नेपाली काङ्ग्रेस निर्वाचनमा जाने संकेत पक्कापक्की


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए ।

सभापति देउवाले भने, हामी लगायत सबै पार्टीहरु चुनावमा जान तयार छन्  तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि त तयार छ ।

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । (कान्तिपुर दैनिकबाट)

Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं