Skip to main content

Posts

Showing posts from October 26, 2026

चलचित्र विकास वोर्डको अध्यक्षमा “पण्डित”

नेपाली चलचित्र विकास बोर्ड नेपाली सिने जगतको छाता संगठन हो । यही आश्विन ३० गते शुक्रवार मन्त्रि परिषदको वैठकबाट चलचित्र विकास वोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् ।  विकास वोर्डमा मनोनित हुँदै पण्डितले भनेका छन्, “सरकारको काम सिनेमा बनाउने हैन सिने कालाकारलाई प्रोत्साहन गर्नु हो । चलचित्र कर्मी अपनत्वीत हुनु हुँदैन । ” सिनेमा जगतको प्रतिष्ठालाई मूल्याङ्कन गर्ने, चलचित्रकर्मीको पारिश्रमिक बढाउने, बक्स अफिसलाई सुधार गर्ने र नेपाली सिने लहरलाई विश्व सामू चिनाउने ध्येय लिई बनेको विकास वोर्डको निवर्तमान अध्यक्षमा दिनेश डिसी निर्वाचित थिए ।

चालकको असावधानीबाट चाडपर्वमा हुने दुर्घटनामा बढोत्तरी

काठमाडौं । हरेक वर्ष नेपालका राजमार्गहरु चाडपर्वमा असुरक्षित बन्दै गएका छन् । यस वर्ष पनि दशैंमा दुर्घटना हुँदा १२४ जनfको मृत्यु र हजारभन्दा बढी घाइते भएको तथ्याङक सार्वजनिक भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असोज २५ गते बाट कात्र्तिक ८ गतेसम्म १ हजार ३३९ सवारी दुर्घटना भएको र १३४ जना को मृत्यू भएको साथै ९८८ जना व्यक्ति घाइते भएको बताएका छन् । सवै भन्दा बढि मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।  ट्राफिक नियम उल्लङ्घन गर्ने माथि कारबाही दशैंको टिका अवधि भर ७०३ जनाले सवारी साधन अवैधानिक तरिकाले चलाएका थिए ।  मादक पदार्थ सेवन गरी चलाउने, अनियन्त्रीत गतीले सवारी साधन चलाउने, छतमाथी चढेर चलाउने सवारी चालकहरुलाई कार्बाही गरेर छाडिएको ट्राफिक महाशाखाले बताएको छ । (नागरिक न्युजबाट)

सुदुरपश्चिम सरकारमा हल्लीचल्ली, कांग्रेसले माग्यो राजीनामा

काठमाडौं । संसदीय दल कांग्रेसले सुदुरपश्चिम को सदनमा बस्न असहमति जनाएको छ । खासगरी बजेटको विषयलाई लिएर भनाभन भएपछि पार्टी सदनमा विभाजनमा परेको बताइएको छ । कांग्रेसीय दलले आर्थिक बजेटको प्रारुप संसदमा आवश्यक छलफल नभइ एकोहोरो ढंगले बजेट प्रस्तुत भएपछि रुष्ठ भएको बुझिएको छ । कांग्रेसले भनेको छ, “ नैतिक, संवैधानिक , कानूनी, राजनीतिक परामर्श वेगर संसदमा समाहीत हुनु अराजकताको पराकाष्ठा हो । ” कांग्रेसले २०८३÷८४ को बजेटलाई आधार बनाई छलफल र आवश्यक परामर्श नभएको खोट लगाएको छ ।  प्रतिपक्षी दलसंग आवश्यक छलफल नगरी अनावश्यक पुरक बजेट ल्याएकोमा कांग्रेसले विमती जनाएको बुझिएको हो । यस्तो अभ्यासले लोकतान्त्रीक राजनीतिक ंसंस्कार, संसदीय मर्यादा र मूल्य मान्यतामाथि प्रहार गरेको निश्कर्ष कांग्रेसको छ । निवर्तमान मुख्यमन्त्री रहेका कमलबहादुर साहीले यसअघि नै सरकारप्रति विमती जनाउँदै आएका बुझिएको छ । (स्रोतः नागरिक न्यूज)