गोरखा । गोरखामा बस र ट्रक एकआपसमा ठोक्किदाँ १७ जना यात्रु घाइते भएका छन् ।
गोरखा आबु खैरेनी सडक अन्र्तगत गोरखाबाट पोखरा जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको मधेस प्रदेशको ०३–००२ ख २६१५ ट्रक एक आपसमा ठोक्किएको स्थानीय प्रहरी विभागले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको र दुर्घटना पछि ट्राफिक अस्तव्यस्त भएपछि एकोहोरो सवारी सञ्चालनमा आएको बताइएको छ ।

Comments
Post a Comment