा निगमका दुई यात्रु बहाक विमानले समयमा उडान भर्न नसकेपछि सयौं यात्रु अलपत्र परेका समाचार प्रकासमा आएको छ ।  यहि मेसोमा चीन, हङ्कङ्, दुवईका यात्रु अलपत्र परेको बताइएको हो । चीन तर्फको उडान हुन नसक्दा यात्रुले परिशानीका कारण कर्मचारी माथि हातपात गरेको सुन्नमा आएको छ ।  वाइडवडी विमानहरु हवाई निर्माणका लागि विदेश हुँइकिनुपर्ने भएकोले सो परिस्थीति निर्माण भएको निगमका कर्मचारीहरुको भनाइ रहेको छ । यात्रुहरुलाई निगम स्वयमंले होटल र खाना खर्च व्यहोरेको अपुष्ट समाचारहरु प्रकाशनमा आएको पनि छ ।

कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का राजनीतिक र कानूनी लडाइँमा लाग्ने

 विशेष महाधिवेशन कार्यसमितिको वैधानिकता संगै संस्थापन इतरका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का आफूहरु राजनीतिक र कानूनी लडाइँमा लाग्ने बताएका छन् । पार्टी विधान र नियमावलीको अन्र्तगत छ संस्थापन पक्षसँग छलफल नगरी निर्वाचन आयोगले कारबाही गरेको पक्षलाई वैधानिकता दिँदा दर्ता एकदम षडयन्त्र मूलक रहेको कार्यवाहक अध्यक्षले बताएका हुन् ।

गगन थापा र विश्वप्रकाश शर्मा प्यानल नेपाली काङ्ग्रेस वैधानिक

विशेष महाधिवेशन पछिको कार्यसमिति छनौट भएको गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलत नेपाली काङ्ग्रेसको पार्टी कमिटिलाई निर्वाचन आयोगले वैधानिकता दिएको बुझिएको छ । राजनीतिक दल सम्वन्धि दफा ५१ को परिणाम स्वरुप पार्टीलाई आधिकारीकता दिने निर्णय गरको बुझिएको हो । पार्टीको विधान बमोजिम लोकतान्त्रिक शब्दावलीलाई मध्यनजर गरिएको र कार्यनैतिक रुपमा नै यस शब्दको प्रयोग हुनु पर्ने आयोगले प्रस्टाएको बुझिएको छ ।   

२०५८ काण्ड काङ्ग्रेसमा दोहोरीयो काङ्ग्रेस फूटको संघारमा

अन्ततः विशेष काङ्ग्रेस महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रिय सदस्य निर्वाचित गरेको छ । उता संस्थापन इतर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिले भने महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई कारबाहीको दायरामा ल्याएको छ ।  वि.सं २०५८ सालमा प्रधानमन्त्रीको प्रतिष्पर्धात्मक रहस्यमा कांग्रेस पार्टी, स्वर्गीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकको अध्यक्षको रुपमा शेर बहादुर देउवाको प्रतिनिधित्व गर्दै दुई भागमा पार्टी फुटेको थियो । यसै विच विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसलाई फूटको संघारमा ल्याएको छ । पार्टीको हेड कमाण्डले महामन्त्रीद्वय लाई पाँच वर्ष सम्म साधारण सदस्य नरहने गरी निष्काशन गरेको बताएको छ भने उता विशेष महाधिवेशनमा गएका शुभेछुक्कहरुलाई फर्कन निर्देश पनि गरेको थियो ।

भ्रष्ट राजनीतको अन्त्य

  भ्रष्ट राजनीतको अन्त्य शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो  । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ । जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल । समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ । वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा । त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन । समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र । लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ...

