Posts

Showing posts from November 17, 2015

नाना थरीका सन्तान

सन्तोष कवि हो  । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक,  चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ? सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो । सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफिस वरिपरी