Posts

Showing posts from April 13, 2019

Friday Chaitra 29, 2075

आज शुक्रबार, मलाई संसोधनवाद के होला भन्ने प्रश्नले कुत्कुत्याइरहेको छ । संसोधनवाद भनेको विचारमाथि गरिने संसोधन हो । आफैं भित्र प्रश्न गर्दा वाक्क भएको छु । रिमाल जी लाई सोद्दा वहाँ अनविज्ञ रहेको बताउनुहुन्छ । आज रिमालजीले माछा तन्दुरी ख्वाछु भनि चिकेन नान ल्याउनु भएछ तर के सँधै जस्तो चिकेन नै खानुपर्छ भन्ने वाद नै संसोधनवाद हो । म पक्कै साथीहरु सँग वार्तालाप गर्छु अनि त्यसको विश्लेषण हुन्छ कि त ! मैले हिजो वीर अस्पतालमा वाहिर प्राङ्गणमा वसी टिकट काटेँ । डाक्टरसाबले पूर्जीमा औषधी लेखि दिए ग्यास्ट्रिकको दबाइ र वी कम्प्लेक्स त सजिलै पाइयो तर एउटा औषधीको लागि अस्पतालको लेटरप्याड र डाक्टरको सही छाप नै चाहिँदो रहेछ । दश रुपैयाँमा केही पत्ता खाएपछि अलि राहत मिलेको छ । संसोधनवाद सम्बन्धि अंग्रेजी किताब त छ कसरी पाना पल्टाउँ । चिसो किचनमा समाजवादका पाना पल्टाउँदा विरामी परेको कुरा सम्झन्छु अत्यासलाग्छ आफ्नै सुत्ने खाटमाथि । भाँडा मस्काउन पानी नहुने अनि राती फोहोर सँगै बस्नुपर्ने बाध्यता अस्पताल गएर आइसकेपछि अत्यास लाग्छ । थर्मसमा तातोपनी सार्दै पढ्दै गर्न त मज्जा लाग्छ । परिक्षाका दिन एउ