काङ्ग्रेस केन्द्रिय समितिको बैठक

काठमाडौं । काङ्ग्रेस केन्द्रिय समितिको बैठक अपरान्ह १ बजे पार्टी हल सानेपामा बस्ने भएको छ । पार्टीका ७ वटै सभापतिहरुलाई पार्टीमा छलफलमा बस्नकोको लागि सर्कुलर जारी गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलको आवागमन

 काठमाडौं । राजधानीको चक्रपथको सडक ट्राफिक प्राय अस्तव्यस्त हुने गर्छ । अफिस समयमा चक्रपथबाट सिंहदरबार तिर पस्ने वसहरु प्राय खोचाम खोच हुने गर्छ । साँखुबाट चाबहिल तिर आउने वस, बेनपाबाट काठमाडौं आउने वस, थानकोट बाट काठमाडौं छिर्ने बसहरुको हाल यस्तै हुन्छ । यसै मेसोमा सोमबार दिनको ४ बजे तिनकुने , कोटेश्वरबाट लगनखेलको आवागमन बुझ्न हामीले एउटा दृश्य खिचेका थियौं ।

ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित

 विश्वव्यापी जलवायु परिवर्तनको विश्वव्यापी साझेदारी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित हुने बताइएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत कानुनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड दिएका छौँ ।” यसर्थ नेपाल जस्तो विकासशील राष्ट्रले पाउँदै आएको सहयोग रकमबाट केही हिस्सा भने अवस्य कटौती हुने बताइएको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय संस्थामा विभिन्न मुलुकसँग आबद्ध आर्थिक तथा सामाजिक परिषद् तथा महादेशीय कमिसन, आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानुन कमिसन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फौजदारी न्यायका लागि अन्तर्राष्ट्रिय संयन्त्र, शान्ति स्थापना कमिसन, शान्ति स्थापना कोषबाट पनि  हात झिकेको हो । 

पाार्टीमा सिटौलाको प्रभाव

कृष्ण प्रसाद सिटौला नेपाली काङ्ग्रेसका विद्वत नेता भित्र समाहित हुन्छन्। उनले विस्तृत शान्ति सम्झौतामा उल्लेखनिय भूमिका पनि निर्वाह गरेका थिए । कांग्रेसको गुटमा सिटौला कहिले पछि परेनन् । झापाका राजनीतिक हस्तिका रुपमा सिटौलाको नाम कहिले केन्द्रिय समितिमा कथमकदाचित अध्यक्षको पदको लागि दाबी नगरिएका सुमधुर पात्र हुन् यद्यपी अहिले उनै सिटौला काङ्ग्रेसको मतलाई लिएर सदाचारपूर्ण राजनीतिमा पार्टीलाई एकोहो¥याइरहन भ्याएका छन्  । अवको राजनीति सुमधुर ऐना भित्रको दुरदर्शनमा जाला भनेर प्रक्षेपण गर्न नेपाली साखकर्ताहरुले सुन्नमा ध्याउनेछन् भनि विश्लेषण गरिएको छ । १३औं महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेल र सिटौलाबीच विरासतको लडाइँ भयो । यी दुईबीचको प्रतिस्पर्धाकै कारण शेरबहादुर देउवा सभापति बने र कांग्रेसभित्र तेस्रो समूह खडा भयो । ्रअहिले उनी सुनिश्चित छन् पार्टीको राजनीति चलायमान होस र आगमी हुने राष्ट्रिय महाधिवेशनमा पार्टीले उल्लेखनिय भूमिका खेलोस र आम जनताको नजरमा काङ्ग्रस पार्टीको दिशा समुन्नत सिद्वान्त तर्फ जाओस् भनेर ।

भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने

  काङ्ग्रेस विशेष महासमितिको वैठकमा प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केही प्रतिवेदनका मस्यौदा समावेश गरेका छन् ।  उनले पार्टीमा युवा प्रतिनिधित्व, सुशासन, सरकारमा निश्चत कालखण्ड जस्ता कयौं मुद्वामा विशेष ध्यानाकर्षण गराएका छन् । उनले भावी निर्वाचनमा गठबन्धन नगर्ने पनि प्रकाशमा ल्याएका छन् । उनले पार्टीको सिद्वान्त, मूल्य र मान्यतार्ला अक्षम्य राख्नुपर्ने बताएका हुन् । भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने उनले खुलस्त पारेको बताइएको छ ।

११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन जनता समाजवादी पार्टी (जसपा)

 मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी अन्तत एकीकृत भएका छन् । औपचारिक रुपमा सत्ताको बागडोर समाल्न फुट र जुटको इतिहास रचेका यि पार्टीहरु आसन्न फागून २१ गतेको निर्वाचनलाई मध्यनजरमा आएर बलियो धारमा समाविष्ट हुन खोज्नु अर्थपूर्ण रुपमा हेरिएको छ । नेताद्वय उपेन्द्र यादव र महन्थ ठाकुर बीच आइतवार पार्टी एकिकरणमा १२ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको सम्झौताबमोजिम ११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) रहने बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टी बिच मधेसका मुद्वा समावेश भएको र आगामी हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्र सभामा आफूहरु समावेश हुने बताउन भ्याएका छन् ।

आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार

बजार भाउ अनुसार सुनको भाउ स्थिर हुन सकेको छैन । शुभ–विवाहको मूहुर्तले छोप्दै जाँदा यसरी सुनको भाउ आकासिएको हो । पछिल्लो समयमा सुन विलासिताको वस्तु भनेर सरकारले २ प्रतिसत व्यय भार आम उपभोक्तामा लाएको थियो । यता हिरा र जडीमा पनि सरकारले १३ प्रतिशत अन्तशुल्क व्यापारीहरु माझ उठाउँदै आएको थियो । यसलाई सुन कारोबार गर्ने वाणा श्रमिकहरु चर्को विरोधमा उत्रिएका थिए ।  हिजो आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।

इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु

 काठमाडौं । इरानमा देशमा आर्थिक बिचलन भएपछि आएको परिस्थीतिमा जनता सडकमा ओर्लिएका छन् । पछिल्लो घटनाहरुलाई समावेश गर्ने हो भने इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार त्यहाँ जुलुसहरुमा हजारौं अश्रु ज्यासँहरु र गोली प्रहार भएको छ ।  इरानले सहयोग मागेको खण्डमा अमेरिका तयार रहेको बताइरहेको छ भने इरानमा सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द रहेको जनाइएको छ । उसले अमेरिकी हस्तक्षेप हाफूलाई अमान्य हुने बताएको छ । 

महेन्द्र विक्रम थामसुहाङ् बने रास्वपाबाट उमेद्वार

पाँचथर । रास्वपाबाट महेन्द्र विक्रम थामसुहाङ्ले नेतृत्व लिने भएका छन् । उनी प्रतिनिधि सभा सदस्यमा उमेद्वार हुने सुनिश्चित भएको जनाइएको छ । उनी कम्युनिष्ट पार्टीमा आवद्व थिए ।| केही महिना अघि आफ्नो पार्टी परित्याग गरि उनी नयाँ पार्टीमा सामेल भएका हुन् । रास्वपालाई आफ्नो पार्टीमा समावेश गरिएका पात्र जिताउनै पर्ने देखिएको छ भने उता पार्टीले सर्कुलर जारी गरि उनलाई एकल नेतृत्व प्रदान गरिएको हो । विगतका सर्वेक्षणहरु हेर्ने हो भने नेकपाको वर्चश्व रहेको पाँचथरमा घण्टी चिन्ह लाई हालीमुहाली सुनिश्चत गर्न अव आउने निर्वाचनलाई मध्यनजर गर्नु पर्ने नै देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्की ३०४ औं पृथ्वी जयन्तीको अवसरमा सरिक

काठमाडौं । भृकुटिमण्डप स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समाहित भएकी छिन् । जलपान कार्यक्रममा प्रधानमन्त्रीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित मान्यजनहरुले वडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल एकिकरण र दिव्यउपदेशको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा संचार मन्त्री जगदिश खरेल, कुटनितिक नियोगका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

