लागुपदार्थको विज्ञापनबाट टाढा रहने सुनिल सेठ्ठीको भनाई, ४० करोडको विज्ञापनमा असहमत

                                 
मुम्बई । बलिउड अभिनेता सुनिल शेट्टीले ४० करोडको सुर्ती जन्य वस्तुको विज्ञापन अस्वीकार गरेका छन् । समाज सुर्ती सेवन विहीन हुनुपर्छ भन्ने आफ्नो सिद्धान्तका कारण सुर्ती र पान मसालाको विज्ञापन अस्वीकार गरेको उनले खुलासा गरेका छन् । जबकि उक्त विज्ञापनका लागि ४० करोड रुपैयाँको प्रस्ताव गरिएको थियो ।

पिपिङ मुनसँग गरिएको कुराकानीमा सुनिल शेट्टीले सुर्तीजन्य पदार्थका लागि विज्ञापन गर्न ४० करोड रुपैयाँको प्रस्ताव अस्वीकार गरेको आफैँले खुलासा गरे । यो विज्ञापनले आफूलाई आर्थिक लाभ हुने भए पनि यसले परिवारको इमानदारी र आदर्शमा चोट पुग्ने भएकाले विज्ञापन नखेलेको उनले स्पष्ट पारेका छन् ।

‘मलाई चुरोटको विज्ञापनका लागि ४० करोडको प्रस्ताव आएको थियो । मैले विज्ञापन दातालाई हेरेँ र भनेँ, के तिमीलाई लाग्छ मलाई पैसाको प्रलोभनमा यस्तो काम गर्नेछु ?’

उनले आफ्नो सन्तान अहान र आथियाको छविमा धमिलो हुने कुनै पनि काम गर्दिन भन्ने जवाफ दिँदै त्यो विज्ञापन छाडेको बताएका छन् । साथै अबको दिनमा यस्ता प्रस्ताव लिएर आफू भएको ठाउँमा नआउन पनि उनले चुरोट कम्पनीका व्यवस्थापकलाई निर्देशन दिएका छन् ।

सन २०१७ मा बुबाको मृत्युपछि भएपछि सुनिल चलचित्र अभिनयबाट टाढा रहेको थिए । आफ्नो बुबा करिब ४ वर्ष बिरामी हुँदा आफूले हेरचाह गरेको उनले बताएका छन् । जसका कारण उनले त्यति बेला चलचित्रमा काम गर्न नसकेको पनि यी अभिनेताको कथन छ । अब आफू अभिनेता अक्षय कुमारसँग चलचित्र ‘वेलकम टु द जंगल’ मा प्रस्तुत हुने पनि सुनिलले बताएका छन् ।

(राजधानी डेलिबाट)


Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं