Skip to main content

Posts

Showing posts from November 10, 2026

नेपाली चलचित्रः पाँच पाण्डपको आगमन

दर्शकहरुको अभिरुचीलाई लिएर धार्मिक गतिविधीमा आधारित “पाँच पाण्डप” हलहरुमा लागेको छ । विशेषतः धार्मिक कथा महाभारतको प्रसंग र पाण्डव पात्रका दुखलाई लिएर कथालाई दर्शकमाझ पस्किएको हो । कथामा पाण्डवहरुको जेष्ठ सुपुत्र युधिष्ठिरले किन भारतवर्षमा आफ्ना भ्राताहरु खोज्न निस्कन्छन् ? उनको पाण्डपहरु माथिको माया, मोह र सदभावलाई कथामा उजागर गर्न खोजिएको छ । वास्तवमा कौरव र पाण्डवहरु वीचमा हुने झै–झगडा अनि कटुतालाई विशेषत समाहित गर्न खोजीएको बताइएको हो । पाण्डवहरुको रहनसहन मौलिकता र माया मोह कथामा चित्रण गर्न खोजिएको बताइएको छ ।  चर्चित कलाकारहरु जीतु नेपाल, हरिवंश र दिपाश्री निरौला आदीद्वारा भूमिका निर्वाह भएको चलचित्रमा  को निर्देशन वसन्त निरौलाले गरेका छन् भने कथाको पटकथा् सुशील पौडेलले गरेका छन् । कथामा शोषण, अत्याचार र धर्म अनुष्ठानको बारेमा प्रसंग उठाइएको बताइएको छ । नेपाली चलचित्रमा धर्म अनुष्ठानका छायांकन विरलै मानिन्छन् ।

छठ पर्व मनाउन ः जनकपुरधाममा प्रधानमन्त्री बालेन शाहको आगमन

       हिन्दु धर्मावलम्वीहरुको महान् चाँडपर्व छठको रौनक जनकपुर धाममा विशेष रहेको छ । धार्मिक आस्था अनुसार विभिन्न मठ मन्दिर र तलाउमा पुजा आजा गरी विशेषत छठ पर्व मनाउने गरीन्छ । जनकपुर स्थित जानकी मन्दिर मा मधेसी समुदायले छठ पर्व उल्लास पूर्ण तरिकाले निराहार वर्त वसेर सधैं जसो दिपावली पछि मनाउँदै आएका छन् । केरा, स्याउ, नरिवल, मेवा अािद भोगको फल छठीमाईलाई चढाइ अन्नत वर्त सकेपछि नजिकको तलाउमा वैदिक तरिकाले स्नान गर्ने परम्परा रहि आएको छ । नेपालीहरुको महान चाँड दशै र तिहार जस्तै छठको पनि अर्कै रौनक रहेको पाइन्छ । यसै गरी मिथिला अञ्चलको राजधानी जनकपुर धाम स्थित प्रसिद्व ताल गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ आदीमा सरसफाइको कार्यक्रम हुने वताइएको छ । झन यसपटक, जनकपुरधाममा प्रधानमन्त्री बालेन शाहको आगमन हुने भएपछि रौनक बढने बताइएको छ ।

पदपूर्ती नहूँदा उपनिर्वाचनको जरुरी

काठमाडौं । देशमा रहेका स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभा अन्र्तगत रहेका रित्त रहेका पदमा निवार्चन नहुँदा पदपूर्तीका लागी आवश्यक प्रवन्ध नभएको निर्वाचन आयोगको ठम्याइ रहेको छ । स्थानीय तह मार्फत ८५, प्रदेश सभा अन्तर्गत २० र राष्ट्रिय सभामा २ पद रिक्त रहेको बताइएको छ । साधरणत २०८१ सालको निर्वाचन पछि उक्त तहहरु पूर्ति नै भएका थिए तर पनि विभिन्न चरणमा भएका राजीनामाका कारण उपनिर्वाचनको कुरो राष्ट्रिय निर्वाचन आयोगमा उठाइएको बताइएको हो । विभिन्न स्थानिय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडास्तरसम्मका विभिन्न पद रिक्त रहेको बताइएको छ । 

स्थानीय स्तरमा फूटबल प्रतियोगिता हुँदै

काठमाडौं । फूटबलको रौतनकताले हरेक जसो खेलाडीको मनोबल बढाउँछ । विश्वस्तरमा ख्याती प्राप्त फूटबल म्याचहरु हेर्न दर्शकमाझ पनि लोकप्रिय रहेको हुन्छ नै ! भर्खर मात्र विश्वकप सँकिदा नेपालमा पनि राष्ट्रिय स्तरमा फुटबल प्रतियोगिताहरु थपिनु पर्ने आम चासोको विषय रहेको छ ।  हामी दक्षिण एसीयालीहरु साफ प्रातियोगिताहरु सम्झन्छौं । विशेषत नेपालको फुटबल खेलहरुलाई सम्झिँदा आकर्षक त हुन्छ तर विगत दशकहरुमा जितको पर्खाइमा रहेको चैं पाउँदैनौ । यससँगै फिफाले नेपाली फुटबल संघलाई नियन्त्रण गर्न खोजेको कारण यस वर्ष नेपाली फुटबल प्रेमीहरुको लागि दुखद पक्ष पनि रहेको पाइयो । तर स्थानीय स्तरमा यसै महिना दोलखाको  पर्यटकीय शहर जिरीमा एफाइभ–ए साईड टुर्नामेन्ट आयोजना हुने भएको छ ।  कार्यक्रममा ४० टिमको सहभागिता रहने बताइएको छ । हिमालयको काखमा रहेको जिरी उपत्यककालाई पर्यटन प्रवर्दन गर्न र खेलको विकास गर्न अझ सफा बनाइने भएको दोलखा जिरी स्थित सफल युवा व्यवसायी लीलाराम खड्काले बताए ।