Skip to main content

Posts

Showing posts from November 13, 2026

राष्ट्रपतिद्वारा सवोच्चका न्यायधिसहरुको नियुक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट सर्वोच्च अदालतका पदभारका लागि ४ न्यायधिसको पदावली नियुक्ति भएको बताइएको छ । नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषदको सिफारिसमा उक्त पदहरुको नियुक्ति भएको भनिएको छ । नवनियुक्त पदमा सिफारिस भएका न्यायाधिसहरुको नामाकरण अनुसार डा. रत्न बहादुर बागचन्द, चन्द्र बहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेको छ ।

सुनमा भारी गिरावट तोलामा १२,६०० को उतार चढाव

काठमाडौं । नेपालीहरुको महान चाडपर्वहरु दशैं र शुभ–दिपावलीको विदाइ सँगै द्रव्य तथा धातुहरुको भाउ ओरालो लागेको छ । नेपाली सुनको बजारमा चाँडपर्व पछि भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार तोलामा १२,६०० रुपैयाँले घटेको बताइएको हो । यहि कार्तिक अन्त्य तिर सुनको मूल्य प्रति तोला २ लाख ८४००० ३ सय  आसपासमा पुगकोे थियो । सुनमा भएको भारी गिरावटले यसको प्रति तोला भाउ २ लाख ७१ हजार ७०० कायम गराएको नेपाल सुनचाँदी व्यवसाय संघले बताएको छ । यस्तै चाँदीको भाउ पनि घटेर ३ हजार ८५५ भएको बताइएको छ ।

त्रिभूवन विश्वविद्यालय अन्र्तगतका शैक्षिक प्रणालीमा समानान्तर सेमेष्टर पढाइको आवश्यकता

काठमाडौं । त्रिभूवन विश्वविद्यालय अन्र्तगतका सबै क्याम्पस निकायहरुमा शिक्षा नीति परिवर्तन गर्दै सम्पूर्ण शैक्षिक प्रणाली अन्तर्गत समेस्टर प्रणाली भित्राइन लागको शिक्षा विदहरुले उल्लेख गरेका छन् ।  शुक्रबार शिक्षा मन्त्रालयमा  त्रिविका उपकुलपति भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष अन्जना सिंह, रजिस्ट्रार रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए। कार्यक्रममा त्रिविको संस्थापनाको उद्वेश्यको पुर्न मूल्याङ्कन गर्न, अनुसन्धनात्मक शिक्षा प्रणलीलाई विकास गर्न र विद्यार्थीको शैक्षिक अवस्थालाई उकास्न वैठक फलदायी हने कार्यक्रममा उपस्थित शिक्षा विधरुले बताए ।   कार्यक्रममा उच्च शिक्षालयको लगानी बढाउनु पर्ने तथा शैक्षिक वातावरण सुधार्नु पर्ने बताइएको थियो । त्रिवि अन्र्तगतका कलेजहरुको पठ्नपाठन सेमेस्टर प्रणालीमा लानुपर्ने बाध्यता त्रिविको रहेको पनि बताइएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड एक कार्यक्रममा भाग लिन रुस प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दहाल ‘फर द फ्रिडम अफ नेसन्स’ कार्यक्रममा सहभागी हुन रुस प्रस्थान गरेका छन् । उनको रुस भ्रमण नोभेम्बर १४ देखि १७ सम्म रहने बताइएको छ । उनी संग आफ्ना स्वकीय सचिव गोविन्द आचार्य पनि रुसको औपचारिक भ्रमणमा गएको बुझिएको छ ।  कार्यक्रममा धेरै राजनीतिक प्रतिनिधिहरु र व्यक्तित्वहरुको सम्बोधन हुने बताइएको छ । प्रत्येक राष्ट्रले राजनीतिक, आर्थिक र रणनितिक कमजोरी हरु विस्तार गर्ने कार्यक्रम रहेको बताइएको छ ।   

२० सदस्य टोलीको चिन भ्रमण उत्साहजनक

काठमाडौं ।  रास्वपा संसदीय दलका २० सांसदको चिन भ्रमणको बारेमा कुरा गर्न प्रधानमन्त्री बालेन शाहले शुक्रबार वैठक बोलाएका छन् ।  उनले नेपाल चीन सम्बन्ध दुर्गामी भएका कारण स्पष्टसँग आफ्नो कुराहरु राख्न सम्बोधन गरेका छन् ।  भ्रमण टोलीका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका  मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भ्रमणमा पर्यटन, विकास र आपसी सम्वन्धको प्रगाढताको बारेमा वैठक वस्ते बताए ।  चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरण लगायतका क्षेत्रमा फाइदा लिन सक्ने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रमा हुन लागेको उक्त भ्रमणको तालिका नोभेम्बर १५ देखि २६ सम्म रहेको बताइएको छ । भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा। आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा। धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा। राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरव...