काठमाडौं । नेपालमा स्वास्थ्य सेवा भरपर्दो मानिन्छ । स्वास्थ्य सेवामा आम पहुँच सहित गुञ्जिएको स्वास्थ्य विमा प्रणाली हितकर भइकन पनि वडाहरुमा सेवा प्रदायक नभएको आम जन गुनासो रहि आएको छ । स्वास्थ्य परामर्श, विरामीको उपचार र औषधीहरुमा नेपाल सरकारले दिँदै आएको छुट विरामीहरुको लागि लाभदायक मानिन्छ । कतिपय सरकारी अस्पतालमा भने औषधि उपचारको लागि औषधि नै नपुगेको स्थिती पनि सर्ववितितै छ । विमा पछिको अवस्थामा विरामीहरु निर्धक्क सहित अस्पताल धाएका हुन्छन् तर डाक्टरी परामर्श अनुसार पुनः जीवन प्राप्त गर्न परामर्श अनुसारको ओखती नभेटीएकोमा उनीहरुको छुट्टै रिस र गुनासो पनि रहेको पाइन्छ । यसै बीच स्वास्थ्य सेवा बोर्डले बीमितहरुले स्वास्थ्य लाभ लिँदा आवश्यक परिचय पत्र नै आवश्यक हुने प्रणाली हटाएको वताएको छ । उनीहरुले डिजिटल कार्ड वा स्वास्थ्य परिचय पत्रको फोटोकपि पेश गर्न सक्दछन् । यसरी पेश हुने कागजातहरुमा परिचय पत्र वा डिजिटल कार्डमा आवश्यक जाँचपूर्ती हुने स्वास्थ्य सेवा परिचय पत्र नं. भने आवश्यक रहेको कुरो बताइएको छ ।