निर्वाचन र लोकतन्त्रको विकल्प केही नहुने ओली
नेकपा (एमाले) का अध्यक्ष के.पी. ओलीले सवै दलहरु निर्वाचनमा जाने भएपछि आफू आफ्नो हठबाट हटेको जानकारी दिएका छन् । पार्टीको महाधिवेशनले दिएको राजनीतिक निकास र महाधिवेशनको सन्देशबाट आफू आघात नहुने प्रष्ट पारेका छन् । संविधानत् कानून नै सर्वोपरी हुने भन्दै उनले लोकतन्त्रमा निर्वाचनको विकल्प केही नहुने बताएका हुन् ।
फागून २१ गतेको निर्वाचनको माहोलमा पनि कांग्रेस र एमाले समकक्षी हुने तर्क गर्दै देशलाई चाहिने सुशासन, शान्ति, पद्वति, नीति, संविधान र राष्ट्रिय स्वभिमान अच्छुण हुने बताए ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताए ।
एमाले नेता रामेश्वर फुयाँलले देशको कम्युनिष्ट पार्टीको अधिवेशनको विषयमा चर्चा गर्दै देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण, अभाव हटाउन आवश्यक रहेको बताए । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि कम्युनिष्ट पार्टीका अग्रजहरु मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्नुपर्ने भनाइ राखे ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजनामा भूतपूर्व प्रधानमन्त्री के.पी. ओलीले आफ्नो विचार राखेका थिए ।

Comments
Post a Comment