काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यकारी सभापति पूर्ण बहादुर खड्का पनि महाधिवेशनको लागि जाने प्रतिबद्वता तयार भएको पार्टीको आन्तरिक श्रोतले खुलाएको बताइएको छ ।
नेपाली काङ्ग्रेस पार्टी आन्तरिक स्वभावले सधैं फूटको संघारमा रह्यो चाहे दाजु मातृका प्रसाद कोइराला र प्रधानमन्त्री विपि कोइरालाको बीचमा राज काजको सम्वन्धमा होस । चाहे पूर्व प्रधानमन्त्री जिपी कोइराला र पूर्व सभापति शेर बहादुर देउवाका बीच होस् सधैं पदको टकरावको स्थीति नै रह्यो ।
नेपाली काङ्ग्रेस नेपाली प्रजातान्त्रिक काङ्ग्रेसको नाममा परिणत भएका दिन पनि आएकै हुन् ।
हालसालै वि.पि. स्मृति दिनको दिन पूर्व प्रधानमन्त्री देउवा, गगन माथि नकारात्मक प्रादुर्भावको रुपमा खनिए भन्ने समाचार पनि नेपाली मिडियामा छ्यास आए ।
यसै विच शेखर कोइराला पक्षधर नेताहरु काङ्ग्रेस पार्टी लाई मजबुत बनाउनु पर्ने ध्याउन्नमा लागेका छन् भने उता स्याङ्जाबाट सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।
यसै वीच पार्टी इतर पक्षले ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ । असोज ३ गते भित्र जिल्ला, संघ, प्रदेश, पालिका र वडाहरुमा समितिहरु गठन गर्ने पनि बताएको छ ।
केही जिल्लामा तत्काल प्रतिनिधिहरु खटाइएको र काठमाडौंमा २१, २२ र २३ गते सम्मेलन हुने बताइएको आन्तरिक श्रोतले बताएको छ ।





