काठमाडौं । हरेक वर्ष नेपालका राजमार्गहरु चाडपर्वमा असुरक्षित बन्दै गएका छन् । यस वर्ष पनि दशैंमा दुर्घटना हुँदा १२४ जनfको मृत्यु र हजारभन्दा बढी घाइते भएको तथ्याङक सार्वजनिक भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असोज २५ गते बाट कात्र्तिक ८ गतेसम्म १ हजार ३३९ सवारी दुर्घटना भएको र १३४ जना को मृत्यू भएको साथै ९८८ जना व्यक्ति घाइते भएको बताएका छन् ।
सवै भन्दा बढि मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने माथि कारबाही
दशैंको टिका अवधि भर ७०३ जनाले सवारी साधन अवैधानिक तरिकाले चलाएका थिए ।
मादक पदार्थ सेवन गरी चलाउने, अनियन्त्रीत गतीले सवारी साधन चलाउने, छतमाथी चढेर चलाउने सवारी चालकहरुलाई कार्बाही गरेर छाडिएको ट्राफिक महाशाखाले बताएको छ ।
(नागरिक न्युजबाट)

Comments
Post a Comment