Posts

Showing posts from September 3, 2018

Dairy 2075-5-18

ताना बुना केही थिएन समय म जस्तै छिप्पीएको थियो । आज श्री कृष्ण अष्ठमी समाज शास्त्रको परिक्षा दिएको दिन परिक्षाको सकस पनि थियो । परिक्षाको सकस ठूलो थियो । तर जे भए पनि राम्रै दिएँ । अनायास एक चस्मीस साथीसँग वार्तालाप गरे साथी जाउँ भनेर । बोली राम्रै थियो । तर उ त पाटन कृष्ण मन्दिर जाने रे । म धार्मिक हुँला धेरै हदसम्म ! तर नी अनायास आएको उसको श्री कृष्ण मन्दिर तर्फको यात्रा विहान थाहै नभई कुखुराको मासु  मुखमा परेछ । म झस्के । सवै साथी खोजे नम्रता, विलिनता, सहिष्णुता पाएँ । एकछिन गफ गाफ गरेँ । समाज शास्त्रको परिचय पाँचसय एकसठी को परिक्षा राम्रै दिँए जस्तो लाग्छ । अनि हाम्रो ठट्यौला नेवा साथीसँग पाटनढोकाको बस पकडी कुराकानी गर्दै सुन्धारा झरेँ र माइक्रोबस चढी रत्नपार्क कोठामा झरेँ । साथीको प्रश्न थियो जनै त लाउनु भएछ उनी माइतीघर ओर्लिए ! बनेपा जानुछ रे ! अ म धार्मिक बन्ने कोषिशमा छु । दैँ आएको छ चण्डी गिता पढ्नुछ । परिक्षा त पहिले सकियोस । तर आज बेलुका निकै अठ्ठाहस भयो एकान्तका कारण फिदिम सम्झे अनि त्यसैको बारेमा साना वाक्य लेखेँ सानो गित कोरेँ र गाएँ पनि ।