Posts

Showing posts from September 7, 2013
एक अक्षर अनेक श्रृजना अक्षरहरुका मीठा शब्द जब केलाइन्छन् । तव मानसमटलमा चित्रहरु उतरिन्छन् । ती चित्रहरुलाई खाना खुवाइनुपर्दैन । ती रसिला वाक्यहरुले मष्तिस्कका कोशिकाहरु तिष्ण बनाइदिन्छन् । रातारात म प्रगाड हुन्छु । जब शाहित्यले आनन्द दीन्छ तव  श्रृजनाहरु स्पष्ट बनाइदिन्छ । रसिला, गुलिया, मीठा अनि कडा शब्दले  मश्तिष्कका तन्तुहरु चलायमान बनाउँछन् । त्यहाँ माया त्यसै प्रगाड हुन्छ । यी अक्षरहरुले मायारुपी संसारलाई क्षितिज पनि आफ्नो बनाउँछ । त्यही क्षितिजलाई समाउँदै रम्न कति मजा आउँछ त्यो त अक्षर, शब्द र वाक्य चाल खेलाउनेलाई नै थाहा हुन्छ । जब पुस्तकका पाना पल्टीन्छ मस्तिष्कमा अर्को छाल आउँछ । त्यहाँ प्रेम माया सबथोक पाइन्छ । त्यहाँ भट्टी पस्नुपर्दैन वाइन पाइन्छ । त्यहाँ शौखिन जीवन पाइन्छ । जव भाषा बुझ्न गाह्रो हुन्छ नी फेरी त्यहाँ आँफै पनि हराईदो रहेछ । प्रत्येक अक्षरहरुमा कोपिला पाइन्छन्  नाई कसरी भनुँ । रात वितोश यस्तै पुस्तकमा, रात रहे अग्राख पलाउँछ ।