Skip to main content

Posts

Showing posts from November, 2026

राष्ट्रपति समक्ष अध्यादेश प्रमाणित नगर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी प्रस्तावित अध्यादेश राष्ट्रपति समक्ष प्रमाणित नगर्न प्रस्ताव गरेको छ । उक्त अध्यादेश पारित भएमा पत्रकार तथा सञ्चारमाध्यममा जरिवाना, प्रेस पास माथि अवरोध हुने तथा प्रेस वा अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत हुने महासंघको ठोस निश्कर्ष रहेको छ । महासंघले सरकारवालाको माझ विचार विमर्श गरी कानून परिपालना हुनुपर्ने बताएको छ ।

महानिरिक्षकको पदमा डा. केसी नियुक्त

गृहमन्त्री सुधन गुरुङ्गले नवनियुक्त महानिरीक्षक डा. मनोज कुमार के.सीलाई दर्जानीय चिन्ह प्रदान गरका छन् ।  २०३२ सावन २८ गते नुवाकोटमा जन्मिएका डा. केसीलाई मन्त्री परिषद वैठकले बुधवार महानिरिक्षकको पदमा बहाली गरेको थियो ।  नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त डा. मनोजकुमार केसी निडर नेतृत्व, उच्च व्यावसायिकता र अपराध अनुसन्धानमा अतुलनीय दक्षताका लागि चिनिने उच्च अधिकारी हुन्।

सरकारको कामकारबाही, नेपाली काङ्ग्रेस उपरः शर्मा

नेपाली काङग्रेस लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने पार्टी सधैं जनताको विश्वास अनि भरोषाले महाधिवेशन हुँदै अहिलेको परिस्थीमा आएको संसदीय दलका वरिष्ठ उपाध्यक्ष विश्व प्रकाश शर्माले बताएका छन् ।   उनले आफ्नो संसदीय दलको नेतृत्व माथि सरकारले सुनियोजित तबरले लाल्छना लगाएको आरोप लगाएका छन् । एक सार्वजनिक पुस्तक विमोचनमा बोल्दै काङ्ग्रेस संसदीय दलका वरिष्ठ उपाध्यक्ष शर्माले विभिन्न अडियो समाग्री किस्तावन्दीमा निकाल्दै सरकारले नेपाली काङ्ग्रेस माथी भ्रामक परिस्थीति सृजना गरेको उल्लेख गरे । वास्तवमा जनताको परिस्थीती र दयनीयता उपर राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ५ वर्षे कार्यकाल पुरा गरोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको तर आफ्नो दल पनि लोकतन्त्रको हिमायती रहेको उनको परिभाषा रहेको थियो । प्रतिपक्षको हिसावमा आफूहरु निन्दनीय नभएको तर साधारण विषयमा आइजी पी वर्खास्त गर्ने र कुनै विचौलीयाको न्यायलयका अधिकारीसँगको भनाभनको विषयलाई लिएर सरकार न्यायलय प्रति दोषरोपण गर्ने जस्ता गतिविधीमा लाग्न नहुने समेत भन्न उनले भ्याए । नेपाली काङ्ग्रेस लोकतान्त्रिक मूल्य र मान्यता प्रतिस्थापन गर्न चु...