Posts

Showing posts from January 10, 2026

सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल

Image
  सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा  रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। नियुक्ति २०८२ फुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

समाजवाद र लोकतन्त्र मात्र होलान त नेपाली काङ्ग्रेसको प्रमुख नारा

Image
  नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी(लोकतान्त्रीक राजनीतिक दल हो । यस पार्टीको प्रथम महाधिवेसन वि.सं २००३ माघ १२ र १३ मा भएको थियो । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको उद्घाटन शत्र भोलि देखि भृकुटीमण्डपमा शुरु हुँदै छ । कांग्रेस महाधिवेशनको बन्द शत्र जेष्ठ प्रतिनिधिले सम्हाल्ने भएका छन् । प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू अगाडी बढ्दै गएका छन् । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।  यद्यपी नेपाली काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकास शर्माद्वारा सञ्चालित हुने कार्यक्रममा कुन सिद्वान्तलाई प्रश्रय दिने समाविष्ट गरिएको पाइँदैन ।

नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु

Image
नेकपा का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले रुकुमबाट आफू निर्वाचित हुने जानकारी दिएका छन् । रुकुम पश्चिममा आयोजित सभालाई पत्थर पार्ने क्रममा दाहालले आगामी चुनावमा रुकुम पूर्वलाई आफ्नो कर्म थलोको  रुपमा  संगालिने प्रष्ट पारेका हुन् । निर्वाचनमा आफू स्पष्ट मतका साथ जनतामाझ जाने र जनभावनालाई समेटी देशलाई नयाँ बाटोमा अग्रसर हुने उनले बताए । नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु मात्र नभई देशकै शत्रु रहेको र सम्पूर्ण वामपन्थी एक ढिक्का रहनु पर्ने आजको कार्यबोध र चुनौति रहेको उनको जिकिर थियो । कार्यक्रममा पार्टीका सहनेता माधवकुमार नेपाल पनि सहभागी रहेका थिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट

Image
  झापा । दमक ९ मा भएको एक थुम्पा उद्योगको आगलागीमा १ करोड ३० लाख घनमाल जलेर नष्ट भएको छ । पदम भण्डारीको घरमा आगलागी हुँदा  स्वस्तीक थुक्पा उद्योगमा  विद्युत चुहावट भइ आगो लागेको प्रहरीले बताएको छ ।  आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँएको छ ।

सुन बढ्यो चाँदी भने घट्यो

Image
नेपाली बजारमा आज सुनको मूल्य केही बढेको पाइएको छ । नेपाल सुन चाँदी तथा व्यवसायीक संघले छापावाला सुन प्रति तोलाको मूल्य २ लाख ६५ हजार ७ सय रहेको तथा चाँदी  तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार रहेको बताइएको छ । भाउ अनुसार आज सुन तोलामा २ हजार १०० ले बढेको हो भने चाँदी ५५ रुपैंयाले बढेको हो ।