Skip to main content

सुर्य लाइफ गल्फ प्रतियोगिताको शुभारम्भ

नेपाल प्रोफेसनल गल्फर्स संघ ९एनपिजिए० ले हरेक सिजनमा कूल ८ प्रतियोगिता संचालन गरिरहेको छ । नेपालको गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालिको प्रायोजनमा लगातार आयोजना भइरहेको पनि छ । सिजनको पहिलो प्रतियोगितामा सूर्य नेपाल सेन्ट्रल ओपनबाट शुरु हुने गर्दछ ।

नेपालमा गल्फ प्रतियोगिता आजबाट १९ वर्षअघिदेखि शुरु भएको हो । यहाँदेखि अहिले २०२५–२६ सिजन गल्फ टुरको १९ औं संस्करणको हो । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसबारे बताए– ‘सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र यसले नेपालको प्रतिस्पर्धात्मक गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ ।’


उनले बताए –‘यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीलाई प्रेरित गर्दै नयाँ प्रतिभाहरूलाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ । सूर्य नेपाल प्रा। लि। को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं, जसको योगदानले टुरलाई सफल बनाएको छ ।’

सूर्य नेपाल गल्फ टुरअन्तर्गत ८ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुुने गर्दछ । जसमा, काठमाडौंभित्र गोकर्ण फरेस्ट रिसोर्टमा २ वटा, रोयल नेपाल गल्फ क्लबमा ३ वटा तथा बाँकी ३ प्रतियोगिता काठमाडौंबाहिर पोखरा र धरानको गल्फ कोेर्समा आयोजना हुने गर्दछ । यस सिजनदेखि बर्दिबासस्थित आर्मी गल्फ कोर्समा पहिलो पटक यस टूरको प्रतियोगिता हुने सुरसारमा छ ।

कूल ८० लाख १० हजार

पछिल्ला सिजनमा भन्दा यस सिजनमा पुरस्कार रकममा बढाइएको छ । गत सिजनमा ६७ लाख ३२ हजारको पुरस्कार रकम थियो । तर, यस सिजनमा भने यो बढेर ८० लाख १० हजार पुरस्कार रकम निर्धारण गरिएको छ । यसअनुसार यस सिजनमा १२ लाख ७८ हजार पुरस्कार राशि वृद्धि गरिएको छ ।

सबैभन्दा बढी पुरस्कार प्रतियोगिता

आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने गर्दछ । यस सिजनमा जुन २ देखि ६ सम्म यो प्रतियोगिता आयोजना हुनेछ । यो सिजनको सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । यस प्रतियोगिताको कूल पुरस्कार १८ लाख रुपैयाँ रहेको छ ।

फरक प्रतियोगितामा कम पुरस्कार

छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा हुने गर्दछ । नकआउटको आधारमा हुने यो प्रतियोगिता अन्य सात प्रतियोगिता भन्दा फरक हुन्छ । यसमा अर्डर अफ मेरिटका उत्कृष्ट १६ खेलाडीले मात्र खेल्न पाउने प्रावधान रहेको छ । यसको पुरस्कार पनि अरुभन्दा कम राखिएको छ । ४ लाख २५ हजार रुपैयाँ पुरस्कार रहेको यस प्रतियोगिता यस सिजनमा अप्रिल ७ देखि ९ सम्म हुनेछ ।

यसपटकको सूर्य नेपाल सेन्ट्रल ओपनका पुरस्कार

पहिलो हुनेले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले १ लाख २५ हजार, तेस्रोले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले पनि नगद प्राप्त गर्ने छन् ।

(नेपाल समाचारपत्र दैनिकबाट)


Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी

काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–...