काठमाडौं । विश्व स्वास्थ्य संगठनको संसारभरीमा ६ वटा छाता संगठन रहेको छ । दक्षिण पूर्वी एसियाको अध्यक्षको छनौटमा बालेन सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रालाई छनौट गर्ने निर्णय गरेको छ ।
उनलाई यसअघि सरकारले स्वास्थ्य मन्त्रालयको कार्य सञ्चालनमा प्रोत्साहन दिएको थियो ।
स्वास्थ्य स्थित उच्च स्रोत अनुसार उनलाई सो पदावलीको लागी जिम्मेवारी दिन लागिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठन विश्वभर मानव शारिरीक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक रहनसहनको उपचारार्थ काम गर्ने नियोग हो ।
सन् २०२३ को निर्वाचनबाट वंग्लादेशकी साइमा वाजेदले राजनीतिक परिवर्तन पछि आफ्नो पदबाट राजीनामा दिएपछि नेपालकी डा. मिश्राको पालो आएको हो ।
सन् २०२३ को निर्वाचनमा भारत, वंग्लादेश र नेपालबीच नेतृत्वको लागि प्रतिष्पर्धा भएको थियो ।
यस पदको अवधि पाँच वर्षको हुने बताइएको छ ।
दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र टिमोर–लेस्टे गरी ११ सदस्य राष्ट्र छन् ।

Comments
Post a Comment