चौंथो ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत
काठमाडौं । भारतको कुल ग्राहस्थ उतपादन ४.१८ ट्रिलियन डलर पुगको छ ।
आगामी तीन वर्षमा भारतले जमर्नीलाई उच्छिन्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
अर्को वर्ष यस देशले जापानलाई छलाङ्ग मार्ने निश्चित प्राय छ ।
यद्यपी सन् २०२६ को विश्वको ग्राहस्थ सूची आएपछि सबैकुरा प्रष्ट हुने तथ्याङ्कन गरिएको छ ।
भारत सरकारद्वारा निकालिएको प्रतिवेदनमा सन् २०३० मा यस देशको जिडिपि ७.३ ट्रिलियन डलर पुग्ने बताइएको छ ।
अमेरिकाले यसै वर्ष रुसी तेल खरिद जारी राखेको भन्दै भारतमाथि लगाएको ट्यारिफका बाबजुद भारतको अर्थतन्त्रले गति लिन नछोडेको देखिएको हो ।
सरकारी अधिकारीहरूले भने विश्वव्यापी व्यापार अनिश्चितताका बाबजुद पनि निरन्तर आर्थिक वृद्धि सरकारको ‘लचकता’ को प्रमाण भएको दाबी गरेका छन् ।
जनसङ्ख्याको हिसाबले भारत सन् २०२३ मै छिमेकी चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो ।

Comments
Post a Comment