Skip to main content

Posts

Showing posts from 2025

काठमाडौंमा सार्वधिक चिसो मापन

मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ । जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ । विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ । देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ । आजको जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री रहेको र हिजोको काठमाडौंको न्यूनतम् तापक्रम १२ डिग्री रहेको मापन गरिएको थियो ।

सुनको मुल्यमा गिरावट

नेपाली बजारमा छापावाला सुन प्रति तोलामा  ७ हजार ९०० रुपैयाँले घटेको छ । हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो । आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ । विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन । 

निर्वाचनमा प्रधानमन्त्रीको सक्रियता

दिगो शान्ति र लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य रहेको प्रधानमन्त्री शुशिला कार्कीले बताएकी छिन् । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अभियन्ता दुर्गा प्रसाईसँगको भेटमा उनले आफ्नो प्रस्ताव राखेकी हुन् । अभियन्ताका कैंयौ माग प्रति सरकारले जवाफदेहिता गर्नु पर्ने भएकोले सरकार गृहकार्यमा जुटिसकेको उद्घोष गरेकी थिइन् । सरकारको शान्त तथा समकक्षी हिसाबमा फागून २१ मा निर्वाचन सम्पन्न गर्ने अभिलाषा रहेको मनोकांक्षा गरेकी थिइन । त्यस्तै अशान्त वातावरणमा प्रतिनिधि सभाको निर्वाचन नहुने तर्क गर्दै निर्वाचनलाई खलल नगर्ने वातावरण मिलाउन अभियन्तालाई सुझाव दिएकी थिइन् । निर्वाचन आजको साझा रुप हो आजको अवस्थासम्म आइपुग्न निकै सकस परेको र सवै राजनीतिक दललाई निर्वाचनमा तदारुक्ताका साथ होमिन आग्रह गरेकी थिइन् ।

आफूहरु जसरी पनि निर्वाचनमा जानेः उपेन्द्र यादव

जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका मुद्वा उठाउन थालेका छन् । मधेसी, जनजाति, अल्पसंख्यक मुद्वामा कमीकमजोरी रहेका कारण बेला बेलामा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उनको स्पष्टोक्ति रहेको थियो । सुशासन र भ्रष्टाचार राष्ट्रभरी मौलाइरहेको र आफूहरु पनि जेनजीको मुद्वामा अग्रसर रहेको उनको भनाइ रहेको थियो । मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि गुम्ने भएकोले आफ्नो पार्टी फागून २१ को निर्वाचनमा  जसरी नि जाने उनको राय रहेको थियो ।

पार्टी माथि मिडियावाजी भएको आरोपः प्रचण्ड

सामाजिक सञ्जाल जनताका अभिलाषा हुन् । सचेतना, राष्ट्रियता, सूचना, मनोरञ्जन र अभिप्रेरणाका संवाहक संचार माध्यम हुन् । उनीहरु समाजका पहरेदार हुन् । पत्रकारिता राष्ट्रको चौथो अंग हो । यसो भनिरहँदा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अचेलका समाचार संञ्चार माध्यम उद्वेलित भएको खण्डण गरेका छन् । उनले मार्मिक रुपमा राष्ट्र सम्मूनत पार्न आफूले महान कार्य गरेको तर यथार्थमा मिडियाहरु सर्वेसर्वा भएको निश्कर्ष गरेका छन् । उनले पार्टी कार्यालय पेरिस डाडाँमा पार्टीका त्याग, मूल्य, मान्यता देशलाई यो स्थितीसम्म ल्याउन धेरै कसुर रहेको बताए । तर हल्ला र बेवुनियाँद तर्कहरुले आफूहरुलाई गलत कार्य गरेको जस्तो भान भएको बताए । उनले प्रतिक्रीयावादी, संशोधनवादी, दक्षिणपन्थीले पार्टीलाई खराब गरेको बताएका थिए । तर उनले के अर्थमा मिडियाहरु  मुक्तिदाता भएका हुन् भन्ने अन्वेषण चैं गर्न भ्याएनन् ।  

