Posts

Showing posts from November 14, 2018

परिचय

धेरै परिचय बोक्नु आफैंमा नसुहाउँदो हो । तर जिज्ञासु नभई एक खोजीको लागि मात्र थियो । शुष्म रुपमा केही खोज्नु र त्यसैलाई आलटाल गरी बनाउनु समस्याको निराकरण थियो । केही आम्दानीको प्रयोजन तर आज त्यही दिनको समिक्षा गर्न पनि पत्यार लाग्दो लाग्छ । त्यो कुनै माक्र्सवादी दन्द नै थियो वा हिगल र लेलिनको दर्शन । तर आँखाका परेलीले झिम्क्याइएका काला पलहरु ति वात्साल्यपनका जस्ता नहोलान । तर आज यही दृश्य नाटक जस्ता छन् । ति नजानिदा नदेखेका मानिस कुपुकुपु हाँस्छन्, आँखा झिम्क्याउँछन् अनि रिसाँउछन् जस्तो केही बन्न लागेका, भनेका अनि सोचेका, कल्पना गरेका । के आफ्ना कुरा खरानी हुन आँटेका होला ? अनि आफू बुढो मुढो भर बसिएको एउटा लाटो मूढो भएर एउटा लाटकोसेरो भएर जो रातमा आँखा देख्छ दिनमा अन्धो ।