Skip to main content

Posts

Showing posts from November 9, 2026

नेपाली काङ्ग्रेसका महामन्त्री प्रदिप पौडेलको चिन्ताः पार्टी विभाजनमा इतर समूहकै कमजोरी

           काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री नेपाली काङ्ग्रसको महामन्त्री प्रदिप पौडेलले पार्टी इतर समूह र लोकतान्त्रिक समाजवादी नारा लिएको नेपाली काङ्ग्रेस एकै ढिक्कामा उभिन नसक्ने बताएका छन् । आफ्नो पार्टी नयाँ दिशा र कार्यबोधबाट जनतालाई उन्मुक्ति दिन जन्मिएको बताउँदै उनले पुरातन विचारमा टिक्न नसकेर पार्टी विभाजनको संघारमा पुगेको उनले दोहो¥याए ।                     राजधानीको टोखा नगरपालिकामा भएको एक सम्बोधनमा उनले अब जति सहमती गरेपनि दुनिँयामा एकै पार्टीको दुई सभापति, दुई झण्डा र दुई निर्वाचन चिन्ह नरहने ठोकुवा गरे ।                     पार्टीलाई जुटाउन आम नेताले सर सहयोग गरेपनि श्रदेय अध्यक्षले कनिष्ट कार्यकर्तालाई नै वहिष्कार गरेर अतिरञ्जीत गरेको बताएका छन् । पार्टी एकिकरण गर्न स्वयमं आफूले महामन्त्री पदमा रहेर भरमगदुर कोषिश गरिरहेको, पार्टीको विधान, विधि र प्रकृयामा जोड दिइरहेको पनि उनले उजागर गरे ।               ...

संसदीय समितिले प्रस्ताव गरेका न्यायधिशहरुको नामावली

          काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित नाम उपर चार जना न्यायधिशको नाम सिफारिस गरेको छ । यसरी अनुमोदन हुने नामहरुमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगी परेको छ ।                      शनिबार चार जना न्यायधीसको नाम सर्वसम्मत अनुमोदनमा परेको छ । सिफारिसमा पर्नुभएका चारमध्ये बागचन्द उच्च अदालतमा मुख्य न्यायाधीश र सारू, पाण्डे तथा डाँगी न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ । सुनुवाइबाट अनुमोदन भएपछि अब समितिले सिफारिस गर्ने निकायसमक्ष अनुमोदनको जानकारी पठाउने छ ।                यसरी अनुमोदन भएका न्यायधिशमाझ अदालतहरुमा हुने नीतिगत भ्रष्टाचार र विचौलाहरु बीच उठ्ने मुद्वा र झैझगडा घटाउन फुल कोर्टको अवधारणा अघि सार्नु पर्ने बताए ।

चुनाव पछि भरतपुरमा रास्वपा अध्यक्ष रवि लामिछानेको पहिलो भ्रमण ः सन्तोषजनक

        चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले शुक्रबार बिहानबाटै आफू निर्वाचित जिल्ला चितवनबाट आम कार्यकर्ता, पार्टीका विशेष तहका पदाधिकारीहरु र स्थानिय प्रतिनिधिहरु माझ सौहार्दजनक भेटघाट गरेका छन् ।           विशेषत आफू चितवनबाट निर्वाचित भएपछि आम राजनीति र सरकारको नीतिबारे प्रष्ट पार्न उनको २४ घण्टे राजकीय भ्रमण सफल रहेको बुझिएको छ ।           भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा रहेका उनले कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । उनको विचार सुन्न तामझाम रहेका चितवनवासीलाई सरकारको नीति र राष्ट्रिय स्वतन्त्रपार्टीका बीच समन्वय रहेको आश्वासन बाडेका थिए ।         उनले प्रस्तावित स्थानीय हवाईमार्ग, पूर्वपश्चिम रेल मार्ग र अस्पतालहरुको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए भने केही अधिकारी माझ चितवन स्थित नारायणी नदीबाट कटान भएको जमीनहरुको वारेमा पनि उत्सुकता देखाएका थिए ।         शुक्रबार रहेको उनको नीजि भ्रमण पार्टी केन्द्रिक्रित राजनीति अनि कार्यकर्तामाझ रहेको ...

गिती सङ्ग्रहः बलेको दियो सार्वजनिक

काठमाडौं । शिवदर्शन फिल्मसले बलेको दियो नामक गीती सङ्ग्रह बजारमा ल्याएको छ । विशेष गरेर दिपावलीलाई लक्षित गरेर प्रदर्शनमा ल्याइएको भिडियोमा चर्चित कलाकारहरु गायत्री थापा, साइन सापकोटा, बिनबहादुर थापा,सन्देश सुनार,नितु कोइराला,सुलोचना नेपाल,सापकोटा लगायतको अभिनय रहेको छ ।  गितमा अनमोल बस्नेत र रेखा पोखरेलको स्वर रहेको छ ।  २०८३ सालको तिहारको रमाइलो पक्ष, देउसी भैलो र उल्लासलाई लिएर गितको छायाँकन रहेको निर्देशक गायत्री थापाले सार्वजनिक गरेकी छिन् ।