Posts

Showing posts from January 12, 2026

११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन जनता समाजवादी पार्टी (जसपा)

Image
 मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी अन्तत एकीकृत भएका छन् । औपचारिक रुपमा सत्ताको बागडोर समाल्न फुट र जुटको इतिहास रचेका यि पार्टीहरु आसन्न फागून २१ गतेको निर्वाचनलाई मध्यनजरमा आएर बलियो धारमा समाविष्ट हुन खोज्नु अर्थपूर्ण रुपमा हेरिएको छ । नेताद्वय उपेन्द्र यादव र महन्थ ठाकुर बीच आइतवार पार्टी एकिकरणमा १२ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको सम्झौताबमोजिम ११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) रहने बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टी बिच मधेसका मुद्वा समावेश भएको र आगामी हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्र सभामा आफूहरु समावेश हुने बताउन भ्याएका छन् ।

आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार

Image
बजार भाउ अनुसार सुनको भाउ स्थिर हुन सकेको छैन । शुभ–विवाहको मूहुर्तले छोप्दै जाँदा यसरी सुनको भाउ आकासिएको हो । पछिल्लो समयमा सुन विलासिताको वस्तु भनेर सरकारले २ प्रतिसत व्यय भार आम उपभोक्तामा लाएको थियो । यता हिरा र जडीमा पनि सरकारले १३ प्रतिशत अन्तशुल्क व्यापारीहरु माझ उठाउँदै आएको थियो । यसलाई सुन कारोबार गर्ने वाणा श्रमिकहरु चर्को विरोधमा उत्रिएका थिए ।  हिजो आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।

इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु

Image
 काठमाडौं । इरानमा देशमा आर्थिक बिचलन भएपछि आएको परिस्थीतिमा जनता सडकमा ओर्लिएका छन् । पछिल्लो घटनाहरुलाई समावेश गर्ने हो भने इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार त्यहाँ जुलुसहरुमा हजारौं अश्रु ज्यासँहरु र गोली प्रहार भएको छ ।  इरानले सहयोग मागेको खण्डमा अमेरिका तयार रहेको बताइरहेको छ भने इरानमा सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द रहेको जनाइएको छ । उसले अमेरिकी हस्तक्षेप हाफूलाई अमान्य हुने बताएको छ । 

महेन्द्र विक्रम थामसुहाङ् बने रास्वपाबाट उमेद्वार

Image
पाँचथर । रास्वपाबाट महेन्द्र विक्रम थामसुहाङ्ले नेतृत्व लिने भएका छन् । उनी प्रतिनिधि सभा सदस्यमा उमेद्वार हुने सुनिश्चित भएको जनाइएको छ । उनी कम्युनिष्ट पार्टीमा आवद्व थिए ।| केही महिना अघि आफ्नो पार्टी परित्याग गरि उनी नयाँ पार्टीमा सामेल भएका हुन् । रास्वपालाई आफ्नो पार्टीमा समावेश गरिएका पात्र जिताउनै पर्ने देखिएको छ भने उता पार्टीले सर्कुलर जारी गरि उनलाई एकल नेतृत्व प्रदान गरिएको हो । विगतका सर्वेक्षणहरु हेर्ने हो भने नेकपाको वर्चश्व रहेको पाँचथरमा घण्टी चिन्ह लाई हालीमुहाली सुनिश्चत गर्न अव आउने निर्वाचनलाई मध्यनजर गर्नु पर्ने नै देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्की ३०४ औं पृथ्वी जयन्तीको अवसरमा सरिक

Image
काठमाडौं । भृकुटिमण्डप स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समाहित भएकी छिन् । जलपान कार्यक्रममा प्रधानमन्त्रीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित मान्यजनहरुले वडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल एकिकरण र दिव्यउपदेशको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा संचार मन्त्री जगदिश खरेल, कुटनितिक नियोगका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

इण्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङ्गको अन्तेष्टि

Image
प्रशान्त तामाङ्गको दाहसंस्कार उनको गृह नगर दार्जिलिङ्गमा हुने भएको छ । उनको हृदयघातको कारण नयाँ दिल्लीमा ४१ वर्षको उमेरमा हिजो विहान मृत्यु भएको थियो । माता रुपा तामाङ्ग र पिता मदन तामाङ्गको सुपुत्र प्रशान्तको जन्म सन् १९८३ मा वेष्ट बंगाल दार्जिलिङ्गमा भएको थियो । उनी एक नेपाली भाषी भएको नाताले थुप्रै नेपाली चलचित्र र गायन क्षेत्रमा आफ्नो रोमाञ्चक प्रस्तुतीबाट चर्चित थिए । उनी बसेको नयाँ दिल्ली स्थित निवासमा हृदयघात भएको र अस्पताल पुग्ने क्रममा मृत्यु भएको अपुष्ट समाचार श्रोतहरुले बताएका छन् । उनीद्वारा अभिनित चलचित्रहरुमा गोरखा पल्टन, अंगालो यो मायाको ,किनमायामा आदी चर्चित रहेका छन् । एक नेपाली भाषी भएको र नेपाली कलाकार भएको नाताले नेपाली श्रोता तथा दर्शकलाई उनको असमायिक निधनले मर्माहत तुल्याएको छ ।

विशेष महाधिवेशनको रफ्तार

Image
दुइ महामन्त्री विश्व प्रकास शर्मा र गगन थापाको जोडबलमा बनेको विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसको कार्यदिशा बदलिने मूल्याङ्कन गर्न सकिन्छ । नेतृत्व र प्रधानमन्त्रीको भार आफूले मात्र लिनु सराहनिय नहुने बताइराख्ता शेखर कोइरालाले एक पुस्तौनि प्रथाको अन्त्य भएको हो कि भन्ने सन्देश दिन्छ । पूर्व प्रधानमन्त्री शेर बहादुर कोइरालाले अध्यक्षको जिम्मेवारी कसले गर्ने महाधिवेशनलाई नै निर्णय दिनु पर्ने भन्दा विगतको परिधिबाट समष्टिगत रुपमा पार्टी नयाँ हाँगोमा उत्रने र बलियो हुने आसातित अनुमान नेपाली मिडियाले लाएको प्रशस्त हुन्छ । हो पार्टीले नयाँ जुटको संज्ञा दिनुपर्छ । नेपाली काङ्ग्रेस भित्र नयाँ विचार र सिद्वान्तको आधारशिला तय गरिनुपर्छ । नविन श्रीङखलाबाट पार्टी मजबुत गरिनुपर्ने विभिन्न गुटबाट आवाज उठ्न थालिसकेको पनि छ । बैठक अनुसार नीति, नियम बमोजिम पार्टीको आधारशिला तय हुँदै गर्दा समाजको मुद्वालाई अगि बोक्न काङ्ग्रेसमा नविकरण आवश्यक नै परेको कुरा जगजाहेर नै छ ।