ठूलोधन राशीको चोरी

६५ लाख १७ हजारको चोरी सहित नेपाल प्रहरीले दाङ्को तुलसीपुरमा एक युवकलाई पक्राउ गरेको छ । दुर्गाबहादुर केसीको घरमा खान तलासीको क्रममा उक्त रकम फेला परेको बताइएको छ । काठमाडौंको विसालनगरको डिसहोम फाइबर नेटको संञ्चालकको घरबाट उक्त रकम लुटिएको जानकारीमा आएको छ । सिसिफुटजबाट चोरको निगरानी गरिएको र दोषी फरार रही तुल्सीपुर पुग्दा प्रहरीले पछ्याएर नीजलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ ।

निर्वाचन र लोकतन्त्रको विकल्प केही नहुने ओली

नेकपा (एमाले) का अध्यक्ष के.पी. ओलीले सवै दलहरु निर्वाचनमा जाने भएपछि आफू आफ्नो हठबाट हटेको जानकारी दिएका छन् । पार्टीको महाधिवेशनले दिएको राजनीतिक निकास र  महाधिवेशनको सन्देशबाट आफू आघात नहुने प्रष्ट पारेका छन् । संविधानत् कानून नै सर्वोपरी हुने भन्दै उनले लोकतन्त्रमा निर्वाचनको विकल्प केही नहुने बताएका हुन् । फागून २१ गतेको निर्वाचनको माहोलमा पनि कांग्रेस र एमाले समकक्षी हुने तर्क गर्दै देशलाई चाहिने सुशासन, शान्ति, पद्वति, नीति, संविधान र राष्ट्रिय स्वभिमान अच्छुण हुने बताए । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा  ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताए ।   एमाले नेता रामेश्वर फुयाँलले देशको कम्युनिष्ट पार्टीको अधिवेशनको विषयमा चर्चा गर्दै देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण, अभाव हटाउन आवश्यक रहेको बताए । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि कम्युनिष्ट पार्टीका अग्रजहरु मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्नुपर्ने भनाइ राखे । मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगल...

दाउन्नेमा शीतलहरका कारण यातायात ठप्प

 नवलपरासी । मौसममा आएको प्रतिकुलताको कारण सडक यात्रामा कठिनाइ आएको छ । शीतलहरको कारण दाउन्नेमा ३ दिनदेखी बिच बाटामा सवारी साधान अलपत्र परेका छन् । बुटवल नारायणगढ खण्डमा सडक निर्माण कार्य सूचारु भइ रहँदा वैकल्पिक मार्गमा यातायात गर्न कठिनाइ आएको बुझिएको छ । चिसो कारण सडक चिप्लो भएको र गाडीहरु बर्दघाटबाट भूमही सम्म लाम लागेको र पूर्वी खण्डमा दुम्किबास देखि चोरमारा सम्म सवारी साधन रोकिएको जनाइएको छ । यस क्षेत्रमा कल्भर्ट निर्माण भइरहेको र सवारी साधान आवतजावत गर्न दुर्घटना नहोस भनेर लेनको पालना गर्न अधिकारीहरुले चालकहरुलाई सुझाव गरेका छन् ।

चौंथो ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत

काठमाडौं । भारतको कुल ग्राहस्थ उतपादन ४.१८ ट्रिलियन डलर पुगको छ ।  आगामी तीन वर्षमा भारतले जमर्नीलाई उच्छिन्ने सरकारी अधिकारीहरुले बताएका छन् । अर्को वर्ष यस देशले जापानलाई छलाङ्ग मार्ने निश्चित प्राय छ । यद्यपी सन् २०२६ को विश्वको ग्राहस्थ सूची आएपछि सबैकुरा प्रष्ट हुने तथ्याङ्कन गरिएको छ ।  भारत सरकारद्वारा निकालिएको प्रतिवेदनमा सन् २०३० मा यस देशको जिडिपि ७.३ ट्रिलियन डलर पुग्ने बताइएको छ ।  अमेरिकाले यसै वर्ष रुसी तेल खरिद जारी राखेको भन्दै भारतमाथि लगाएको ट्यारिफका बाबजुद भारतको अर्थतन्त्रले गति लिन नछोडेको देखिएको हो ।  सरकारी अधिकारीहरूले भने विश्वव्यापी व्यापार अनिश्चितताका बाबजुद पनि निरन्तर आर्थिक वृद्धि सरकारको ‘लचकता’ को प्रमाण भएको दाबी गरेका छन् । जनसङ्ख्याको हिसाबले भारत सन् २०२३ मै छिमेकी चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । 

