Posts

Showing posts from December 18, 2022

निर्वाचनको सेरोफेरोमा विताएका समय

Image
               म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको । धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन । म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर्दै । तर नाच्न नजान्ने आँगन टेढो, मान्छ