Posts

Showing posts from August 17, 2021

रुमल्एिको जीवन

Image
                    वास्तविकता भन्दा धेरै टाढा रित्तिएको वितृष्णा,  झिन्झिनाटहटले खल्बलएको कुनो स्थिरताले चुलिँदो अध्यारोँ मष्तिष्कको कुण्ठा । विरत्तीएको आकारको बहुलठ्ठीपन । कारण निमिट्यान्न मानव संवेदनहीनता । जसमा गाली, गलौंच, वितृष्णा, बेढंग र रित्तता पर केही आभा छैन । केही छ भने कुनै भौतिक पदार्थको मोह त्यो नी केही आयश्रोत रहिन्जल ।   साँची म अस्ति सुन्धारा गएको थिएँ । मानिसहरु पसल वरी परी ठूला गफ लडाउँथे । चर्का चर्का राजनीतिक प्रचार बाजी गर्ने गर्छन । कोही अर्थ व्यापारको कुरा गर्छन । कोही घर घडेरीको । कोही सुन्दरीको । अनि क्षतिग्रस्त धरहरा ।   काठमाडौं फेसनको शहर । शहिदगेट निर पाइला चाँले । धेरै भएछ नगएको । भनिन्छ ठाउँ ठाउँको छुट्टा छुट्टै निशा हुन्छ । अस्तित्व हुन्छ । पहिचान हुन्छ । तर पनि शहिदगेटलाई बुझन मैलै भ्याएको छुइन । म नि यस्तै लाउने पोसाकको खोजीमा त्यहाँ गएको थिएँ । न्यूरोडतर्फ तर्फ आकर्षित भएँ । पहिले त जारा प्यान्टको खोजीमा सुरज आर्केड गएँ ।   म ट्याम्पूबाट ओर्ले । सुन्धारामा आवाजै आवाज पाएँ । हल्लाखल्ला र चाप पाएँ । सुन्धारा एकाएक माग्ने गल्लीमा परिणत भएको