सुर्य लाइफ गल्फ प्रतियोगिताको शुभारम्भ

नेपाल प्रोफेसनल गल्फर्स संघ ९एनपिजिए० ले हरेक सिजनमा कूल ८ प्रतियोगिता संचालन गरिरहेको छ । नेपालको गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालिको प्रायोजनमा लगातार आयोजना भइरहेको पनि छ । सिजनको पहिलो प्रतियोगितामा सूर्य नेपाल सेन्ट्रल ओपनबाट शुरु हुने गर्दछ । नेपालमा गल्फ प्रतियोगिता आजबाट १९ वर्षअघिदेखि शुरु भएको हो । यहाँदेखि अहिले २०२५–२६ सिजन गल्फ टुरको १९ औं संस्करणको हो । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसबारे बताए– ‘सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र यसले नेपालको प्रतिस्पर्धात्मक गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ ।’ उनले बताए –‘यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीलाई प्रेरित गर्दै नयाँ प्रतिभाहरूलाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ । सूर्य नेपाल प्रा। लि। को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं, जसको योगदानले टुरलाई सफल बनाएको छ ।’ सूर्य नेपाल गल्फ टुरअन्तर्गत ८ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुुने गर्दछ । जसमा, काठमाडौंभित्र गोकर्ण फरेस्ट रिसोर्टमा २ वटा, रोयल नेपाल गल्फ क्लबमा ३ वटा तथा बाँकी ३ प...

हेलिकप्टर आकाशमा जुद्वा एक जनाको मृत्यु

अमेरिका। अमेरिकामा दुईवटा हेलिकोप्टर आकाशमै ठोकिएका छन्। न्यु जर्सीको ह्यामन्टनमा दुई हेलिकप्टर आकाशमै ठोकिँदा एकजना पाइलटको मृत्यु भएको छ। अर्का पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन। एसोसिएटेड प्रेसका अनुसार घटना स्थानीय समय अनुसार बिहान ११ः२५ बजे एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड ह्यामन्टन म्युनिसिपल एयरपोर्टमा भएको थियो। ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै विमान दुर्घटना भएको खबर पाएपछि आपतकालीन टोलीहरू पठाइएको बताए। घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकोप्टर जमिनमा ठोक्किनुअघि तीव्र गतिमा घुमिरहेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने कार्य गरेका थिए। संघीय उड्डयन प्रशासनले एनस्ट्रोम एफ(२८ए हेलिकोप्टर र एनस्ट्रोम २८०सी हेलिकोप्टर बीचको ठक्करको रिपोर्ट गरेको छ। दुर्घटनाको समयमा दुवै विमानमा पाइलटहरू मात्र थिए। (अन्नपूर्ण पोष्टबाट)

रेल दुर्घटनामा १३ को मृत्यु, १०० भन्दा बढि घाइते

मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। करिब १०० जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ। रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य थिए। नौसेनाले यस दुर्घटनामा कुल ९८ जना घाइते भएको जनाएको छ। जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ। अधिकारीहरूका अनुसार निजाना शहर नजिकैको घुम्तीमा रेल पटरीबाट खसेको थियो। मेक्सिकोका महान्यायाधिवक्ताले यसबारे अनुसन्धान सुरु गरिएको पुष्टि गरे। मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन्। उनले नौसेना सचिवसहित शीर्ष स्तरका अधिकारीहरू दुर्घटना स्थलतर्फ प्रस्थान गरेका बताए।  (अन्नपूर्ण पोष्टबाट)

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

लागुपदार्थको विज्ञापनबाट टाढा रहने सुनिल सेठ्ठीको भनाई, ४० करोडको विज्ञापनमा असहमत

