युवाहरुको मष्तिस्कलाई चुस्त राख्न नेपाल सरकारले कृतिम बुद्विमता सम्वन्धी तालिम दिने भएको छ । विश्वमा एआईको होडबाजी चलिरहेको बेला युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते बेरोजगार युवालाई लक्षित गरेर एआईको प्रभावकारी प्रयोगका विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको हो । एआई अन्तर्गत च्याट जीपिटी र क्लाउड विषयको एआई प्रयोगको युवाहरुलाई बिहान र बलुकी २/२ घण्टा फरकको तालिम दिने बताएको छ । सरकारी कोटा अन्तर्गत १५०० देखि २००० प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन लागिएको हो । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विद्यार्थी माथि कृतिम बुद्वीमताको तालिमले युवा माझ इमेल, टिपोट र भिडियो सम्बन्धी ज्ञान हासिल गर्न सरल हुने तथा रोजगार र नयाँ अनुभुतिको अभ्यास हुने बताए ।