जनकपुरधाम । विभिन्न अडकलबाजी पछि मधेसमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) संसदीय दलका उम्मेदवार सरोज कुमार यादव मुख्य मन्त्री पदमा नियुक्त भएका छन् ।
यसअघि संसदीय दलहरुको अंक गणित नमिल्दा नेपाली काङ्ग्रेस संसदीय दलका सदस्य कृष्ण प्रसाद यादवले पदबाट राजीनामा दिएका थिए ।
उनलाई समकक्षी दलहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबाट राजीनामा दिन बाध्य पारिएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बाट सरोज कुमार यादव वारा जिल्लाबाट उम्मेदवार भएका हुन् ।

Comments
Post a Comment