Skip to main content

Posts

सीमापार बिजुलीको ठेक्का पट्टा निजी स्तरलाई पनि

            नीजी क्षेत्रलाई समावेश गर्न नयाँ उर्जाको रणनितिको शुरुवात गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ ।             उक्त आशय पत्रमा बिद्युत बजारको अध्ययन, अनुसन्धान, प्रारम्भिकता र व्यापार गर्न मन्जुरीनामा दिने प्रस्ताव गरिएको बताइएको हो । जसले गर्दा नीजि क्षेत्रलाई दिगो सम्भावना, आर्थिक पहिचान, व्यवसायिकता प्रदान गर्ने सुनिश्चितता थपिएको मन्त्रालयको स्पष्टोक्ती रहेको बताइएको छ ।             यद्यपी आशय पत्रमा हस्ताक्षर गर्ने वित्तिकै नीजि क्षेत्रलाई विद्युत व्यापारीकरण गर्न सहजताको माध्यम भने नहुने बताइएको छ । विद्युत मौज्दात कारोबारमा दाखिला हुन व्यापार व्यवसाय कानूनी रुपमा नविकरण हुनुपर्ने मान्यता रहेको बताइएको छ । यस किसिमको प्रकारताले निजिस्तरमा व्यापारको दिगो आशा राखेको बताइएको छ ।
Recent posts

कृषी मन्त्री गीता चौधरीको संयुक्त राष्ट्र संघका प्रतिनिधिसंग भेटवार्ता

काठमाडौं । कृषी, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले  संयुक्त राष्ट्र संघका आवासिय संयोजक लिला पिटर्स याहिया  संग शिष्टाचार भेट गर्नु भएको छ । उक्त भेटघाट समारोहमा मौसम परिवर्तन, विपदकाल र वातावरणीय जोखीम न्यूनिकरणको विषयहरुमा थप परामर्श गरिएको बताइएको छ ।  भेटमा मन्त्री साहले नेपाल अझै जलवायुको कार्यसूचीमा रहेको, जलवायु विपदजन्य कार्यहरुमा संयुक्त राष्ट्र संघले आपतकालमा परिआएको समस्या हलको मूद्वालाई माथि सदस्य राष्ट्रहरुमा विषय उचाल्नुपर्ने कुरा दोहो¥याउनु भएको थियो । उहाँले युवा, महिला, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सशक्तिकरणको मुद्वा उठाउनु भएको थियो ।

लुम्बीनीमा जसपा नेपालकी सांसदको राजीनामा माग, किर्ते गरेको आरोपमा मुद्वा दायर

 काठमाडौं । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य अम्बिका काफ्लले गण्डकी प्रदेश सांसद पदबाट आफूलाई किर्ते जालसाँझी गरेर पदमुक्त गर्न लागेको भनी अदालतमा मुद्वा दायर गरेको बताएकी छिन् ।  आज मंगलबार पत्रकारहरुको साक्षतकारमा बोल्दै उनले विपक्षी दलले आफुलाई अनदेखा गरी गुपचुप माध्यमबाट झुटो जालसाँजी प्रमाणिकरण गर्न लगाएको वक्तव्यबाजी गर्न बताएकी छन् । हालसम्म कुनै दल तिर आफू उन्मूख नभएको कारण उनले मुद्वा दायर गरेको जारी फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई प्रतिवादी बनाइएको छ। 

चक्रवात आँधि अर्नेबबाट सतर्कता रहन आग्रह

११ कार्तिक गते देखि १४ सम्म चल्ने वंग्लादेशी चक्रवात “अर्नेब” का कारण कृषकहरुको ध्यानका लागि मौसम विभागले सजग गराएको छ । उनीहरुलाई शुक्रबार देखि नै अन्नवाली भित्राउन सजग गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हुनसक्ने अनवरत वर्षा, हिमपात, हावाहुरी र मेघगर्जनको वर्षा को सम्भावनालाई मध्यनजर गर्दै उच्च हिमाली क्षेत्रमा हुन सक्ने हिम पहिरो, पहाडि क्षेत्रमा हुन सक्ने जोखिमका कारण साधारण हिंडडुल समेत गर्न सतर्कता अपनाउन जरुरी रहेको बताइएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  बताइएको छ भने  चक्रवात आँधीको कारण नेपालको अंधिकास भूभागमा असर रहने कुरा बताइएको छ । 

