Posts

Showing posts from December 30, 2025

काठमाडौंमा सार्वधिक चिसो मापन

Image
मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ । जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ । विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ । देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ । आजको जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री रहेको र हिजोको काठमाडौंको न्यूनतम् तापक्रम १२ डिग्री रहेको मापन गरिएको थियो ।

सुनको मुल्यमा गिरावट

Image
नेपाली बजारमा छापावाला सुन प्रति तोलामा  ७ हजार ९०० रुपैयाँले घटेको छ । हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो । आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ । विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन । 

निर्वाचनमा प्रधानमन्त्रीको सक्रियता

Image
दिगो शान्ति र लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य रहेको प्रधानमन्त्री शुशिला कार्कीले बताएकी छिन् । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अभियन्ता दुर्गा प्रसाईसँगको भेटमा उनले आफ्नो प्रस्ताव राखेकी हुन् । अभियन्ताका कैंयौ माग प्रति सरकारले जवाफदेहिता गर्नु पर्ने भएकोले सरकार गृहकार्यमा जुटिसकेको उद्घोष गरेकी थिइन् । सरकारको शान्त तथा समकक्षी हिसाबमा फागून २१ मा निर्वाचन सम्पन्न गर्ने अभिलाषा रहेको मनोकांक्षा गरेकी थिइन । त्यस्तै अशान्त वातावरणमा प्रतिनिधि सभाको निर्वाचन नहुने तर्क गर्दै निर्वाचनलाई खलल नगर्ने वातावरण मिलाउन अभियन्तालाई सुझाव दिएकी थिइन् । निर्वाचन आजको साझा रुप हो आजको अवस्थासम्म आइपुग्न निकै सकस परेको र सवै राजनीतिक दललाई निर्वाचनमा तदारुक्ताका साथ होमिन आग्रह गरेकी थिइन् ।

आफूहरु जसरी पनि निर्वाचनमा जानेः उपेन्द्र यादव

Image
जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका मुद्वा उठाउन थालेका छन् । मधेसी, जनजाति, अल्पसंख्यक मुद्वामा कमीकमजोरी रहेका कारण बेला बेलामा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उनको स्पष्टोक्ति रहेको थियो । सुशासन र भ्रष्टाचार राष्ट्रभरी मौलाइरहेको र आफूहरु पनि जेनजीको मुद्वामा अग्रसर रहेको उनको भनाइ रहेको थियो । मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि गुम्ने भएकोले आफ्नो पार्टी फागून २१ को निर्वाचनमा  जसरी नि जाने उनको राय रहेको थियो ।

पार्टी माथि मिडियावाजी भएको आरोपः प्रचण्ड

Image
सामाजिक सञ्जाल जनताका अभिलाषा हुन् । सचेतना, राष्ट्रियता, सूचना, मनोरञ्जन र अभिप्रेरणाका संवाहक संचार माध्यम हुन् । उनीहरु समाजका पहरेदार हुन् । पत्रकारिता राष्ट्रको चौथो अंग हो । यसो भनिरहँदा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अचेलका समाचार संञ्चार माध्यम उद्वेलित भएको खण्डण गरेका छन् । उनले मार्मिक रुपमा राष्ट्र सम्मूनत पार्न आफूले महान कार्य गरेको तर यथार्थमा मिडियाहरु सर्वेसर्वा भएको निश्कर्ष गरेका छन् । उनले पार्टी कार्यालय पेरिस डाडाँमा पार्टीका त्याग, मूल्य, मान्यता देशलाई यो स्थितीसम्म ल्याउन धेरै कसुर रहेको बताए । तर हल्ला र बेवुनियाँद तर्कहरुले आफूहरुलाई गलत कार्य गरेको जस्तो भान भएको बताए । उनले प्रतिक्रीयावादी, संशोधनवादी, दक्षिणपन्थीले पार्टीलाई खराब गरेको बताएका थिए । तर उनले के अर्थमा मिडियाहरु  मुक्तिदाता भएका हुन् भन्ने अन्वेषण चैं गर्न भ्याएनन् ।  

ठूलोधन राशीको चोरी

Image
६५ लाख १७ हजारको चोरी सहित नेपाल प्रहरीले दाङ्को तुलसीपुरमा एक युवकलाई पक्राउ गरेको छ । दुर्गाबहादुर केसीको घरमा खान तलासीको क्रममा उक्त रकम फेला परेको बताइएको छ । काठमाडौंको विसालनगरको डिसहोम फाइबर नेटको संञ्चालकको घरबाट उक्त रकम लुटिएको जानकारीमा आएको छ । सिसिफुटजबाट चोरको निगरानी गरिएको र दोषी फरार रही तुल्सीपुर पुग्दा प्रहरीले पछ्याएर नीजलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ ।

