काठमाडौं । बाढी पहिरोले विद्युत गृहहरुमा क्षति पु¥याए पनि आश्विनमा लगभग ६ अर्वको विद्युत निर्यात भएको पुष्टि भएको छ ।
नेपाल विद्युत प्राधिकरण भार प्रेसण केन्द्रको तथ्याङ्क अनुसार ४० प्रतिशत विद्युत थप आयोजनाहरुबाट भारत तर्फ निकाशा भएको छ ।
अघिल्लो वर्षको अनुमानित आम्दानी भन्दा यो एक करोडको बढि मुनाफा विद्यूत प्राधिकरणको हो भने हरियाणा, विहार नेपालको लागी उर्जा बजार रहिआएको छ ।
भारतको केन्द्रिय विद्युत प्राधिकरण (सिईए)ले कार्तिक ६ गते ४० मेगावट विजुली अन्य आयोजना मार्फत बंगलादेश तर्फ निर्यात गर्ने बताएको छ ।
भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो ।
अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ।

Comments
Post a Comment