गण्डकी । दुइ चिरामा विभाजीत नेपाली काङ्ग्रेस संसदीय दलको भनाभनका बिच पार्टी इतर समूहको महाधिवेशनको दिन पनि लम्वीदै गएको छ ।
आगामी मंसिरमा देउवा समर्थीत नेपाली काङ्ग्रेस पार्टीको अधिवेशन पनि प्रदेश इकाईहरुमा समापन भइरहेको छ ।
पुष्तान्तरणको विषयलाई लिएर चर्को नारा पछि पार्टीका यूवा समूह एकातिर चोइटिएको छ र आफ्नै तालमा समाविष्ट छ ।
इतर समूह अदालती निस्साको फेरोमा स्थापित हुन चाहन्छ ।
गगन थापा नेतृत्वको पार्टी महाधिवेशनमा इतर समूहका वरिष्ठ नेताको आगमनको हौसलfमा एक खाली कुर्सी राखिएको भन्ने स्पष्टोक्ति दिन्छ त कहिले भाषणबाजी गर्दै इतर समूह अब दुई कांग्रेस एक ढिक्का हुनै नसक्ने भाषण मञ्चन पनि गर्छ ।
यसै मेसोमा नेपाली काङ्ग्रेस दलका पूर्व प्रधानमन्त्री तथा संसदीय दलका नेता शेर बहादुर देउवाले पोखरामा आयोजित नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्वोधन गर्दै आफ्नो जीवन सदैव नेपाली जनता र देशको लोकतान्त्रिक अभ्यासमा समर्पण गर्ने बताउनुभएको छ ।
पोखरा स्थित संसदीय दलको एक समारोहलाई उद्घाटन गर्दै उहाँले आफू सदैव सामाजिक न्याय र जनताको मागलाई सम्बोधन गर्ने पक्षमा उभिएको प्रकासमा पार्नुभएको थियो ।
आगामी महाधिवेशनले जनताका पीरमार्का र अन्यायलाई सम्वोधन गर्ने उहाँको स्पष्टोक्ति रहेको थियो ।
उहाँले आफू हंकङ्ग र सिंगापुरमा स्वास्थ्य उपचारमा रहि स्वास्थ्य रहेको बताउँदै उहाँले लोकतन्त्रिक बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिबाट आफू कहिल्यै टाढा नभाग्ने तर्फ संकेत गर्नु भएको थियो ।

Comments
Post a Comment