असोजमा झन्डै ६ अर्वको विद्युत निर्यात

काठमाडौं । बाढी पहिरोले विद्युत गृहहरुमा क्षति पु¥याए पनि आश्विनमा लगभग ६ अर्वको विद्युत निर्यात भएको पुष्टि भएको छ । नेपाल विद्युत प्राधिकरण भार प्रेसण केन्द्रको तथ्याङ्क अनुसार ४० प्रतिशत विद्युत थप आयोजनाहरुबाट भारत तर्फ निकाशा भएको छ । अघिल्लो वर्षको अनुमानित आम्दानी भन्दा यो एक करोडको बढि मुनाफा विद्यूत प्राधिकरणको हो भने हरियाणा, विहार नेपालको लागी उर्जा बजार रहिआएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरण (सिईए)ले कार्तिक ६ गते ४० मेगावट विजुली अन्य आयोजना मार्फत बंगलादेश तर्फ  निर्यात गर्ने बताएको छ ।  भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ। 

एआईले ऐतिहासिक ग्रन्थहरुको खोजी गर्ने

 काठमाडौं । २१ औं शताब्दीमा एआई अर्थात कृतिम बुद्विमताको प्रयोग मानव वौद्विक विकासको श्रृङ्खला भन्दा परको वैज्ञानिक प्रविधिको छनौट मानिन्छ । संसारका उच्चतम विकास भएका देशहरु अमेरिका, बेलायत, जापान, चीन, अष्ट्रेलियामा यसको प्रयोग सरकारी कामकाजको रुपमा, रक्षा विभागमा, आर्थिक तथा सूचना विभाग, प्रविधियुक्त सामाजिक सञ्जाल सबैतिर छाएको छ । नेपालमा पनि यसको प्रयोग सरकारी मन्त्रालय, सूचना विभाग, स्वास्थ्य मन्त्रालय, आर्थिक, सामाजिक तथा सार्वजनिक सवै क्षेत्रमा समाहित हुँदै आएको छ । कृतिम बुद्विमताले मानिसले प्रविधिमा गर्ने अभ्यासलाई मौलिक तरिकाले डाटाहरुको छनौट गर्छ र प्रविधियुक्त तरिकाले प्रशोधन गरी कम्युटरमा पुनःस्थापित गरिदिन्छ । एआईले पुराना नेपोलियन वोर्नापार्टाका रहस्यलाई उजागर गरेको प्रसंगहरु सुन्न थालिएका छन् । सन् १८०९ मा भएका फ्रान्सेली सेनाका युद्वका गाथाहरुलाई एआईमा समावेश गरिएको पाइएको छ । यस्तै गणित तथा कम्युटर साइन्सका समस्याहरुलाई समाधान गर्न पनि एआईको महत्वलाई नकार्न नसकिने वैज्ञानिकहरुको राय रहेको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको अध्यक्षमा डा. संगिता कौशल मिश्रालाई छनौट गर्ने

 काठमाडौं । विश्व स्वास्थ्य संगठनको संसारभरीमा  ६ वटा छाता संगठन रहेको छ । दक्षिण पूर्वी एसियाको अध्यक्षको छनौटमा बालेन सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रालाई छनौट गर्ने निर्णय गरेको छ । उनलाई यसअघि सरकारले स्वास्थ्य मन्त्रालयको कार्य सञ्चालनमा प्रोत्साहन दिएको थियो । स्वास्थ्य स्थित उच्च स्रोत अनुसार उनलाई सो पदावलीको लागी जिम्मेवारी दिन लागिएको बताइएको छ । विश्व स्वास्थ्य संगठन विश्वभर मानव शारिरीक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक रहनसहनको उपचारार्थ काम गर्ने नियोग हो । सन् २०२३ को निर्वाचनबाट वंग्लादेशकी साइमा वाजेदले राजनीतिक परिवर्तन पछि आफ्नो पदबाट राजीनामा दिएपछि नेपालकी डा. मिश्राको पालो आएको हो । सन् २०२३ को निर्वाचनमा भारत, वंग्लादेश र नेपालबीच नेतृत्वको लागि प्रतिष्पर्धा भएको थियो । यस पदको अवधि पाँच वर्षको हुने बताइएको छ । दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र टिमोर–लेस्टे गरी ११ सदस्य राष्ट्र छन् ।