Skip to main content

सुदुरपश्चिम सरकारमा हल्लीचल्ली, कांग्रेसले माग्यो राजीनामा

काठमाडौं । संसदीय दल कांग्रेसले सुदुरपश्चिम को सदनमा बस्न असहमति जनाएको छ । खासगरी बजेटको विषयलाई लिएर भनाभन भएपछि पार्टी सदनमा विभाजनमा परेको बताइएको छ ।


कांग्रेसीय दलले आर्थिक बजेटको प्रारुप संसदमा आवश्यक छलफल नभइ एकोहोरो ढंगले बजेट प्रस्तुत भएपछि रुष्ठ भएको बुझिएको छ ।

कांग्रेसले भनेको छ, “ नैतिक, संवैधानिक , कानूनी, राजनीतिक परामर्श वेगर संसदमा समाहीत हुनु अराजकताको पराकाष्ठा हो । ”

कांग्रेसले २०८३÷८४ को बजेटलाई आधार बनाई छलफल र आवश्यक परामर्श नभएको खोट लगाएको छ । 

प्रतिपक्षी दलसंग आवश्यक छलफल नगरी अनावश्यक पुरक बजेट ल्याएकोमा कांग्रेसले विमती जनाएको बुझिएको हो ।

यस्तो अभ्यासले लोकतान्त्रीक राजनीतिक ंसंस्कार, संसदीय मर्यादा र मूल्य मान्यतामाथि प्रहार गरेको निश्कर्ष कांग्रेसको छ ।

निवर्तमान मुख्यमन्त्री रहेका कमलबहादुर साहीले यसअघि नै सरकारप्रति विमती जनाउँदै आएका बुझिएको छ ।

(स्रोतः नागरिक न्यूज)


Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी

काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–...