निर्वाचन र लोकतन्त्रको विकल्प केही नहुने ओली

Image
नेकपा (एमाले) का अध्यक्ष के.पी. ओलीले सवै दलहरु निर्वाचनमा जाने भएपछि आफू आफ्नो हठबाट हटेको जानकारी दिएका छन् । पार्टीको महाधिवेशनले दिएको राजनीतिक निकास र  महाधिवेशनको सन्देशबाट आफू आघात नहुने प्रष्ट पारेका छन् । संविधानत् कानून नै सर्वोपरी हुने भन्दै उनले लोकतन्त्रमा निर्वाचनको विकल्प केही नहुने बताएका हुन् । फागून २१ गतेको निर्वाचनको माहोलमा पनि कांग्रेस र एमाले समकक्षी हुने तर्क गर्दै देशलाई चाहिने सुशासन, शान्ति, पद्वति, नीति, संविधान र राष्ट्रिय स्वभिमान अच्छुण हुने बताए । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा  ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताए ।   एमाले नेता रामेश्वर फुयाँलले देशको कम्युनिष्ट पार्टीको अधिवेशनको विषयमा चर्चा गर्दै देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण, अभाव हटाउन आवश्यक रहेको बताए । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि कम्युनिष्ट पार्टीका अग्रजहरु मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्नुपर्ने भनाइ राखे । मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगल...

दाउन्नेमा शीतलहरका कारण यातायात ठप्प

Image
 नवलपरासी । मौसममा आएको प्रतिकुलताको कारण सडक यात्रामा कठिनाइ आएको छ । शीतलहरको कारण दाउन्नेमा ३ दिनदेखी बिच बाटामा सवारी साधान अलपत्र परेका छन् । बुटवल नारायणगढ खण्डमा सडक निर्माण कार्य सूचारु भइ रहँदा वैकल्पिक मार्गमा यातायात गर्न कठिनाइ आएको बुझिएको छ । चिसो कारण सडक चिप्लो भएको र गाडीहरु बर्दघाटबाट भूमही सम्म लाम लागेको र पूर्वी खण्डमा दुम्किबास देखि चोरमारा सम्म सवारी साधन रोकिएको जनाइएको छ । यस क्षेत्रमा कल्भर्ट निर्माण भइरहेको र सवारी साधान आवतजावत गर्न दुर्घटना नहोस भनेर लेनको पालना गर्न अधिकारीहरुले चालकहरुलाई सुझाव गरेका छन् ।

चौंथो ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत

Image
काठमाडौं । भारतको कुल ग्राहस्थ उतपादन ४.१८ ट्रिलियन डलर पुगको छ ।  आगामी तीन वर्षमा भारतले जमर्नीलाई उच्छिन्ने सरकारी अधिकारीहरुले बताएका छन् । अर्को वर्ष यस देशले जापानलाई छलाङ्ग मार्ने निश्चित प्राय छ । यद्यपी सन् २०२६ को विश्वको ग्राहस्थ सूची आएपछि सबैकुरा प्रष्ट हुने तथ्याङ्कन गरिएको छ ।  भारत सरकारद्वारा निकालिएको प्रतिवेदनमा सन् २०३० मा यस देशको जिडिपि ७.३ ट्रिलियन डलर पुग्ने बताइएको छ ।  अमेरिकाले यसै वर्ष रुसी तेल खरिद जारी राखेको भन्दै भारतमाथि लगाएको ट्यारिफका बाबजुद भारतको अर्थतन्त्रले गति लिन नछोडेको देखिएको हो ।  सरकारी अधिकारीहरूले भने विश्वव्यापी व्यापार अनिश्चितताका बाबजुद पनि निरन्तर आर्थिक वृद्धि सरकारको ‘लचकता’ को प्रमाण भएको दाबी गरेका छन् । जनसङ्ख्याको हिसाबले भारत सन् २०२३ मै छिमेकी चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । 

