हिन्दु धर्मावलम्वीहरुको महान् चाँडपर्व छठको रौनक जनकपुर धाममा विशेष रहेको छ ।
धार्मिक आस्था अनुसार विभिन्न मठ मन्दिर र तलाउमा पुजा आजा गरी विशेषत छठ पर्व मनाउने गरीन्छ ।
जनकपुर स्थित जानकी मन्दिर मा मधेसी समुदायले छठ पर्व उल्लास पूर्ण तरिकाले निराहार वर्त वसेर सधैं जसो दिपावली पछि मनाउँदै आएका छन् । केरा, स्याउ, नरिवल, मेवा अािद भोगको फल छठीमाईलाई चढाइ अन्नत वर्त सकेपछि नजिकको तलाउमा वैदिक तरिकाले स्नान गर्ने परम्परा रहि आएको छ ।
नेपालीहरुको महान चाँड दशै र तिहार जस्तै छठको पनि अर्कै रौनक रहेको पाइन्छ । यसै गरी मिथिला अञ्चलको राजधानी जनकपुर धाम स्थित प्रसिद्व ताल गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ आदीमा सरसफाइको कार्यक्रम हुने वताइएको छ ।
झन यसपटक, जनकपुरधाममा प्रधानमन्त्री बालेन शाहको आगमन हुने भएपछि रौनक बढने बताइएको छ ।
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

Comments
Post a Comment