                                  मुम्बई । बलिउड अभिनेता सुनिल शेट्टीले ४० करोडको सुर्ती जन्य वस्तुको विज्ञापन अस्वीकार गरेका छन् । समाज सुर्ती सेवन विहीन हुनुपर्छ भन्ने आफ्नो सिद्धान्तका कारण सुर्ती र पान मसालाको विज्ञापन अस्वीकार गरेको उनले खुलासा गरेका छन् । जबकि उक्त विज्ञापनका लागि ४० करोड रुपैयाँको प्रस्ताव गरिएको थियो । पिपिङ मुनसँग गरिएको कुराकानीमा सुनिल शेट्टीले सुर्तीजन्य पदार्थका लागि विज्ञापन गर्न ४० करोड रुपैयाँको प्रस्ताव अस्वीकार गरेको आफैँले खुलासा गरे । यो विज्ञापनले आफूलाई आर्थिक लाभ हुने भए पनि यसले परिवारको इमानदारी र आदर्शमा चोट पुग्ने भएकाले विज्ञापन नखेलेको उनले स्पष्ट पारेका छन् । ‘मलाई चुरोटको विज्ञापनका लागि ४० करोडको प्रस्ताव आएको थियो । मैले विज्ञापन दातालाई हेरेँ र भनेँ, के तिमीलाई लाग्छ मलाई पैसाको प्रलोभनमा यस्तो काम गर्नेछु ?’ उनले आफ्नो सन्तान अहान र आथियाको छविमा धमिलो हुने कुनै पनि काम गर्दिन भन्ने जवाफ दिँदै त्यो विज्ञापन छाडेको बताएका छन् । साथै अबको दिनमा यस्ता प्र...

समानुपातिक निर्वाचन प्रणालीको सूची तयार गर्न निर्वाचन आयोगमामा तामझाम

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा सामेबार राजनीतिक दलको लाम लागेको छ ।  दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेद्वार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उनले सुनाए।  संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेद्वार बनाइएको नेता विश्वकर्माको भनाइ रह्यो। प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतम...

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी

काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–...

शितलहरले चितवन शहर आक्रान्त , विमानस्तल ठप्प, जनजीवान प्रभावित

चितवन — तीन दिनयता चितवनमा अत्यधिक चिसो बढेको छ । आइतबारदेखि शीतलहर चल्न थालेपछि चिसो अत्यधिक बढेको हो । तीन दिनयता चितवनको औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । भरतपुर विमानस्थलका अनुसार शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र आज ९सोमबार० न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । सोमबार दिउँसो ३ बजेसम्मको तापक्रम १४ डिग्री रहेको छ । चिसो बढेपछि चितवनको जनजीवनसमेत प्रभावित बनेको छ । स्थानीयबासी घर छेउछाउमा आगो तापेर बस्न थालेका छन् । रमाइलो चोकमा आगो ताप्दै गरेकी भरतपुर–१० की सीता परियारले चिसोका कारण काम नै प्रभावित बनेको बताइन् । ‘मैले आफैं सिलाइको काम गर्छु, आज धेरै चिसो महसुस भएर कामै गरेकी छैन, आगो तापेर बसिरहेकी छु,’ उनले भनिन् । चिसोले बजारमा समेत भीडभाड कम छ । नारायणघाटमा लामो समयदेखि व्यवसाय गर्दै आएका सूर्यभक्त अधिकारीले चिसो बढेपछि ग्राहक कम आएको बताए । ‘केही दिनयता बजारमा चहलपहल कम छ, चिसो बढेर व्यापार पनि छैन,’ उनले भने । तीन दिनदेखि भरतपुर विमानस्थल बन्द चिसो बढेसँगै भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । विमान उडानका लागि मौसम सफा...

निर्वाचन खर्च सिमा तोकियो

काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

How is your Days going on

Time never get you freed. Leisure day mentions you a lot. I punished today myself to live doing something. No gathering, not assembling but partly doing naissance. Some years ago I got English literature, then mass communication books and now doing differently on socialism . Hovering towards reporting news and desktop publishing either on marketing for press support it has been tough progress. Complying achievement lacks satisfaction merely thoughts when I was a student. Far across the distance from eastern background residing in capital been hard climax. Attorney of people, their demands and impeachment on labor and cost demands on doing merchandised goods is severely tarnishing. Dramatized gossiping on take and flow of coins on thin calamities are rear banishment on thin foots on my choice of business. Lord's benediction are for all people. Lord shiva gives peace, prosperity and power to get their charm dreams. Lord Pashupatinath never hang out to devotees to rear hands. Actions ...

आज पश्चिमी वायुको प्रभाव रहने छ

                                 देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।आज पश्चिमी वायुको प्रभाव रहने छ । त्यसकारण तराईका भूभागमा चिसो बढ्ने तथा हुस्सो लाग्ने संकेत मौसम पूर्वानुमान महाशाख...