सुर्य लाइफ गल्फ प्रतियोगिताको शुभारम्भ

Image
नेपाल प्रोफेसनल गल्फर्स संघ ९एनपिजिए० ले हरेक सिजनमा कूल ८ प्रतियोगिता संचालन गरिरहेको छ । नेपालको गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालिको प्रायोजनमा लगातार आयोजना भइरहेको पनि छ । सिजनको पहिलो प्रतियोगितामा सूर्य नेपाल सेन्ट्रल ओपनबाट शुरु हुने गर्दछ । नेपालमा गल्फ प्रतियोगिता आजबाट १९ वर्षअघिदेखि शुरु भएको हो । यहाँदेखि अहिले २०२५–२६ सिजन गल्फ टुरको १९ औं संस्करणको हो । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसबारे बताए– ‘सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र यसले नेपालको प्रतिस्पर्धात्मक गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ ।’ उनले बताए –‘यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीलाई प्रेरित गर्दै नयाँ प्रतिभाहरूलाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ । सूर्य नेपाल प्रा। लि। को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं, जसको योगदानले टुरलाई सफल बनाएको छ ।’ सूर्य नेपाल गल्फ टुरअन्तर्गत ८ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुुने गर्दछ । जसमा, काठमाडौंभित्र गोकर्ण फरेस्ट रिसोर्टमा २ वटा, रोयल नेपाल गल्फ क्लबमा ३ वटा तथा बाँकी ३ प...

हेलिकप्टर आकाशमा जुद्वा एक जनाको मृत्यु

Image
अमेरिका। अमेरिकामा दुईवटा हेलिकोप्टर आकाशमै ठोकिएका छन्। न्यु जर्सीको ह्यामन्टनमा दुई हेलिकप्टर आकाशमै ठोकिँदा एकजना पाइलटको मृत्यु भएको छ। अर्का पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन। एसोसिएटेड प्रेसका अनुसार घटना स्थानीय समय अनुसार बिहान ११ः२५ बजे एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड ह्यामन्टन म्युनिसिपल एयरपोर्टमा भएको थियो। ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै विमान दुर्घटना भएको खबर पाएपछि आपतकालीन टोलीहरू पठाइएको बताए। घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकोप्टर जमिनमा ठोक्किनुअघि तीव्र गतिमा घुमिरहेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने कार्य गरेका थिए। संघीय उड्डयन प्रशासनले एनस्ट्रोम एफ(२८ए हेलिकोप्टर र एनस्ट्रोम २८०सी हेलिकोप्टर बीचको ठक्करको रिपोर्ट गरेको छ। दुर्घटनाको समयमा दुवै विमानमा पाइलटहरू मात्र थिए। (अन्नपूर्ण पोष्टबाट)

रेल दुर्घटनामा १३ को मृत्यु, १०० भन्दा बढि घाइते

Image
मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। करिब १०० जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ। रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य थिए। नौसेनाले यस दुर्घटनामा कुल ९८ जना घाइते भएको जनाएको छ। जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ। अधिकारीहरूका अनुसार निजाना शहर नजिकैको घुम्तीमा रेल पटरीबाट खसेको थियो। मेक्सिकोका महान्यायाधिवक्ताले यसबारे अनुसन्धान सुरु गरिएको पुष्टि गरे। मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन्। उनले नौसेना सचिवसहित शीर्ष स्तरका अधिकारीहरू दुर्घटना स्थलतर्फ प्रस्थान गरेका बताए।  (अन्नपूर्ण पोष्टबाट)

सुनको भाउ २,७०००० कायम

Image
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

लागुपदार्थको विज्ञापनबाट टाढा रहने सुनिल सेठ्ठीको भनाई, ४० करोडको विज्ञापनमा असहमत

Image
                                  मुम्बई । बलिउड अभिनेता सुनिल शेट्टीले ४० करोडको सुर्ती जन्य वस्तुको विज्ञापन अस्वीकार गरेका छन् । समाज सुर्ती सेवन विहीन हुनुपर्छ भन्ने आफ्नो सिद्धान्तका कारण सुर्ती र पान मसालाको विज्ञापन अस्वीकार गरेको उनले खुलासा गरेका छन् । जबकि उक्त विज्ञापनका लागि ४० करोड रुपैयाँको प्रस्ताव गरिएको थियो । पिपिङ मुनसँग गरिएको कुराकानीमा सुनिल शेट्टीले सुर्तीजन्य पदार्थका लागि विज्ञापन गर्न ४० करोड रुपैयाँको प्रस्ताव अस्वीकार गरेको आफैँले खुलासा गरे । यो विज्ञापनले आफूलाई आर्थिक लाभ हुने भए पनि यसले परिवारको इमानदारी र आदर्शमा चोट पुग्ने भएकाले विज्ञापन नखेलेको उनले स्पष्ट पारेका छन् । ‘मलाई चुरोटको विज्ञापनका लागि ४० करोडको प्रस्ताव आएको थियो । मैले विज्ञापन दातालाई हेरेँ र भनेँ, के तिमीलाई लाग्छ मलाई पैसाको प्रलोभनमा यस्तो काम गर्नेछु ?’ उनले आफ्नो सन्तान अहान र आथियाको छविमा धमिलो हुने कुनै पनि काम गर्दिन भन्ने जवाफ दिँदै त्यो विज्ञापन छाडेको बताएका छन् । साथै अबको दिनमा यस्ता प्र...