इण्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङ्गको अन्तेष्टि

प्रशान्त तामाङ्गको दाहसंस्कार उनको गृह नगर दार्जिलिङ्गमा हुने भएको छ । उनको हृदयघातको कारण नयाँ दिल्लीमा ४१ वर्षको उमेरमा हिजो विहान मृत्यु भएको थियो । माता रुपा तामाङ्ग र पिता मदन तामाङ्गको सुपुत्र प्रशान्तको जन्म सन् १९८३ मा वेष्ट बंगाल दार्जिलिङ्गमा भएको थियो । उनी एक नेपाली भाषी भएको नाताले थुप्रै नेपाली चलचित्र र गायन क्षेत्रमा आफ्नो रोमाञ्चक प्रस्तुतीबाट चर्चित थिए । उनी बसेको नयाँ दिल्ली स्थित निवासमा हृदयघात भएको र अस्पताल पुग्ने क्रममा मृत्यु भएको अपुष्ट समाचार श्रोतहरुले बताएका छन् । उनीद्वारा अभिनित चलचित्रहरुमा गोरखा पल्टन, अंगालो यो मायाको ,किनमायामा आदी चर्चित रहेका छन् । एक नेपाली भाषी भएको र नेपाली कलाकार भएको नाताले नेपाली श्रोता तथा दर्शकलाई उनको असमायिक निधनले मर्माहत तुल्याएको छ ।

विशेष महाधिवेशनको रफ्तार

दुइ महामन्त्री विश्व प्रकास शर्मा र गगन थापाको जोडबलमा बनेको विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसको कार्यदिशा बदलिने मूल्याङ्कन गर्न सकिन्छ । नेतृत्व र प्रधानमन्त्रीको भार आफूले मात्र लिनु सराहनिय नहुने बताइराख्ता शेखर कोइरालाले एक पुस्तौनि प्रथाको अन्त्य भएको हो कि भन्ने सन्देश दिन्छ । पूर्व प्रधानमन्त्री शेर बहादुर कोइरालाले अध्यक्षको जिम्मेवारी कसले गर्ने महाधिवेशनलाई नै निर्णय दिनु पर्ने भन्दा विगतको परिधिबाट समष्टिगत रुपमा पार्टी नयाँ हाँगोमा उत्रने र बलियो हुने आसातित अनुमान नेपाली मिडियाले लाएको प्रशस्त हुन्छ । हो पार्टीले नयाँ जुटको संज्ञा दिनुपर्छ । नेपाली काङ्ग्रेस भित्र नयाँ विचार र सिद्वान्तको आधारशिला तय गरिनुपर्छ । नविन श्रीङखलाबाट पार्टी मजबुत गरिनुपर्ने विभिन्न गुटबाट आवाज उठ्न थालिसकेको पनि छ । बैठक अनुसार नीति, नियम बमोजिम पार्टीको आधारशिला तय हुँदै गर्दा समाजको मुद्वालाई अगि बोक्न काङ्ग्रेसमा नविकरण आवश्यक नै परेको कुरा जगजाहेर नै छ ।

सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल

  सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा  रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। नियुक्ति २०८२ फुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

समाजवाद र लोकतन्त्र मात्र होलान त नेपाली काङ्ग्रेसको प्रमुख नारा

  नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी(लोकतान्त्रीक राजनीतिक दल हो । यस पार्टीको प्रथम महाधिवेसन वि.सं २००३ माघ १२ र १३ मा भएको थियो । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको उद्घाटन शत्र भोलि देखि भृकुटीमण्डपमा शुरु हुँदै छ । कांग्रेस महाधिवेशनको बन्द शत्र जेष्ठ प्रतिनिधिले सम्हाल्ने भएका छन् । प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू अगाडी बढ्दै गएका छन् । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।  यद्यपी नेपाली काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकास शर्माद्वारा सञ्चालित हुने कार्यक्रममा कुन सिद्वान्तलाई प्रश्रय दिने समाविष्ट गरिएको पाइँदैन ।

नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु

नेकपा का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले रुकुमबाट आफू निर्वाचित हुने जानकारी दिएका छन् । रुकुम पश्चिममा आयोजित सभालाई पत्थर पार्ने क्रममा दाहालले आगामी चुनावमा रुकुम पूर्वलाई आफ्नो कर्म थलोको  रुपमा  संगालिने प्रष्ट पारेका हुन् । निर्वाचनमा आफू स्पष्ट मतका साथ जनतामाझ जाने र जनभावनालाई समेटी देशलाई नयाँ बाटोमा अग्रसर हुने उनले बताए । नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु मात्र नभई देशकै शत्रु रहेको र सम्पूर्ण वामपन्थी एक ढिक्का रहनु पर्ने आजको कार्यबोध र चुनौति रहेको उनको जिकिर थियो । कार्यक्रममा पार्टीका सहनेता माधवकुमार नेपाल पनि सहभागी रहेका थिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट

  झापा । दमक ९ मा भएको एक थुम्पा उद्योगको आगलागीमा १ करोड ३० लाख घनमाल जलेर नष्ट भएको छ । पदम भण्डारीको घरमा आगलागी हुँदा  स्वस्तीक थुक्पा उद्योगमा  विद्युत चुहावट भइ आगो लागेको प्रहरीले बताएको छ ।  आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँएको छ ।

सुन बढ्यो चाँदी भने घट्यो

नेपाली बजारमा आज सुनको मूल्य केही बढेको पाइएको छ । नेपाल सुन चाँदी तथा व्यवसायीक संघले छापावाला सुन प्रति तोलाको मूल्य २ लाख ६५ हजार ७ सय रहेको तथा चाँदी  तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार रहेको बताइएको छ । भाउ अनुसार आज सुन तोलामा २ हजार १०० ले बढेको हो भने चाँदी ५५ रुपैंयाले बढेको हो ।

आज देशको राजधानीमा सार्वधिक चिसो

काठमाडौं । निरन्तर ओरालो लाग्दो तापक्रम २.४ डिग्री मा झरेका बताएएको छ ।  मौसम विज्ञान तथा महाशाखाले काठमाडौं बासीहरुलाई मौसमबाट जोगीन न्याना तथा बाक्ला कपडा लाउन अनुरोध गरेको छ । आज सवैभन्दा कम तापक्रम हुम्लामा ७.७ डिग्री मापन गरिएको छ  भने देशको दक्षिण पश्चिम बङ्गालको चापिय वायुले देशको मौसममा प्रभाव परेको तथा कोशी, मधेस वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लाग्ने तथा देशका अन्य भागमा मौसम सफा रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिताको बहस

आगामी निर्वाचन आचार संहिता कस्तो रहने भन्ने विषयमा निर्वाचन प्रमुख आयुक्तहरुबीच छलफल भएको छ ।  निर्वाचनका प्रमुख आयुक्त राम प्रसाद भण्डारीसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता लागु गरिएकोमा खुसी व्यक्त गरेकी छिन् । आयुक्तहरु जानकी तुलाधर, सगुन समशेर जबरा र  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई भेटघाट् समारोहमा उपस्थित रहेका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको लागि चाहिने निर्वाचन समाग्री, जनशक्तीको परिचालन, निर्वाचन सुरक्षा र आचारसंहिता एक जटील प्रश्न रहेको बताएका थिए  भने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा हुने दोहो¥एकी थिइन ।

कुन पदार्थहरु बजारमा महंगो

नेपाल राष्ट्र बैंकले सर्वधारणले खरिद गर्ने बजार भाउ औषत १.६३ प्रतिशतमा सिमित रहेको बताएको छ । यो दर नियमीत बजार भाउ भन्दा निकै तल रहेको हो ।  मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको बताइएको छ । त्यस्तै गैह्र खाद्य सेवा समूहको मुद्रा स्फिती ३.७५ प्रतिशतले रहेको बताइएको हो । हाल वृद्वि रहेका केही पदार्थहरुमा घ्यू, तेल, गैह्र मदिराजन्य पदार्थ, दुग्ध पदार्थ, अण्डा पर्दछन् ।

