Posts

Showing posts from April 10, 2019

chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो ! 

chaitra 26

आज चैत्र २६ गते, केही समाचार त बनाउन भ्याइन । अस्ति एउटा समाचा लेखौं भनेको मौसम मिलेन । बिहान ६ बजे नै उठेँ । उठेर पर के.सी. को होटलमा चिया खाजा मगाए, शुशिल टुप्लुक्क आइपुग्यो । खाजा मगायो आलु चना, पकौडा चिया खाइयो । पैसा उसले तिर्यो । रमाइलो गफ भयो । त्यसरी गफ गरेर रेष्टरामा नखाएको धेरै भएछ । अफिस फर्के । त्यति कै मा मिनकुमार आइपुगे । हिसाब किताबको हेक्का राखे । डेक्सटपमा डिजाइन गरेँ । त्यसपछि खाना खान घर आएँ । जाँदा सुवर्ण बसेको रै छ ? बुबाको पुरानो साथी । सुवर्ण मजाकको गफ गर्ने मानिस । त्यसपछि सुवर्ण अंकललाई चिया दिएर भए पनि गफ गर्न भ्याएँ । त्यसपछि कार्यक्रम संयोजक अरुणा लामा साझँका उत्तम रिमाल आए । मेरा बारेमा खासखुस कुरा काट्दै थिए । आमा हस्पिटल जान भनी जबरजस्तपैसा मागि लागिन । यसो पोखरेल अंकलकोमा गएको त नयाँ पत्रिकामा प्रकाशित एउटा लेखमा हस्पिटल ओपीडि सेवा लगायत सबै बन्द लेखिएको पाएँ । बिरामीको कुरा गर्दा म पनि बिरामी भएको छु । च्यानल नेपालमा काम गर्दा गौशाला देखि म बिरामी भएको थिएँ । मलाई त्यतिबेला आर्थिक अभावका कारण सो मिडिया छोड्नुपर्यो। त्यसपछि जिन्दगी देखि फ्रस्टेसन भ...