काठमाडौं । आज भाइटिका ।
वर्षा ऋतुको समाप्ती पछि पनि देशका विभिन्न टठाउँमा पहिरो, भूक्षय, बाढी जाने क्रम रोकिएको छैन ।
आज संखुवासभाको खाँदबारीमा चट्याङ्ग लागेर एकै परिवारका दुई जना सदस्य घाइते भएको खबर प्रकासमा आएको छ ।
साँझ करिब ६ः३० बजे घरमै बसिरहेका बेला परेको चट्याङ लागेर स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार एक व्यक्तिको हातमा र निधारमा चोट लागेको छ भने अर्का सदस्य सविन गुरुङको हातमा चोट लागेपनि अवस्था गम्भिर नरहेको बताइएको छ ।
आज देशका उपत्यका सहित विभिन्न ठाउँमा मेघगर्जन सहित ठूलो पानी परेको थियो ।
काठमाडौंको उत्तरी भू–भागमा असिना पानीको महशुस गरिएको थियो ।
संखुवासभामा चट्टयाङ्गका क्रममा घाइतेहरुलाई जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा ल्याइएको थियो ।
मौसम विज्ञान विभागका सन्देशहरु स्पष्ट रुपमा प्रभावित नभई आज देशका विभिन्न भू–भागमा धेरै वर्षा रहेको पाइयो ।

Comments
Post a Comment