Skip to main content

Posts

Showing posts from November, 2019

काम त गर्नु नै छ जानी नजानी

वर्ष १६ र १७ को नौलो बिहानी नत कसैको गाली गलौंच न त तिखे हेराई मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन विहानीको झिसमिसे हुर्कियो शहर मै टाढा थिए समस्या म त अर्कै चिन्ने मानिस अनगिन्ती मुस्किल नहुने कुनै कुरा गर्न मानिसको कस्तो तादम्यता न त ध्वनी, न कोलाहल सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ अध्ययन जारी नै थियो न त खर्चको जोहो मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो खुसी केवल न्यानो जीवनका लागी ईश्वर छन् मानिस नि सुखी पूर्वीय दर्शन होस या पश्चिमी संस्कृतको आभास रात र दिनको पलको आभास दिने प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि अनावश्यक फूर्ती के का लागी समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि पश्चिमा दर्शन त कति कोशौं टाढा मेलै नखाए नि आनन्द दिँदा चोट भरिएको कथालाई आनन्द दिने पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने तथापि नीजि काम त गर्नु नै छ जानी नजानी

शून्य समय

समय गएको पत्तो पनि हुँदोरहेनछ । कार्यलय हो समयको लेखाजोखा त हुनुपर्ने । तर मिनेट, घण्टा, दिन, महिना अनि वर्षमा मात्र कुरा अड्किन थाल्यो । बसाई यस्तै हो । कार्यालयमा बस्नु त प¥यो । क–कसलाई भने समयको अभाव । कसलाई भने कसरी समयलाई काबुमा राख्ने भन्ने चुनौती ।  आज कार्तिक १७, दशैं, तिहार र छठ सबै २०७६ सालका चाडपर्व बाहिरिए । वर्षभरी कहिले कार्याशालाबाट छुट्टी नमिल्ने तर दशैं, तिहार ताका खालि बस्न पाउँने समय । कार्यालयमा काम गर्दै थिएँ । तल्ला घरे दाइ आए । चिया पिलाएँ । कुराकानी भयो । खाली समय पछि के गर्ने भन्ने चियो भयो । भन्दै थिए कतै घुम्न जानु पर्छ । चाडवाडमा घुम्न गइयो आफन्तकोमा मात्र । बाहिर गइएन । खै अब समयको लेखा जोखा कसरी गर्ने ?