महाधिवेशन तोकिएपनि नेतृत्व कस्ले लिने भन्ने प्रश्नमा नेपाली कांग्रेस

भनिन्छ, राजनीतिमा आफन्त  नातागोता कोही भनिँदैन, राजनीतिज्ञका आसेपासे भएपनि इष्टमित्र र पार्टी कार्यकर्तासँग लगाव हुन्छ राजनीतिक अभिष्ट नेताको शौक नै हो । यतिखेर नेपाली काङ्ग्रेस पार्टीमा १५ औं महाधिवेशनको चटारो छ । एउटा व्याख्या र विधानको चर्चा छ भने अर्को राजनैतिक मुद्वा र सिद्वान्तको । पार्टीको विशेष महाधिवेशनमा आफ्नो नैतिक धरातल र सिद्वान्तमा कसी लाउन खोज्ने नेताहरु आज फेरी गुट उपगुटबाट प्रभावित बन्न खोजेका छन् । पार्टी नेता गगन थापा ०८३ मा महाधिवेशन हुने ठोकुवा गरिरहेका थिए । सभापति देउवाले ०८४ को चुनाव पछि पार्टी महाधिवेशन तर्फ धकेलिने इंगित गरेका थिए । पार्टीका शिर्ष नेता शेखर कोइराला ०८३ मा महाधिवेशनको लागि आव्हान गर्दै हिंडेका थिए । जेन–जी को आन्दोलन पछि विश्वप्रकास शर्मा पनि कोइरालाकै लाइनमा आइपुगेका थिए । पार्टीको नेतृत्व र सिद्वान्त बदली पार्टि महाधिवेशनको संघारमा जाने उनीहरुको तर्क थियो । २१ फागुन अघि महाधिवेशनको चर्चा गर्ने कोइराला र देउवा निर्णायक मोडबाट पन्छिएका छन् । पार्टी अधिवेशनको संघारमा गए पार्टी नेतृत्वको रस्साकस्सीमा कतै फूटको संघारमा जाने त होइन ? प्रश्न घुम...

१५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने

 नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने बताइएको छ । शुक्रबार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले स्वयमं वैशाख २८,२९,३० र ३१ गते महाधिवेशन गर्ने भनेर नीति समायोजन गरेर केन्द्रिय कार्यालय बिपि स्मृति प्रतिष्ठानमा वैठक पारित भएको थियो । महाधिवेशन अवधि भर वडा, गाउँ–नगर पालिका अधिवेशन, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अविेशन हुँदै केन्द्रिय अधिवेशन हुने पार्टी कार्यलय समितिले जनाएको छ । महामन्त्री गगन थापाको आफ्नो मतः महामन्त्री गगनकुमार थापाले पुस अन्तिम भित्र विशेष महाधिवेशन जसरी पनि हुने ठोकुवा गरेका छन् । उनले काङ्ग्रेसको विधानको घारा १७(२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले खुला प्रतिष्पर्धा गर्न इच्छुक हुने तर्क व्यक्त गरेका छन् भने अन्य व्यवहारिक प्रयोजन गरेर पार्टीलाई सुमधुर बाटोमा लान सकिने बताएका छन् । दलले कार्यकर्ताको भावना  अनुरुप काम गर्ने र पार्टीको महाधिवेशन लम्व्याउन नहुने तर्क थापाले राखेका थिए । उनले फागुन २१ को निर्वाचनमा पार्टी सामेल हुनपर्ने कारण सदस्यता नविकरण गर्नु पर्ने यावत समस्या भएको हुँदा पार्ट...

ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ । आज बिहान ६ः३१ मा फलैंचा आसपास भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पको विवरण आउन बाँकी रहेको बताइएको छ ।

बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटना

भद्रपुर । शुक्रबार राती  बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटनामा परेको छ । यद्यपी केही सामान्य चोटपटक बाहेक चालकदलका सदस्य र यात्रुहरु सकुसल रहेको जानकारीमा आएको छ ।  काठमाडौं– भद्रपुरको ९०१ नम्बरको जहाज मा ५१ यात्रु रहको बताइएको छ । शुक्रबार राती ८ः३० बजे जहाज दुर्घटनामा परेको थियो जहाज कसरी रनवे बाट चिप्लियो भन्ने कारणको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।   राति भद्रपुर बसेर शनिबार बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाजको तालिका थियो ।