Posts

Showing posts from October 16, 2013

सन्नाटा

सन्नाटा सन्नाटा यस्तो  सन्नाटा जहाँ म हराउँछु । बिल्कुल एउटा हराएको मानिसको चित्रण । जहाँ विचार केही हुनेछैनन् । त्यहाँ मानविय प्रतिध्वनी मात्र हुनेछ । त्यहाँ सोच्न समेत पाइनेछैन । त्यहाँ  खाना अरुले मगाइएको खानुपर्नेछ । जहाँ आफ्नो सोच अरुले त्यसै चाल पाइदिनेछन् । यहाँ हास्न पाइने छैन, आसु पनि खस्न पाइनेछैन । त्यहाँ यौन मारिएको हुनेछ । एउटा कुकुर जंगलमा भौतारिएको जस्तो । यौन कुण्ठाको लागि स्वयं प्रताडीत हुनुपर्नेछ । त्यहाँका चारै ढोका हरहमेसा बन्द गरिनेछ । बाहिर निस्कदा त्यो कैदीलाई सबैले नचिन्ने । सांगली लाएर पागल कुकुरलाई मासु दिएर फकाईएको जीन्दगी । त्यही सन्नाटा अनी त्यो कैदी ।