काठमाडौं । नेपालमा त्रिवि इकाइको शैक्षिक प्रणाली सवैभन्दा पुरानो हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गत कलेजहरुमा विद्यार्थीको कोटा प्रणाली, सेक्सन र पाठन प्रणाली पुनर्माजन गर्ने भएपछि त्रिविको कार्यभार बढेको छ ।
विद्यार्थीको संख्या र आवश्यक पूर्वाधार जुटाउन धौ धौ भएपछि आङ्गिक क्याम्पसहरुले प्रश्न खडा गरेको वताइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनहरुले त्रिविका उपकुलपति भोला थापालाई भेटेर यस्तो जानकारी राखिएको बुझिएको छ ।
त्रिविको विषय उठान गर्दा कतिपय विश्व विद्यालयमै आवश्यक भवन, शैक्षिक प्रणालीको क्षमतामा कमी भएको महसुस गरिएको विद्यार्थी संगठनहरुको आरोप छ ।
विषय, संगठन र सेक्सनलाई मध्य नजर गर्दै कलेज हाताहरुले मंसिर १५ गते भित्र त्रिविलाई पत्र पठाउनु पर्ने निर्णय भएको पदाधिकारीहरुले बताएका छन् ।
त्रिविको संरक्षणमा व्यवस्थापन संकाय अन्र्तगत स्नातक र स्नाकोत्तर गरी २ सय ७५ क्याम्पस रहेको बुझिएको छ ।
त्रिवि इकाइ अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र अन्तर्गत स्नातक र स्नाकोत्तर संकायमा १ सय ४ सम्बन्धित कलेजहरु रहेको वताइएको छ ।
हालै मात्र त्रिविका पदाधिकारीहरुले शिक्षा मन्त्रालयमा भेटघाट गरी त्रिवि सम्बन्धन कलेजहरुमा सेमेस्टर प्रणाली अन्र्तगत पठ्नपाठन जारी राख्ने बारेमा विचार विमर्श गरेका थिए ।

Comments
Post a Comment