अन्तत जनता समाजवादी पार्टी पनि आगामी चुनावमा समावेश हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्। पार्टीको १ नं प्रदेश समितिद्वारा शनिबार विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे। अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दल सुशासन कायम गर्नेरगराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए। (नागरिक न्यूज)

परान रुचाइएको चलचित्र सिनेमा हलमा पनि धेरै दिन प्रदर्शित

परान अझै पनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० बढी शो दिइएको परानले आइतबार केही कम हल पाएको छ। यद्यपि कतिपय हलमा अहिले पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ। शनिबार ललितपुरको लबिम मलको हल हाउसफुल रह्यो। साथै पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति पाइएको छ। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँ बसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ। यस्तै उपत्यकाबाहिर नेपालगञ्ज, दाङ, बुटवल, चितवन, इटहरीजस्ता सहरहरूमा पनि दर्शकको संख्या राम्रो पाइएको छ। सो अवसरमा परान टिमले बूढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गरेको छ। फिल्मका निर्माता रञ्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धाका लागि न्यानो कपडा वितरण गरिएको छ। निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने जानकारी गराए। पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दीक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केही साताअघि आप्mना आश्रममा आश्रित बालबालिकालाई परान देखाएकी थिइ...

कोइरालाको सहयोग पछि संसदीय दलको उमेदवारी फुकुवा

नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाको निरन्तर दबाब र खबरदारीपछि आज नेपाली कांग्रेसले कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवाका लागि उनले विगत देखि नै पार्टी सभापति तथा पदाधिकारीसंग छलफल गर्दै आइरहेका थिए । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सबैलाई कारबाही फुकुवा गरेको छ । उम्मेदवारसंगै प्रस्तावक, समर्थक तथा असहयोग गर्ने सबैको कारबाही फुकुवा गरेको छ । पार्टीको अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी तथा मिनाहा गर्ने निर्णय गरेको छ।  साथै, कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ। वरिष्ठ नेता डा। कोइरालाले केही दिन अघि मात्र नेपाली कांग्रेसका सभपति शेर बहादुर देउवालाई भेटेरै कारबाही परेका सबै नेता तथ कार्यकर्ताको बिना शर्त कारबाही फुकुवा गर्नु आग्रह गरेका थिए। डा। कोइरालासंगको छलफलपछि मात्र सभापत...

ररसुवागढी नाका खुला, जनवरी १ बाट यातायात सूचारु

काठमाडौं । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले शनिबार सूचना जारी गरेर आइतबारदेखि नाका सञ्चालनमा आउने जानकारी दिएको हो। तर, नाका खुले पनि तत्काल सवारीसाधन भने सञ्चालन हुने छैनन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आइतबारदेखि नाकामा ढुवानी गर्दै आएका सवारीचालक चीनतर्फ जान पाउने छन्।  ‘चीन प्रवेशका लागि निवेदन दिएका सवारीचालकलाई आइतबारदेखि प्रवेशका लागि चिनियाँ पक्षले अनुमति दिएको सूचना हामीलाई दिएको छ। आगामी जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ।’ चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइनेछ। सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित पक्षलाई सूचित गर्नुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि नै आवश्यक तयारी पूरा गरी सवारीसाधन लोडलगायत कार्य सम्पन्न गर्नुपर्ने चिनियाँले जारी गरेको सूचनामा उल्लेख छ।  आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारीसाध...

स्वास्थ्य सेवा सम्बन्धि शूल्क अनिवार्य गराएकोमा नेपाल वैदेशिक रोजगारसँगको मिश्रित प्रतिकृया

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बढाईएको स्वास्थ्य परीक्षण शुल्क खारेज गरिसकेको अवस्थामा पनि अझै केही स्वास्थ्य संस्थाहरूले सरकारको निर्णय नमानेकोप्रति आपत्ति जनाएको छ । संघले शुक्रबार आकस्मीक पत्रकार सम्मेलन आयोजना गरि यस्तो आपत्ति जनाएको हो । संघले स्वास्थ्य संस्थाहरूको यस्तो गतिविधिप्रति आपत्ति जनाउँदै चौतर्फी दबाबपछि कामदारलाई बढी आर्थिक भार हुने शुल्क बृद्धिको निणर्य खारेज गर्ने सरकारी निणर्य अस्वीकार गर्नु केही स्वास्थ्य परीक्षण संस्थाहरूको श्रमिक विरोधी कदम भएको बताएको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज गरिसकेको अवस्थामा पनि अझै केही स्वास्थ्य संस्थाहरूले सो निर्णय अस्वीकार गर्नु श्रमिक विरोधी कदम भएको धारणा राखेको छ । गत ४ पुसको श्रममन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारस्मा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भएको थियो । सोही विषयलाई लिएर संघले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरि श्रम मन्त्रीस्तरीय निर्णयको विरोधमा सेवा बन्द गर्न...

