११ कार्तिक गते देखि १४ सम्म चल्ने वंग्लादेशी चक्रवात “अर्नेब” का कारण कृषकहरुको ध्यानका लागि मौसम विभागले सजग गराएको छ ।
उनीहरुलाई शुक्रबार देखि नै अन्नवाली भित्राउन सजग गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हुनसक्ने अनवरत वर्षा, हिमपात, हावाहुरी र मेघगर्जनको वर्षा
को सम्भावनालाई मध्यनजर गर्दै उच्च हिमाली क्षेत्रमा हुन सक्ने हिम पहिरो, पहाडि क्षेत्रमा हुन सक्ने जोखिमका कारण साधारण हिंडडुल समेत गर्न सतर्कता अपनाउन जरुरी रहेको बताइएको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ भने चक्रवात आँधीको कारण नेपालको अंधिकास भूभागमा असर रहने कुरा बताइएको छ ।

Comments
Post a Comment