Posts

Showing posts from January 9, 2026

आज देशको राजधानीमा सार्वधिक चिसो

Image
काठमाडौं । निरन्तर ओरालो लाग्दो तापक्रम २.४ डिग्री मा झरेका बताएएको छ ।  मौसम विज्ञान तथा महाशाखाले काठमाडौं बासीहरुलाई मौसमबाट जोगीन न्याना तथा बाक्ला कपडा लाउन अनुरोध गरेको छ । आज सवैभन्दा कम तापक्रम हुम्लामा ७.७ डिग्री मापन गरिएको छ  भने देशको दक्षिण पश्चिम बङ्गालको चापिय वायुले देशको मौसममा प्रभाव परेको तथा कोशी, मधेस वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लाग्ने तथा देशका अन्य भागमा मौसम सफा रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिताको बहस

Image
आगामी निर्वाचन आचार संहिता कस्तो रहने भन्ने विषयमा निर्वाचन प्रमुख आयुक्तहरुबीच छलफल भएको छ ।  निर्वाचनका प्रमुख आयुक्त राम प्रसाद भण्डारीसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता लागु गरिएकोमा खुसी व्यक्त गरेकी छिन् । आयुक्तहरु जानकी तुलाधर, सगुन समशेर जबरा र  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई भेटघाट् समारोहमा उपस्थित रहेका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको लागि चाहिने निर्वाचन समाग्री, जनशक्तीको परिचालन, निर्वाचन सुरक्षा र आचारसंहिता एक जटील प्रश्न रहेको बताएका थिए  भने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा हुने दोहो¥एकी थिइन ।

कुन पदार्थहरु बजारमा महंगो

Image
नेपाल राष्ट्र बैंकले सर्वधारणले खरिद गर्ने बजार भाउ औषत १.६३ प्रतिशतमा सिमित रहेको बताएको छ । यो दर नियमीत बजार भाउ भन्दा निकै तल रहेको हो ।  मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको बताइएको छ । त्यस्तै गैह्र खाद्य सेवा समूहको मुद्रा स्फिती ३.७५ प्रतिशतले रहेको बताइएको हो । हाल वृद्वि रहेका केही पदार्थहरुमा घ्यू, तेल, गैह्र मदिराजन्य पदार्थ, दुग्ध पदार्थ, अण्डा पर्दछन् ।

महाधिवेशन तोकिएपनि नेतृत्व कस्ले लिने भन्ने प्रश्नमा नेपाली कांग्रेस

Image
भनिन्छ, राजनीतिमा आफन्त  नातागोता कोही भनिँदैन, राजनीतिज्ञका आसेपासे भएपनि इष्टमित्र र पार्टी कार्यकर्तासँग लगाव हुन्छ राजनीतिक अभिष्ट नेताको शौक नै हो । यतिखेर नेपाली काङ्ग्रेस पार्टीमा १५ औं महाधिवेशनको चटारो छ । एउटा व्याख्या र विधानको चर्चा छ भने अर्को राजनैतिक मुद्वा र सिद्वान्तको । पार्टीको विशेष महाधिवेशनमा आफ्नो नैतिक धरातल र सिद्वान्तमा कसी लाउन खोज्ने नेताहरु आज फेरी गुट उपगुटबाट प्रभावित बन्न खोजेका छन् । पार्टी नेता गगन थापा ०८३ मा महाधिवेशन हुने ठोकुवा गरिरहेका थिए । सभापति देउवाले ०८४ को चुनाव पछि पार्टी महाधिवेशन तर्फ धकेलिने इंगित गरेका थिए । पार्टीका शिर्ष नेता शेखर कोइराला ०८३ मा महाधिवेशनको लागि आव्हान गर्दै हिंडेका थिए । जेन–जी को आन्दोलन पछि विश्वप्रकास शर्मा पनि कोइरालाकै लाइनमा आइपुगेका थिए । पार्टीको नेतृत्व र सिद्वान्त बदली पार्टि महाधिवेशनको संघारमा जाने उनीहरुको तर्क थियो । २१ फागुन अघि महाधिवेशनको चर्चा गर्ने कोइराला र देउवा निर्णायक मोडबाट पन्छिएका छन् । पार्टी अधिवेशनको संघारमा गए पार्टी नेतृत्वको रस्साकस्सीमा कतै फूटको संघारमा जाने त होइन ? प्रश्न घुम...