काठमाडौं । गगन थापा नेतृत्व नेपाली काङ्ग्रेसको चुनावी सरगम सेलाउन नपाउँदै आंशिक सदस्यहरुमा जिम्मेवारीहरुको लस्कर लागेको छ । पहिले त महाधिवेशनमा के नाराको सम्भावना हुने लोकोत्ती नै तयार भएको थिएन । बल्ल बल्ल सकसका बीच लोकतान्त्रिक समाजवादको नारा मञ्चमा घन्कियो । जेनजी विद्रोहसंगै धुवाँ र आगोको लप्काले पुत्पुतिएको नविन काङ्गेसमा हौसलाको मात रह्यो ।
उता पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेर बहादुर देउवा र धर्मपत्नी आरजु देउवा माथि घरै स्वाहा पारेर सांघातिक आक्रमणले विचलित पार्टी यूवा पंक्तिलाई आन्दोलनको लप्काले विचरण गर्न वाध्य तुल्यायो । उनीहरुले इतिहास पर कुनै निस्सा देखे भने त्यो हो पार्टीको वैधानिकता माथिको प्रश्न !
मानिलियौं एक ज्वारभाटा आँउदै छ, कलिला नौ जवानका लात्ते भकूण्डो र सुम्सुम्याईले अलिकती विसर्जनबाद तर्फ दाईँ गर्न मिल्छ र पार्टी भित्र रहीरहन हारगुहार हुनेछ ।
ठ्याक्कै यही व्यगं विनोदले एकीकृत नेपाली काङ्ग्रेस चोइटियो । राष्ट्रको दुर्गामी र हिमायती शक्तिलाई विभाजीत तुल्यायो ।
पार्टी शिलशिलामा अनौठो कार्यविभाजन चम्कियो । पार्टी इतर पक्षबाट गगन कार्बाहीमा परे । त्यसपछी आफ्नै अडान वा वहकाउमा उनी भृकुटीमण्डप महाधिवेशनबाट सर्वसम्हत अध्यक्षको उम्मेदवारमा परे र जिते पनि ।
उनको यो सफलताले संवैधानिक संकटतर्फ उद्वेलित संविधान सभाको विघठन भएको शुसीला कार्की नेतृत्वको तजविजी सरकारले चुनावी उपादेयीताको क्षणमा के आर्जन गर्न सक्ला ! जस्तो भान भएको थियो । उनको चुनावमा पदन्नोती हुन्छ भन्ने सोचियो तर ठीक उल्टो परिमाण उनको आयो ।
२०८२ को संविधान सभाको निर्वाचनले नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीमा लगभग २ तिहाई मतको परिमाण स्वघोसित गरिदियो । चुनवी परिणामबाट अलग रहन परामर्शको अनुकुल थियो । वातावरण सापेक्ष थियो । विधिवत प्रयासहरु बौद्विक तप्का र कार्यकर्ता माझ नभएका होइनन् यद्यपी पार्टीलाई व्युताउन १५ औं महाधिवेशनको सकसको जोखिमबाट बाहिर ल्याउनुपर्ने बाध्यता आयो जसको फलदायी आशा निर्वाचन आयोगले नवगठित नेपाली काङ्ग्रेसलाई चुनावको स्थितिमा सहमती जनायो ।
त्यसो त गगन थापा इतर पार्टीका कारबाहीमा परेका सदस्य हुन जो साधारण कार्यकर्ताको हैसियतमा बर्हिगमित थिए ।
प्रारम्भत जुन हाँक र प्रतिष्ठा उनको व्यक्तित्वले ग्रहण ग¥यो निसन्देश उनको स्वास्थ्यको लागि यो अनुकुल थियो । उनी लहडबाजी लगाउँदै थिए यो महाधिवेशनमा म अध्यक्षमा जित्छु, जित्छु । यो पुष्तान्तरणको नव युग हो । बुढेशकालका वयस्क नेता गणले नेपालको राजनीतिक हिसाब किताबमा प्रणालीगत कार्ययोजना अन्तर्गत अभिभारा बोक्न पाउँदैनन । यो हाम्रो नयाँ पार्टीको स्पष्ट सन्देश हो ।
यसै मेशोमा विश्व प्रकाश शर्माहरु पनि पार्टीकै समायोजनका लागी दौड धुपमा मस्त थिए । कतै भृकुटीमण्डपमा भएको मसाल जुलुस होस् वा कतै हातेमालो ।
निर्झर पार्टी पंक्तिमा समावेश भएका बेला बुढा नेताहरुलाई लामबद्व पार्नु आजको नतिजा किमार्थ एकल सोच भएन र !
आज पार्टी इतर पक्षका सदस्य शेखर कोइरालाहरुको राजनैतिक हिसाब खोसिएको छ । कसरी समायोजन गर्ने भनेर !
नाता सबै एकै परिवार हो जस्तो लाग्छ । सुन्दा आत्मग्लानी होला युवा माझ तर पुरानो अनि वि.पि.को लोकतान्त्रीक समाजवादी पार्टीको औपन्यासिक खण्डन अनि चार तारे नेपाली काङ्ग्रेस र इतर पक्ष कुन समावेशी त्यो त आउने दिनले देखाउला ।
पार्टी विभाजनमा परेर महामन्त्री बनेका प्रदिप पौडेलले भन्न थालेका छन् २ सभापति, २ चुनाव चिन्ह र २ प्रतिष्ठान भएका अलग धार भएका पार्टीको नाम एकै भएपनि एकिकरणको संभावना न्यून र विचारणिय छ ।
आज काङ्ग्रेसका नेताहरुमा हरु पदहरुको जिम्मा बाँडीएको छ पार्टी समिकरण मिलाउन भन्दा आर्थिक भार उनीहरुमाथि थोपरिएको छ काँधमा जिम्मेवारीहरु महाधिवेशन पछि नगन्य स्थितीमा बढेका छन् पनि !

Comments
Post a Comment