Posts

Showing posts from September 4, 2016
                   यात्रा                कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो । त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ ।  त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबाट आएको रहेछ । गाना सुन्दै विदेशी आइफोन बोकेर यात्रामा मन्त्र मुग्ध भई निदाउँदै थियो उ । एउटा स