Posts

Showing posts from June 27, 2015
 ऐना, बन्द कोठा अनि क्षितिज २०७१ साल फागून  १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन  । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को ।        यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ ।     संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुवादी देश भनी चरित्र उच्चारण गर्छन । त्यस्तो राजनीतिक ने