अब ३ करोडभन्दा माथिको जमिन खरिद बिक्री गर्दा प्रमाणिकरण गर्नुपर्ने बाध्यता

काठमाडौं । ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद–बिक्री अब अनिवार्य रूपमा फर्म वा कम्पनीमार्फत गर्नुपर्ने सरकारी व्यवस्था कार्यान्वयनको निर्णायक चरणमा पुगेको छ । सरकारले उच्च मूल्यको घरजग्गा कारोबारलाई औपचारिक नियमनको दायरामा ल्याउने उद्देश्यसहित अघि सारेको यो नीतिले एकातिर बजारमा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ भने अर्कोतिर सुस्त अर्थतन्त्रका बीच थप कडाइले कारोबारलाई अझ दबाउने हो कि भन्ने आशंका पनि उठ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारका लागि इजाजत ९लाइसेन्स० लिन १ सय ९८ वटा कम्पनीले आवेदन दिएका छन् । सुरुमा ३० दिनका लागि खुलाइएको आवेदन अवधि दुईपटक म्याद थप गरी कुल ४५ दिनसम्म कायम गरिएको थियो, जुन गत मंसिर २७ गते समाप्त भएको थियो । यस अवधिमा आवश्यक कागजातसहित निजी क्षेत्रबाट उल्लेख्य आवेदन पर्नु सरकारको नयाँ व्यवस्थाप्रति चासो र तयारी दुवै रहेको संकेतका रूपमा हेरिएको छ । कम्पनीमार्फत कारोबार अनिवार्य, किन आयो यस्तो नीति रु सरकारले २७ असोज, २०८२ मा राजपत्रमा सूचना प्रकाशित गर्दै एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार ...

फागुन २१ गतेका लागि एक करोड ८९ लाख मतदाता

काठमाडौँ, पुस १३ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदा...

दिर्घरोगीको मात्र नभई स्वास्थ्य बिमा सबैको साझा सवाल

काठमाडौँ, पुस १३ गते । स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।  स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले देशका सबै मानिस स्वास्थ्य बिमामा आबद्ध हुने हो भने बिमा कार्यक्रमलाई अगाडि बढाउन कुनै समस्या नहुने बताउँछन् । कार्यकारी निर्देशक डा. काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक दशकमा धेरै सुधारका काम भएको बताए। उनले बिमा बोर्डमा विभिन्न समस्या भए पनि जति प्रगति भएको छ, त्यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताए । अन्य देशको तुलनामा नेपालले बिमा कार्यक्रममा जे जति उपलब्धि हासिल गर्न सकेको छ, त्यसलाई सन्तोषजनक रूपमा लिनुपर्ने उनको भनाइ छ । कार्यकारी निर्देशक काफ्लेले बिमा कार्यक्रमले धेरै जिल्ला र स्थानीय तहलाई समेटेको बताउए। उनले स्वास्थ्य बिमामा आबद्ध भएका दीर्घरोगी, नियमित औषधी सेवन गर्ने, क्यान्सर...

असल नेताको कार्यभारले मात्र राजनीतिक माहोल स्वच्छ हुने रवि लामिछानेको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले उक्त अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । आइतबार बिहान लामिछानेले सामाजिक संजाल फेसबुसमा शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राखेर लेखेका छन्, ुसहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।ु लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ । (कान्तिपुर दैनिकबाट)

नेपाली काङ्ग्रेस निर्वाचनमा जाने संकेत पक्कापक्की

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । सभापति देउवाले भने, हामी लगायत सबै पार्टीहरु चुनावमा जान तयार छन्  तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि त तयार छ । एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । (कान्तिपुर दैनिकबाट)