Posts

Showing posts from January 13, 2026

काङ्ग्रेस केन्द्रिय समितिको बैठक

काठमाडौं । काङ्ग्रेस केन्द्रिय समितिको बैठक अपरान्ह १ बजे पार्टी हल सानेपामा बस्ने भएको छ । पार्टीका ७ वटै सभापतिहरुलाई पार्टीमा छलफलमा बस्नकोको लागि सर्कुलर जारी गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलको आवागमन

 काठमाडौं । राजधानीको चक्रपथको सडक ट्राफिक प्राय अस्तव्यस्त हुने गर्छ । अफिस समयमा चक्रपथबाट सिंहदरबार तिर पस्ने वसहरु प्राय खोचाम खोच हुने गर्छ । साँखुबाट चाबहिल तिर आउने वस, बेनपाबाट काठमाडौं आउने वस, थानकोट बाट काठमाडौं छिर्ने बसहरुको हाल यस्तै हुन्छ । यसै मेसोमा सोमबार दिनको ४ बजे तिनकुने , कोटेश्वरबाट लगनखेलको आवागमन बुझ्न हामीले एउटा दृश्य खिचेका थियौं ।

ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित

Image
 विश्वव्यापी जलवायु परिवर्तनको विश्वव्यापी साझेदारी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित हुने बताइएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत कानुनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड दिएका छौँ ।” यसर्थ नेपाल जस्तो विकासशील राष्ट्रले पाउँदै आएको सहयोग रकमबाट केही हिस्सा भने अवस्य कटौती हुने बताइएको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय संस्थामा विभिन्न मुलुकसँग आबद्ध आर्थिक तथा सामाजिक परिषद् तथा महादेशीय कमिसन, आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानुन कमिसन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फौजदारी न्यायका लागि अन्तर्राष्ट्रिय संयन्त्र, शान्ति स्थापना कमिसन, शान्ति स्थापना कोषबाट पनि  हात झिकेको हो । 

पाार्टीमा सिटौलाको प्रभाव

Image
कृष्ण प्रसाद सिटौला नेपाली काङ्ग्रेसका विद्वत नेता भित्र समाहित हुन्छन्। उनले विस्तृत शान्ति सम्झौतामा उल्लेखनिय भूमिका पनि निर्वाह गरेका थिए । कांग्रेसको गुटमा सिटौला कहिले पछि परेनन् । झापाका राजनीतिक हस्तिका रुपमा सिटौलाको नाम कहिले केन्द्रिय समितिमा कथमकदाचित अध्यक्षको पदको लागि दाबी नगरिएका सुमधुर पात्र हुन् यद्यपी अहिले उनै सिटौला काङ्ग्रेसको मतलाई लिएर सदाचारपूर्ण राजनीतिमा पार्टीलाई एकोहो¥याइरहन भ्याएका छन्  । अवको राजनीति सुमधुर ऐना भित्रको दुरदर्शनमा जाला भनेर प्रक्षेपण गर्न नेपाली साखकर्ताहरुले सुन्नमा ध्याउनेछन् भनि विश्लेषण गरिएको छ । १३औं महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेल र सिटौलाबीच विरासतको लडाइँ भयो । यी दुईबीचको प्रतिस्पर्धाकै कारण शेरबहादुर देउवा सभापति बने र कांग्रेसभित्र तेस्रो समूह खडा भयो । ्रअहिले उनी सुनिश्चित छन् पार्टीको राजनीति चलायमान होस र आगमी हुने राष्ट्रिय महाधिवेशनमा पार्टीले उल्लेखनिय भूमिका खेलोस र आम जनताको नजरमा काङ्ग्रस पार्टीको दिशा समुन्नत सिद्वान्त तर्फ जाओस् भनेर ।

भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने

Image
  काङ्ग्रेस विशेष महासमितिको वैठकमा प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केही प्रतिवेदनका मस्यौदा समावेश गरेका छन् ।  उनले पार्टीमा युवा प्रतिनिधित्व, सुशासन, सरकारमा निश्चत कालखण्ड जस्ता कयौं मुद्वामा विशेष ध्यानाकर्षण गराएका छन् । उनले भावी निर्वाचनमा गठबन्धन नगर्ने पनि प्रकाशमा ल्याएका छन् । उनले पार्टीको सिद्वान्त, मूल्य र मान्यतार्ला अक्षम्य राख्नुपर्ने बताएका हुन् । भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने उनले खुलस्त पारेको बताइएको छ ।